कांग्रेस बैठक बस्दै, संगठन सुदृढीकरण मुख्य एजेन्डा

तातोखबर 2018-08-07 15:02:00 राजनीतिक

काठमाडौं २२ साउन / संघीय संरचना अनुसारको संगठन निमार्णलगायत विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

केन्द्रीय कार्यलय सानेपा ललितपुरमा मंगलवार दिउँसो ३ बजे बस्ने वैठकमा पार्टीको संगठन सुदृढीकरणको विषयमा प्रमुखताका साथ छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

देश संघीयतामा गइसके पनि प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नो संगठन संघीय संरचना अनुसार बनाएको छैन् ।

समसामयिक राजनीतिक विषयमा समेत शीर्ष छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए ।

प्रधानन्यायधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गरेपछि कांग्रेसले सुनुवाइ समितिको औचित्यतामाथि प्रश्न उठाएको छ । संसदमा समेत यो विषयमा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलिरहेका बेला कांग्रेसका शीर्ष नेताहरुले केन्द्रीय समितिमा सम्बोधन गर्न लागेका हुन् ।

कांग्रेसका केही नेताहरुले सुनुवाइ समिति नै आवश्यक नरहेको सार्वजनिक अभिव्यक्ति दिएका छन् । onlinekhabar

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook