दक्ष कर्मचारी नभएकाले बिरामीलाई दोहरो खर्च

— अंकुश श्रीवास्तव 2018-03-22 08:38:56 सामाजिक

कृष्णनगर, चैत्र ८ / कपिलबस्तुको शिवराज अस्पतालमा कर्मचारीको लापरवाहीले बिरामीलाई समस्या भोगनुपरेको छ । जिल्लाको बहादुरगंजमा रहेको शिवराज अस्पताल बाहिरबाट हेर्नमा जति चिटिक्क र सुन्दर भएपनि कार्यरत कर्मचारीहरुमा दक्षता नभएकाले बिरामीहरु मर्काका परेका छन् ।
    एउटा घटना हो यही चैत्र ५ गते दिन सोमबार राति ८ बजे दुईवटा मोटरसाइकल आपसमा टक्कर हुंदा कृष्णनगर नगरपालिका ५ की महिला ३५ बर्षिय शलोनी श्रीवास्तवालाई समान्य चोट लाग्यो । घटनापछि परिवार सदस्यहरुले ती महिलालाई लिएर बहादुरगंजको शिवराज अस्पतालमा पुगे, त्यहाँ आकस्मिक सेवामा बसेका सिएमए प्रेक्टिसनर कर्मचारीले शरीरको एक्सरे गर्न लगाईयो । अस्पतालभित्रै एक्सरे गरेपछि रिजल्टमा थाईबोन डिसप्लेस भनेर रिपोर्ट आयो । अब मेजर अप्रेसन गर्नुपर्ने अवस्थाले गर्दा परिवार सदस्यहरु अतालिए र एम्बुलेन्स व्यावस्था गरी बुटवलको चौराह अस्पतालमा लगे ।
    चौराह अस्पतालका डाक्टरले फेरि एक पटक एक्सरे गराए र रिजल्ट फरक आयो । एक्सरेमा थाईबोन डिसप्लेस नभएको डाक्टरले भने । यी घटनाले दुवै अस्पताललाई त केही फरक परेन तर ओहोर दोहोर र अनावश्यकको औषधि खर्चले बिरामीलाई त समास्या भयो नै परिवारलाई झन् सशंकित बनाएको थियो । यस्तै धेरै घटनाहरु छन् जसले शिवराज अस्पताल कर्मचारी र व्यावस्थापन माथि प्रश्न चिन्ह खडा गरेको छ ।
    यसअघि शिवराज अस्पतालयले बिना कुनै विज्ञापन सिएमए र आफु नजिकका कर्मचारीहरु भर्ना गरेको थियो । दक्ष प्रविधिक र कर्मचारी व्यावस्थापन हुन नसकेकोले अहिले अधिकतम बिरामीहरु भारतका विभिन्न प्राईवेट अस्पतालहरुमा महंगो मुल्य तिरी जाँच गराउन बाध्य भएका छन् ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook