३ नं प्रदेशककी उपसभामुखलाई संविधान पढ्न अमेरिकाबासी नेपालीहरुको आग्रह

तातोखबर 2018-03-25 09:50:54 जनधारणा

    न्यूयोर्क, अमेरिका, फागुण ११ / ३ नम्बर प्रदेशकी उपसभामुख राधिका तामाङले तामाङ जातीहरुले विगतदेखि नै गाईको मासु खाने गरेको भन्दै हालै गाईको मासु कारोबार गर्दै गर्दा पक्राउ परेका मकवानपुरका ३ जनालाई प्रहरी हिरासतबाट छुटाउन संघीय सरकारका गृहमन्त्रीलाई गरेको पत्राचारप्रति अमेरिका निवासी नेपालीहरुले नेपालको संविधान पढ्न उपसभामुख तामाङलाई आग्रह गरेका छन् । इन्टरनेट सोसियल साईट फेसबुकमा आफ्नो अभिब्यक्ति सार्वजनिक गर्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् ।
    अमेरिकामा बसोबास गर्दै आएकी समाजसेवी रविना थापाले फेसबुकमार्पmत आफ्नो अभिब्यक्ति लेखेर सार्वजनिक रुपमा नै ३ नं प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई यस्तो आग्रह गरेपछि अमेरिकामा बसोबास गर्दै आएका अधिकांश नेपालीहरुले उनको आसयलाई समर्थन गरेका छन् । यो विषय अहिले उग्र चर्चामा रहेको छ ।   
    उपसभामुख तामाङलाई नेपालको संविधान राम्रोसँग पढेर मात्रै आफ्नो पदीय जिम्मेवारी वहन गर्न र अभिब्यक्ति दिन आग्रह गरेर लेखिएको फेसबुक स्टाटस्मा भनिएको छ ः—‘हरेक देशमा आ—आफ्ना नियम कानून हुन्छन् जुन देशको कानून हो त्यो देशको नागरिकले स्वीकार गर्नु पर्दछ । नेपालको संविधान नेपालीको मूल कानून हो । नेपालका हरेक नागरिकले संविधानलाई स्वीकार गरेका छन् । नेपालको प्रमुख उपलब्धि संविधानलाई कुल्चेर हिड्ने नेपाली नागरिक नभएर एउटा अपराधि सरह हो । भर्खरै सम्पन्न निर्वाचनबाट प्रदेश नम्वर ३ बाट उपसभामुखका रुपमा राधिका तामाङलाइ पाउँदा सम्पूर्ण महिलाको मुहारमा खुशी छाएको थियो । तर त्यो खुशीलाई उपसभामुख राधिका तामाङले राष्ट्रिय जनावर र हिन्दु नेपालीहरुले लक्ष्मीको रुपमा मान्दै आएको गाई काटेर खान पाउनुपर्ने अभिव्यक्ति दिएपछि उपसभामुख तामाङ बिबादमा मुछिएकी छन् । उपसभामुखमा निर्वाचन भएपिछ नेपालको संविधानको परिधिमा रहेर सपथ खाएकी तामाङले संविधानलाई लत्याएको प्रस्ट भएको छ । नेपाल धर्मनिरपेक्ष राष्ट्र भएपनि यहाँ धेरै हिन्दुहरु बसोबास गर्दछन् । तामाङको अभिव्यक्तिले सनातन हिन्दु धर्म मान्ने नेपालीको आस्थामाथि प्रहार गरेको छ । मूल कुरा त के छ भने तामाङले सपथ खाँदा नेपालको संबिधानको परिधिमा रहन्छु भन्ने सपथ कुल्चेर राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने भनाइ संबिधान र राष्ट्र बिरोधि अभिव्यक्ति हो । उपसभामुख तामाङको अभिव्यक्ति समस्त नेपालीहरुको आस्थामा प्रहार गर्दै जातीय र धार्मिक सद्भाव भड्काउने उद्देश्यबाट प्रेरित रहेको देखिएको छ । त्यत्रो महत्पूर्ण पदमा पुगेको मान्छेले दिएको अभिव्यक्ति राष्ट्रको हितमा छ कि छैन बोल्नुभन्दा पहिले सोचेको भए आज आफ्नै जिल्लाकाले राँके जुलुस निकाल्दै जनताको आस्थामा प्रहार गर्ने उपसभामुख तामाङ विरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी दिंदै देश द्रोही भन्ने थिएनन् । उपसभामुख जस्ती जिम्मेवार मान्छेले राष्ट्रिय जनावर गाई मारेको आरोपमा पक्राउ परेका मकवानपुर जिल्लाका तीनजना व्यक्तिहरुलाई तुरुन्त रिहा गर्न गृहमन्त्री रामबहादुर थापासमक्ष माग गर्नु भनेको कति कच्चा कुरा हो भन्ने प्रष्ट देखिएको छ ।
    धर्म निरपेक्ष देशमा कुनै एक धर्ममा भगवानको प्रतिक मानिने प्राणी या वस्तुलाई निन्दा गरिनु या नस्ट गरिनु धार्मिक सहिस्णुता र सामाजिक सद्भावको दृष्टिकोणले कति आवश्यक र जायज हो भन्ने कुरा बहसको बिषय होला तर कानुनी राज्य भएको मुलुकमा संविधानले राष्ट्रिय प्रतिक भनी परिचय दिएको बस्तु या जीव को हत्या गर्छु, नस्ट पार्छु भन्नु अपराध होइन र ? राष्ट्रिय जनवार मार्न कुन देशमा छुट् छ ? उपसभामुख तामाङ ज्यु संबिधान को भाग १, धारा ९(३) मा राष्ट्रिय जनवार काटेर खानका लागि छुट छ या छैन एक पटक राम्रो संग अध्यन गर्ने कि ?’
— रबिना थापा
बाल्टीमोर, मेरील्याण्ड, संयुक्त राज्य अमेरिका’

 

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook