ललितपुरको देउराली भन्ज्याङ्गमा डेड हेक्टर जग्गामा शहिद पार्क निर्माण हुने

तातोखबर 2018-04-17 12:36:45 पर्यटन

      काठमाडौं, बैशाख ४/ ललितपुरको देउराली भञ्ज्याङ्गमा डेड हेक्टर जमीनमा शहिद पार्क निर्माण हुने भएको छ । गोदावरी क्षेत्रलाई पर्यावरणीय पर्यटक क्षेत्रको रुपमा बिकाश गर्न युवा जागरण पर्यावरणीय मन्च र फुल्चोकी एकीकृत बिकाश कार्यक्रमले विभिन्न पर्यटन पूर्वाधार निर्माण गर्दै आइरहेको ती संस्थाहरुले उक्त पार्क निर्माण गर्न लागेको हो ।
    गोदावरी नगरपालिका वडा.न.२ र महालक्ष्मी नगरपालिका वडा.न. ९ र १० भित्र पर्ने करिब डेड हेक्टर जग्गामा शहिद पार्क निर्माण गर्ने सम्बन्धमा बृहत कार्य–योजना म्एच् समेत तयार भईसकेको निर्माणकर्ता निकायले जनाएको छ । यसका लागि बातावरणीय प्रभाव मुल्यांकन तयार गरी प्रतिबेदन स्वीकृत गराउने तयारी समेत भएको बुझिएको छ ।
    प्रस्तावित उक्त पार्क निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र वन तथा भू–संरक्षण मन्त्रालयबाट भ्क्ष्ब् सम्बन्धी क्षेत्र निर्धारण प्रतिबेदन तथा कार्यसूची त्इच् प्रतिबेदन सुझाब सहित स्वीकृतका लागि जनसंख्या तथा बाताबरण मन्त्रालयमा पत्राचार भइसकेको बताईएको छ । जनसंख्या तथा बाताबरण मन्त्रालयबाट प्रस्तावित आयोजनाको क्षेत्र निर्धारण कार्यसूचीमा उल्लेखित सास्कृतिक संग्रालय, केबुलकार, शहिद पार्क, भ्यु टावर, होटल तथा रिसोर्ट, बुद्ध स्तुपा, गुम्बा, प्याराग्याइडिङ्ग र साइकलिङ्ग ट्रैक तथा रोड निर्माणजस्ता आयोजनाको क्षेत्र निर्धारण गर्न सम्बन्धित कार्यालयलाई जानकारी गराइएपछि सबै आयोजनाको कार्य क्षेत्र निर्धारण भइसकेको निर्माणमा संलग्न श्रोतको बतायो ।
    गोदावरी नगरपालिका वडा.न.२ र महालक्ष्मी नगरपालिका वडा.न. ९ र १० भित्र पर्ने पूर्व माथिल्लो पात्लेको सीमाना, पश्चिममा पात्लेछापबाट गोदावरी आउने सडक बाटो, उत्तर कोट गाउँ जाने बाटो, दक्षिण चापाखर्क जाने बाटोलाई चार किल्ला मानेर यसभित्र पर्ने करिब डेड हेक्टर क्षेत्रफलको जमीनमा शहिद पार्क निर्माण हुने युवा जागरण पर्यावरणीय मञ्चका अध्यक्ष डा. अष्टमान कीसि महर्जनले जानकारी दिएका छन् ।
    बिशंखु इलाका वन कार्यालयका प्रतिनिधि, सिस्नेरी इलाका वन कार्यालयका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि, फुल्चोकी एकीकृत बिकाश कार्यक्रमका प्रतिनिधि, युवा जागरण पर्यावरणीय मन्च अध्यक्ष, हलेसी इञ्जिनियरिङ्गका प्रतिनिधि समेतको निरिक्षणबाट नापजाँच गरी क्षेत्र निर्धारण गएिको अध्यक्ष डा. महर्जनले बताए । उक्त कार्यक्रमहरुलाई नेपाल सरकारबाट राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएको छ बताईएको छ ।

 

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook