पेट्रोल स्टक क्षमता पाँच दिनमा झर्यो, २ दिनमात्रै आयात रोकिए हाहाकार

तातोखबर 2018-08-19 07:25:56 आर्थिक

काठमाडौं, भदौ ३ / भारतबाट पेट्रोलियम पदार्थ आयातमा एक दुई दिनमात्र रोकिए मुलुकमा पेट्रोलियम पदार्थको हाहाकार हुने भएको छ । पेट्रोलियम पदार्थको खपत बार्षिक २० प्रतिशतले बढेर पनि भण्डारण क्षमता नबढाउँदा पेट्रोल स्टक क्षमता पाँच दिनमा झरेको छ । 

पेट्रोल ढुवानीमा अवरोध भए आम उपभोक्तालाई पेट्रोल आपूर्ति गर्न कठिन हुने आयल निगमले जनाएको छ ।निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराइले भने, पेट्रोलियम पदार्थको खपत वृद्धि भए पनि भण्डारण क्षमता बढेन सकेन ।

यो अवस्थामा सामान्य अवरोधले पनि बजारमा पेट्रोल अभाव हुन्छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा पेट्रोल खपत क्षमता २० प्रतिशतले बृद्धि भएको छ । 

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook