डा. तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित

तातोखबर 2018-03-17 12:06:36 राजनीतिक

    काठमाडौं, चैत ३ / प्रतिनिधि सभाको उपसभामुख पदका लागि शुक्रवार सम्पन्न निर्वाचनमा नेकपा (एमाले) का डा. शिवमाया तुम्बाहाम्फे अत्यधिक मत प्राप्त गरी विजयी भएकी छिन् । उनी २०१ मत प्राप्त गरेर निर्वाचित भएकी हुन् । २ सय ५९ सांसदले मतदान गरेको उक्त प्रतिपर्धामा डा. तुम्बाहाम्फेकी प्रतिष्पर्धी नेपाली काँग्रेसकी पुष्पा भुसाल (गौतम)ले जम्मा ५८ मत पाएकी थिईन् । 
    सभामुख कृष्णबहादुर महराले  तुम्बाहाम्फेको पक्षमा परेको मत प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत भएकाले उनी निर्वाचित भएको जानकारी दिँदै सफल कार्यकालका लागि बधाई दिए । यसअघि नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङले तुम्बाहाम्फेलाई तथा नेपाली काँग्रेसका डिला संग्रौला (पन्त) ले भुसाललाई उपसभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव गरेका थिए । उपसभामुख तुम्बाहाम्फे कानुन व्यवसायीका साथै वाम आन्दोलनमा योगदान पु¥याएको व्यक्तित्व हुन् । 
 

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook