बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ल्यायो २९ बुँदे सुधारका कार्यक्रम

तातोखबर 2018-04-25 11:03:24 शैक्षिक

— तातोखबर
धरान, बैशाख १२/ बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले वर्तमान परिस्थितिको मुल्यांकन गर्दै २९ बुँदे सुधारका कार्यक्रम ल्याएको छ । प्रतिष्ठानले एक विज्ञप्ति जारी गरी उक्त कार्यक्रम सार्वजनिक गरेको हो । 
सो विज्ञप्तिमा भनिएको छ ः
बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पूर्वाञ्चलकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था मात्र नभएर समग्र राष्ट्रकै एक गौरवान्वित स्वायत्त संस्था हो । यो क्षेत्रमा रहेका अन्य सरकारी तथा निजि स्वास्थ्य सेवा संस्थाहरुले समेत नियमित रुपले विरामी रेफर गरे यसको विश्वसनीयता दिनानुदिन बृद्धि भएकोमा दुई मत छैन । स्थापनाकालमा ३ सय ५० बेडको अवधारणा सहित शुरु भएको यो संस्था हाल लगभग ७ सय ५० बेडको क्षमतामा छ जुन स्तरोन्नति भईरहेको छ साथै यो प्रतिष्ठान अस्पताल सेवासँगै उच्च तालिम प्राप्त दक्ष चिकित्सा जनशक्ति उत्पादन गर्न र अन्तर्राष्ट्रिय स्वास्थ्य अनुसन्धान समेत गर्ने लक्ष्यमा उपलब्धी हासिल गर्दै अगाडि बढिरहेको छ । तसर्थ प्रतिष्ठान सञ्चालनको लागि न्यूनतम आवश्यक जनशक्ति, उपकरण र परिक्षण विधिहरुको बावजुद यसले प्रदान गर्ने सेवामा अविश्वास गर्ने ठाउँ छैन तर यसलाई समयसापेक्ष रुपले आधुनिकीकरण गर्दै यसको व्यवस्थापन गर्न चुनौतिहरु पनि टड्ककारो रुपमा रहेका छन् । तसर्थ निश्चित कार्य योजना सहित प्रतिष्ठानको क्षमता अभिबृद्धि गरेमा यो एक नमूनाा स्वास्थ्य संस्था हुन्छ भन्ने विश्वास प्रतिष्ठान ब्यक्त गर्दछ र यसमा सम्पूर्ण सरोकारवाला (सरकार, मन्त्रालय, पत्रकार, राजनीतिक दल, विभिन्न संघ संस्था) को सहयोग आवश्यक छ । 
    मुलुकका विद्यमान कानूनहरु सँगसँगै यस प्रतिष्ठान सञ्चालनका पनि आफ्नै ऐन, नियम, कानूनहरु विद्यमान छन् । वर्तमान परिप्रेक्ष्यमा प्रतिष्ठानले हासिल गर्दै गरेको उचाई तथा भावी दीर्घकालीन् योजनाबाट त्रसित भएर राज्यको चौथो अङ्गलाई दुरुपयोग गर्दै विभिन्न प्रकारका सञ्चार माध्यमहरुबाट अतिरञ्जित तवरले प्रतिष्ठानको आँच र मर्यादालाई खस्काउने उद्देश्य स्वरुप प्रकाशन गरिएका समाचारहरुप्रति हाम्रो गम्भिर आपत्ति रहेको छ । प्रतिष्ठान अविछिन्न रुपले आफ्नो लक्ष्य र गन्तव्यमा अडिग रहदै दीर्घकालीन् योजना मुताविक सकारात्मक कदमहरु चाल्दा कसैको ब्यक्तिगत लाभ वा स्वार्थपूर्ति नहुने भएपछि सञ्चार माध्यमहरु प्रयोग गरी बदनाम गराईनु राज्य र समाज प्रतिको हाम्रो नियमित कर्तव्यविमुख भएको पनि प्रतिष्ठानले महशुस गरेको छ । वास्तवमा कानूनी राज्यमा सबै अंगहरुको समन्वय र सन्तुलनबाट नै राज्य सञ्चालन हुने हुँदा त्यसै अन्तर्गत रहेको संवैधानिक निकायले आपूmलाई प्रदत्त अधिकार क्षेत्रभित्र रहेर कसैको वेनामी उजुरी माथि विगतमा भैंm सोधपुछ गर्दा नै प्रतिष्ठानलाई बदनाम गर्ने प्रयत्न गरिनु कसैको पनि हीतमा छैन ।
नयाँ व्यवस्थापन आएपछि १(एक) वर्षभित्र भए गरेका उल्लेखनीयि कार्यहरु तथा भावी योजनाहरु यस प्रकारका रहेका छन् ः
१. धरान १ स्थित छाता चौकमा रहेको जग्गा नेपाल सरकारबाट प्रतिष्ठानको नाममा ल्याउन सफल भएका छौं । उक्त स्थानमा २०० शैयाको अस्पताल सेवा विस्तार गर्ने योजना रहेको छ  ।
२. प्रतिष्ठानले रु. २२.५ प्रति युनिट विद्युत महशुल तिर्दै आएकोमा रु.११.५० प्रति युनिट विद्युत महशुल कायम गर्न सफल भएका छौं । यसबाटट प्रतिष्ठानको चालु खर्चमा कटौती हुन गएको छ ।
३. सरकारको नीति बमोजिम प्रतिष्ठान आपँैंmले औषधि फार्मेसी शुरु गरेको छ । हाल गाईने वार्ड परिसरमा शुरु गरिएको फार्मेसी केही दिनमै इमर्जेन्सी, मेडिकल सर्जिकल वार्ड परिसर र जिओपिडी परिसरमा विस्तार हुन गईरहेको छ ।
४. प्रतिष्ठानको आकस्मिक कक्षको क्षमता विस्तार हुने क्रममा रहेको छ ।
५. हाडजोर्नीसम्बन्धी २० शैया क्षमताको आकस्मिक कक्ष अलग्गै सञ्चालनमा ल्याएका छौं ।
६. अलग्गै काउन्ठटरको व्यवस्था गरी सहज र प्रभावकारी रुपले सामाजिक स्वास्थ्य वीमा कार्यक्रम लागु गरिएको छ ।
७. शल्यक्रिया गर्ने विरामीको चापलाई ध्यानमा राखी शल्यक्रिया क्षमता विस्तार हुने क्रममा रहेको छ ।
८. गम्भिर रोग लाग्नु अगावै जाँच गरी स्वस्थ र सचेत रहुन् भनी हेल्थ प्याकेज सेवा व्यवस्था गरिएको छ  ।
९. आईसियु, सिसियु, डायलाईसिस् जस्ता सेवाहरुको क्षमता विरामीको चापको आधारमा अत्यन्तै न्यून रहेकाले क्षमता बृद्धि गर्ने प्रकृया शुरु गरेका छौं ।
१०. आधुनिक इआरुसिपी, इन्डोस्कोपी, पोर्टएबल एक्से मेशिन आदि उपकरण खरिद गरिएको छ ।
११. हाडजोर्नी सम्बन्धी शल्यकृयाको क्षमता विस्तार गगर्ने कार्य भईरहेको छ ।
१२.क्यान्सर रोगको उपचारसम्बन्धी एमओयु प्रकृयामा रहेको छ ।
१३. समयावधि सकिएको पुनस्र्थापना केन्द्रलाई सरकारको सहयोगमा पुनः सञ्चालनमा ल्याउने क्रममा छौं ।
१४. विरामीको पूर्जि लिनेदेखि विरामी चाँच गराउने प्रकृयामाम विरामीहरुको सुविधालाई ध्यानमा राखी टोकन प्रणाली लागु गरिएको छ ।
१५. मोरङको हरैँचास्थित जग्गाको सदुपयोग गर्ने र सुवर्ण फर्मास्युटिकल्स निर्माण तथा सञ्चालनको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ ।
 १६. दुई वर्ष पुगेका दैनिक ज्यालादारी कर्मचारीलाई करार गर्ने र अनमी कर्मचारीहरुलाई सिनियर अनमी पदमा आन्तरिक बढुवा गर्ने कार्यको सबै प्रकृया पूरा गरी नतिजा प्रकाशनको तयारी रहेको छ ।
१७. शिक्षक कर्मचारीहरुको तबल र बृद्धिको मागलाई सम्बोध्न गरिएको छ ।
१८. विशेषज्ञ सेवा प्रदान गर्न र विस्तार गर्न दक्ष चिकित्साहरुको नियुक्ति गर्ने कार्य सप्पन्न भएको छ ।
१९. शिक्षकहरुको नियमानुसार बढुवा गर्ने कार्य सम्पन्न भई मापदण्ड पुगेका थप शिक्षकहरुको बढुवा प्रकृया समेत अगाडि बढाएको छ  ।
२०. मुटु रोगीहरुलाई सहयोग गर्न चाहनो दाताहरुको सहयोग व्यवस्थापित गर्न एउटा छुट्टै कोषको व्यवस्था गरिएको छ ।
२१. सामाजिक स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी तरिकाले लागु गरिएको छ ।
२२.  इमर्जेन्सि बाहिर कुरुवाहरुको निम्ति छाना सहितको बस्ने ठाउँ निर्माण ।
२३. अनलाईन रजिस्ट्रेशन गरी पूर्जि काट्ने व्यवस्था छिट्टै सञ्चालन गर्ने तयारी ।
२४. जनशक्ति अभावले अवरुद्ध ल्भगचयकगचनभचथ सेवा पुनः सञ्चालनमा ल्याइइएको छ । 
२५. स्टोरमा थन्किएका ७ वटा भेन्टिलेटर जडान गरी सञ्चालनमा ल्याइएको छ ।
२६. अक्सिजन प्लान्टको जडान प्रकृया अगाडि बढेको छ र चाँडै सञ्चालनमा ल्याईने छ ।
२७. १० डाईलेसिस मेशिन टेण्डर गरिसकिएको छ ।
२८. शल्यक्रिया गर्नु पर्ने विरामीहरुको चापलाई ब्यवस्थित गर्न इमर्जेन्सि २ वटा, रुटिन शल्यक्रिया कक्ष ७ वटामा १ वटा थप गरी ८ वटा बनाउने कार्य अन्तिम चरणमा र गाईने शल्यक्रिया कक्ष ४ वटा सञ्चालनमा छन् ।
२९ ग्यास्टोक्कोपी, कोलोनोस्कोपी, इन्डोस्कोपी र ESRP उपकरणहरु सञ्चालनको अन्तिम प्रकृयामा पुगेका छन् ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook