काठमाण्डु घोषणापत्र जारी गर्दै बिमस्टेक सम्मेलन सकियाे (बुँदासहित)

तातोखबर 2018-08-31 13:05:55 राजनीतिक

काठमाण्डु, १५ भदौ – बिमस्टेकको सम्मेलन काठमाण्डु घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । राजधानी काठमाण्डुमा भदौ १४ र १५ गते भएको सम्मेलन घोषणा पत्र जारी गर्दै समापन भएको हो । 

अठार बुँदे काठमाण्डु घोषणापत्र जारी बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न भएको छ । सम्मेलन सम्पन्न भएसँगै नेपालले अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण गरेको छ ।

अठार बुँदे घोषणापत्रमा बिमस्टेकको सचिवालयको भूमिका बढाउने उल्लेख छ । सचिवालयलाई विभिन्न कार्यक्रम कार्यान्वयन गर्न सकिने बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकरी दिए ।

त्यस्तै बिमस्टेकको चार्टर निर्माण तथा कानुनी संरचना तयार गर्नका लागि स्थायी समिति बनाउने पनि घोषणापत्रमा जनाइएको छ ।

सम्मेलनको समापन घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकको उपस्थिति यसको प्रगति र क्षमताले देखिने बताए । उनले आफ्नो क्षमता अनुसार नेपालले सम्मेलन आयोजना गरेको उल्लेख गर्दै सरकार प्रमुख र राष्ट्रप्रमुखलाई ‘साइट सिइङ’ गराउन नसकेकोमा दु:ख व्यक्त गरे ।

बिमस्टेकको रिट्रिट गोकर्ण रिसोर्टमा गर्ने तय भए पनि सारिएको थियो । नेपालले सम्मेलनस्थल होटल सोल्टीमा नै रिट्रिट कार्यक्रम गरेको थियो ।

सम्मेलन घोषणाअघि बिमस्टेक राष्ट्रका परराष्ट्र मन्त्रीले बिमस्टिक ग्रिड स्थापना सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका थिए ।

बिमस्टेक राष्ट्रहरुबीच ऊर्जा आदानप्रदानका लागि ग्रिड स्थापना गर्ने सम्झौता भएको हो । बिमस्टेकमा नेपालसँगै भारत, बंगलादेश, भुटान, श्रीलङ्का, म्यानमार र थाइल्याण्ड सदस्य रहेका छन् ।

यस्ता छन् हस्ताक्षर गरेका केही बुँदाः

१. बिमस्टेको सचिवयल चुस्त बनाउन स्थायी कार्य समिति निर्माण गर्ने ।

२. स्थायी कार्यसमितिले बिमस्टेक चार्टरको मस्यौदा बनाउने । मस्यौदा पाँचौ शिखर सम्मेलनमा पेश गर्ने ।

३. बिमस्टेक विकास कोषको स्थापना गर्ने । कोषमा सदस्य राष्ट्रहरुबा रकम जुटाईने ।

४. बिमस्टेक सचिवालयको क्षमता अभिवृद्धि गर्ने । एक सदस्य राष्ट्र एक निर्देशक गरि सात जना निर्देशक नियुक्त गर्ने ।

५. बिमस्टेकका सदस्य राष्ट्रहरुमा सन २०३० भित्र गरिबीको अन्त्य गरिसक्ने ।

६. अन्तरदेशीय राजमार्ग, रेलमार्ग, जलमार्ग, हवाईमार्ग विस्तार तथा अधुनिकीकरण गर्ने ।

७. यातायात गुरुयोजना बनाई सदस्य राष्ट्रहरुमा कार्यान्वय गरिने ।

८. यस क्षेत्रका जनतालाई इन्टरनेट र मोबाइलको थप पहुँच र सस्तो बनाउन एक कार्यसमूह बनाउने ।

९. बिमस्टेक राष्ट्रहरुभित्र स्वतन्त्र व्यापारको लागि भइरहेको वार्तालाई निरन्तरता दिने

१०. बिमस्टेक व्यावसायीक मञ्च र बिमस्टेक आर्थिक मञ्चको गतिविधिलाई पुन सुचारु गर्ने ।

११. अपराधिक गतिविधिहरुको सन्दर्भमा सदस्य राष्ट्रहरुबीच कानुनि सहायता सम्बन्धी सम्झौताको लागि आव्हान ।

१२. आतंकवाद र संगठित अपराध विरुद्ध सहकार्यलाई अभिवृद्धि गर्ने । भूपरिवेष्ठीत मुलुकहरुको हितका लागि प्रस्ताब गरिएको ‘ब्लू इकोनमि’ मा सहमति जनाउँदै यसको कार्ययोजना बनाउन अन्तरदेशीय विज्ञ समूह गठन गर्न सहमत ।

१३. जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता कार्यान्वयनमा लैजाने ।

१४. बिमस्टेकभित्र उर्जा सम्बन्धी विस्तृत योजना बनाउने । पर्वतीय अर्थतन्त्रको विकासको लागि नेपालले राखेको प्रस्ताबको स्वागत ।

१५. साना तथा मध्यम खालका प्रविधिसंग सम्बन्धीत उद्योगहरुका स्थापनाका लागि एक आपसमा सहयोग गर्ने ।

१६. कृषि क्षेत्रको विकास र कृषिमा परम्परागत ज्ञानको प्रयोगको क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने ।

१७. जनता जनताबिचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन संयन्त्रहरु निर्माण गर्न सहमत । बुद्ध सर्किट बनाउन सहमत ।

१८.सन् २०२० मा नेपालमा गर्ने भनिएको बिमस्टेक पर्यटन सम्मेलनलाई स्वागत अादि ।   Kathmandutoday

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook