त्रिभुवन विमानस्थलमा यूएस बंगला विमान दुर्घटना

तातोखबर 2018-03-12 12:09:36 पर्यटन

    काठमाडौं, फाल्गुण २८ गते÷ ७८ यात्रु लिएर बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको युएस बंगला विमान कम्पनीको बम्बार्डियर जहाज आज दिउँस २ बजेर १८ मिनेटमा त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटना भएको उक्त जहाज जलेर पुर्णरुपमा क्षति भएको समाचारहरु आईरहेका छन् ।
    अवतरण हुनै लागेको सो विमान धावनमार्गभन्दा केही बाहिर पुग्नासाथ दुर्घटनाग्रस्त भएको विमानस्थलका अधिकारीहरुले जनाएका छन् । दुर्घटना हुनेवितिक्कै विमानमा आगो लागेर क्षतिग्रसत भएको थियो । त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक प्रेमनाथ ठाकुरले आमसञ्चार माध्यमहरुलाई जनाए अनुसार दुर्घटनापछि आगलागीमा परेर घाइते भएका १६ जनाको उद्वार गरेर सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज र निजामती अस्पताल पठाइएको छ ।
    नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विमानस्थलका कर्मचारी तथा वारुण यन्त्रसहितको ठुलो टोलीलाई दुर्घटनामा स्थलमा उद्धारका लागि परिचालन गरिएको विमानस्थलका आधिकारिक श्रोतले जनाएको छ । विमानमा लागेको आगो करिब नियन्त्रण भइसके पनि विमान जोगाउन नसकिएको बताइएको छ । बंगलादेशको अनलाइन डेली स्टारका अनुसार कलसाइन एस २ एजीयु भएको विमान दुर्घटनामा परेको हो । दुर्घटनास्लबाट यो खबर तयार पार्दासम्म २५ जनाको सब भेटिएको उद्वारमा संलग्न श्रोतले बतायो ।
 

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook