पर्यटन प्रवद्र्धनका लागि राजदूत पुरीको चासो

तातोखबर 2018-03-22 12:12:26 पर्यटन

चितवन, चैत २/  नेपाल र भारतको पर्यटन प्रबद्र्धन गर्ने विषयमा नेपालका भारतीय राजदूत मञ्जिवसिंह पुरीले चासे देखाएका छन् । राजदूत पुरीले दुवै देशको पर्यटन प्रबद्र्धनका लागि हातेमालो गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।
    दुवै देशको पर्यटकीय गन्तव्यहरुको प्रचार गर्न एक देशको अर्को देशमा विभिन्न प्रचारात्मक कार्यक्रमहरुको आयोजना गर्नु पर्ने उनको धारणा थियो । भरतपुर महानगरपालिका र भारतीय महावाणिज्य दुतको कार्यालय वीरगञ्जद्वारा संयुक्त रुपमा भरतपुरमा आयोजित ‘नेपाल र भारत दुई देशीय पर्यटन प्रबद्र्धन गोष्ठी’ लाई सम्बोधन गर्दै भारतीय राजदूत पुरीले भने ‘नेपाल र भारतका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू पुग्नका लागि सहजै सकिने भएकाले एक देशको पर्यटकीय ठाउँहरूको बारेमा अर्काे देशमा प्रचारप्रसार गर्न सक्नु पर्छ । यसले दुवै देशको पर्यटन प्रवद्र्धन ठूलो टेवा पुग्न सक्छ ।’
    सो अवसरमा पर्यटन प्रवद्र्धन गर्न भरतपुर महानगरपालिका लागिपरेको र योजनाबद्धरुपमा पर्यटन प्रवद्र्धन गर्ने भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले जानकारी गराईन् । उक्त कार्यक्रममा भारतीय महावाणिज्य दूतको कार्यालय वीरगञ्जका महावाणिज्यदूत बिसी प्रधान, प्रदेश सांसद कृष्णप्रसाद भूर्तेल, मिलनबाबु श्रेष्ठ, घनश्याम दाहाल लगायतले एक देशका पर्यटक अर्काे देशमा लैजान सके दुई देशको पर्यटन प्रवद्र्धन गर्न सहज हुने विचार व्यक्त गरेका थिए ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook