बंगलादेशका परराष्ट्र र नागरिक उड्ययन मन्त्रीसहितको टोली काठमाडौं आईपुग्यो

तातोखबर 2018-03-13 11:07:31 Select a News Category :

    काठमाडौं, फागुन २९ /  यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा भएको दुर्घटनाको स्थलगत अवलोकन गर्न बंगलदेशका उच्चस्तरीय सरकारी प्रतिनिधि टोली सहित परराष्ट्र र नागरिक उड्ययन मन्त्री मंगलवार अपरान्ह काठमाडौं आएका छन् । फागुन २८ गते सोमबार अपरान्ह सवा २ बजेतिर २२ नेपालीसहित ५१ जनाको ज्यान जाने गरी भएको दुर्घटनाको बारेमा जानकारी लिन उक्त टोली काठमाडौं आईपुगको हो ।
    टोलीमा बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा बंगलादेशको नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी रहेका छन् । सो टोलीमा दुर्घटनाग्रस्त उक्त विमानमा सवार यात्रुहरुका आफन्तहरु समेत रहेको जनाइएको छ । नेपालका परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका अनुसार उच्चस्तरीय सरकारी टोली यूएस बंगला विमान दुर्घटनाबारे जानकारी लिन नेपाल आएका हुन् । दुर्घटना भएलगतै नेपालका प्रधानमन्त्री, गृहमन्त्री तथा रक्षा मन्त्रीले स्थलगत अवलोकन गरी घटनाको बारेमा प्रधानमन्त्री केपी शर्मामा ओलीले टेलिफोन सम्पर्कमार्पmत बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदलाई जानकारी गराउँदै सो दुर्घटनाप्रति दुःख ब्यक्त गरेका थिए ।
    विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले आमसञ्चार माध्यमहरुलाई जनाए अनुसार विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ । मृत्युहुनेहरुमा २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् । दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाईएको छ । विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए ।
    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यूएस बंगला एयरलाइन्सको विमान दुर्घटना हुँदा घाइतेहरुको राजधानीका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेका उपचारमा संलग्न श्रोतले जानकारी दिएको छ ।
    बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको ७६ सिट क्षमता भएको सो विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु र ४ जना चालकदलका सदस्यहरु थिए । दुर्घटना भएको उक्त विमानमा रहेका यात्रुहरुमध्ये ३३ नेपाली थिए जसमा २२ जनाको ज्यान गएको र ११ जना घाईते भएका छन् । मालदिभ्स र चीनका एकरएकजना विमानमा सवार थिए । बाँकी बंगलादेशी नागरिक थिए । विमानमा रहेका दुई बालवालिका पनि बंगलादेशी नै रहेका त्रिभुवन विमानस्थल श्रोतले बताएको  छ ।
    २२ बंगलादेशी नागरिक, एक चिनियाँ नागरिकको मृत्यु भएको छ । चालक दलका कुनै पनि सदस्य दुर्घटनामा जीवित नरहेको विमानस्थल श्रोतले बनाएको छ । ९ वंगलादेशी, एक माल्दिभ्सका नागरिक घाईते भएको समाचारमा जनाइएको छ । मृत्यु हुने नेपालीहरुमा शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा.बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादव रहेका छन् भने घाईते हुने नेपालीहरु मेडिसिटी अस्पताल नख्खुमा उपचार हुदै गरेका केशव पाण्डे, न्यूरो अस्पताल बाँसबारी उपचार हुदै गरेका दिनेश हुमागाईँ, ग्राण्डी अस्पताल टोखामा उपचार हुदै गरेका दयाराम ताम्राकार, किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी, विनोद पौडेल, नर्भिक अस्पताल थापाथलीमा उपचार हुदै गरेका वसन्त बोहरा, आशिष रञ्जित, सनम शाक्य, केएमसी अस्पतालमा उपचार हुदै गरेका प्रिन्सी धामी र सबिना व्यञ्जनकार रहेका छन् ।

 

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook