दोस्रो विश्वयुद्धपछि गायब भएको हिटलरको ‘खजानाको भण्डार’बारे नयाँ खुलासा

तातोखबर 2018-10-18 12:05:25 मनोरञ्जन

एजेन्सी, कात्तिक १
इतिहासकै क्रूर र हिंस्रक नाजी तानाशाह एडोल्फ हिटलरको खजानाबारे अनेक धारणा र अपुष्ट तथ्यहरू आएका छन् । तर, त्यस्ता अनुमान आजसम्म पुष्टि हुन सकेका छैनन् ।

तर, पछिल्लो समय एक पत्रकार सिरिल विस्लरले हिटलरको खजानाबारे नयाँ दाबी गरेका छन् । ती पत्रकारले हिटलरको खजाना जर्मनीको एउटा सैनिक क्याम्पको तलको भागमा पुरिएको दाबी गरेका छन् ।

यो काण्ड निकै चर्चित हो कि, नाजी शासनका बेला लुटिएका सुनका छड, जेवरात र विदेशी मुद्राको सबैभन्दा ठूलो खजानाको भण्डारण दोस्रो विश्वयुद्धपछि एकाएक गायब भएको थियो, जुन आजसम्म पत्ता लाग्न सकेको छैन ।

सयौं वर्ष दौरान आजसमम उक्त खजानाको तथ्य पत्ता लगाउन अनेक खोजी भए । तर, ठोस तथ्य आजसम्म पत्ता लागेको छैन । जानकारहरू यो दाबी गर्छन् कि, उक्त खजानाको मूल्य ५ अर्ब डलरभन्दा बढी रहेको छ । अझ, अचम्मको कुरा त यो छ कि, उक्त खजानालाई जर्मनीको एउटा बैंकमा सुरक्षित राखिएको थियो ।

विश्वयुद्धपछि खजाना नभेटिएपछि धेरैले हिटलर आफैंले खजाना कतै गोप्य स्थानमा राखेको हुनसक्ने अनुमान गरेका छन् । कति अनुसन्धानकर्ताले त उक्त खजाना अस्ट्रियाको कुनै झरनामा लुकाएको हुनसक्ने दाबी गर्दै आएका छन् ।

के-के थियो खजानामा ?

इतिहासअनुसार दोस्रो विश्वयुद्धपछि हराएको खजानाको भण्डारणमा १ सय वटा सुनका छड तथा हिराले भरिएको अन्य छड थिए । यसको मूल्य हाल अर्बौं रुपैयाँ डलर पर्छ ।

नेदरल्यान्डनिवासी पत्रकार सिरिलले हराएको खजानाबारे निकै अपत्यारिलो दाबी गरेका छन् । यो बताइन्छ कि, खजाना लुकाइएको ठाउँको बारेमा एउटा कोड बनाइएको थियो । उक्त कोड हिटलरका सेनाले गीतका माध्यमबाट लेखेका थिए ।

ती पत्रकारले यो दाबी गरेका छ्न कि, ती संकेतका आधारमा लगभग २ वर्षसम्म पटक–पटक उक्त गीत सुनेपछि खजाना राखिएको वास्तविक ठाउँको बारेमा पत्ता लागेको थियो । पत्रकार सिरिलले जर्मनीको मेटनेवाल्ड आर्मी बेसक्याम्पको तलको भागमा खजाना दबिएको हुनसक्ने दाबी गर्दै आएका छन् ।

उनको दाबीलाई धेरैले बलियो सम्भावना पनि भनेका छन् । अर्थात्, हिटरको खजाना आर्मीको क्याम्पमुनि नै दबिएको हुन सक्छ ।

-एजेन्सीको सहयोगमा

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook