३ नं प्रदेशका मन्त्री दुलालले गरे सालक पार्क अवलोकन

तातोखबर 2018-03-06 12:19:43 सामाजिक

हेटौंडा, फाल्गुण २२/ हालै नियुक्त ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले चुच्चेखोला सामुदायिक वन समुहद्वारा सञ्चालित सालक पार्क (एबलनयष्लि एबचप) को अबलोकन गरेका छन् । मंगलवार अपरान्ह अवलोकन गर्न पार्कमा पुगेका मन्त्री दुलाललाई चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अर्जुन दाहालले स्वागत गरे ।
    केही सहयोगीहरुको साथ अवलोकन गर्न उक्त सालक पार्कमा पुगेका मन्त्री दुलालले चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले गरेको वन संरक्षण कार्यको खुलेर प्रशंसा गरे । उनले भने ‘विश्वमा दुर्लभ वन्य जन्तुको सूचिमा परेको सालकको संरक्षणका लागि यो वन समितिले पार्क नै स्थापना गरेर थालनी गरेको क्रियाकलाप आपैंmमा गौरव गर्न लायक छ । यसमा सहयोगी संस्थाहरुका साथै उदारमना दाताहरुले ध्यान दिन जरुरी छ ।’
    पार्कमा राखिएका शालक संरक्षणका विभिन्न क्रियाकलापहरुका बारेमा जानकारी दिदै समूहका अध्यक्ष अर्जुन दाहालले आफ्ना कार्यक्रमहरुको बारेमा पनि ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाललाई प्रष्ट पारेका थिए ।

 

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook