आज बल्ल घट्यो अमेरिकी डलरको भाउ

तातोखबर 2018-09-13 07:57:31 आर्थिक

काठमाडौं – आज धेरै दिन पछि बल्ल अमेरिकी डलरको भाउ घटेको छ ।आज अमेरिकी डलरको भाउ ८१ पैसाले घटेको छ ।बुधबार १ सय १६ रुपैयाँ ६१ पैसामा विक्रि भएको डलर आज घटेर विक्रिदर १ सय १५ रुपैयाँ ८० पैसा पुगेको छ ।त्यसैगरी बुधबार अमेरिकी डलर १ को खरिददर १ सय १६ रुपैयाँ १ पैसा रहेकोमा आज घटेर १ सय १५ रुपैयाँ २० पैसा भएको छ ।अर्थविदको तर्क अनुसार अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएकोले र अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेकोले डलरको भाउ लगातार बढीरहेको हो । भारतसँगको स्थिर विनियम दरका कारण अन्तराष्ट्रिय बजारमा भारतीय मुद्रा कमजोर हुँदा नेपालमा पनि स्वत डलरको भाउ महंगो हुने गरेको छ ।tajakhabar

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook