रुपन्देहीमा सहकारी संजालको बैठक सम्पन्न

तातोखबर 2018-03-25 11:06:52 कृषि र सहकारी

    रुपन्देही, फागुण ११/ रुपन्देही जिल्लाको ओमसतिया गा.पा.१,२,३ र सियारी १ स्तरीय अन्तर सहकारी संस्थाहरुको संजालको एक दिने बैठक सम्पन्न भएको छ । बैठकले बिधान मस्यौदालाई छलफल गरी संशोधन सहित पारित समेत गरेको छ ।
    फागुण १० गते बसेको उक्त बैठकबाट सञ्जालको तदर्थ समिति समेत गठन गरिको छ । बैठक समितिको संयोजक आस्थाश्री साकोस अध्यक्षका लक्ष्मणकुमार थापाको अध्यक्षतामा बसेको बैठकश्रोतले जानकारी दियो ।
    संजालका सचिव लगनशील महिला साकोसका अध्यक्ष मीना शाही मल्ल कार्यक्रम संचालक रहेको उक्त बैठकमा मस्यौदा समिति संयोजक शेरसिंह थकालीले बिधान मस्यौदा प्रस्तुत गरेका थिए । आस्थाश्री साकोसले आफ्नै सभाकक्षमा आयोजना गरेको सो बैठकमा एउटा सहकारी बाहेक सबै सहकारी संस्थाको उपस्थित रहेको जनाईएको छ ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook