डाकाको आक्रमणबाट एकै परिवारका दशजना घाइते, १० लाखको लुटपाट

विजय कुमार सिंह 2018-11-19 17:33:41 सामाजिक

महोत्तरी, मंसिर ३ गते । प्रहरीलाई चुनौती दिँदै महोत्तरीमा डाकाँले एकै परिवारका १० जना सदस्यालई घाइते बनाई १० लाख बराबरको धनमाल लुटेका छन् । आईतवार राति करिब १० जनाको समुहमा आएका हतियारधारी डाकाले महोत्तरीको सोनमा गाउँपालिका ३ खखनाका श्रीचन्द्र यादवको घरमा आक्रमण गरी लुटपाट गरेका हुन् । डाका वम, गोली, लाठी र खुकुरीले प्रहार गरी श्रीचन्द्र यादवका १० जना सदस्यलाई घाईते बनाएका छन् । जसमध्ये ३ जना गम्भीर घाइते भएको परिवारजनले जनाएको छ । डाकाको आक्रमणबाट गम्भीर घाइते हुनेहरुमा लेलिन यादव, संजिव यादव र सुरेन्द्र यादव छन् । यस्तै डाकाको आक्रमणबाट मुरनदेवी यादव, राजिव कुमार यादव, शान्ति देवी, चित्रलेखा यादव, रिंकु यादव, जितेन्द्र यादव , दिदेन्द्र यादव घाइते भएका छन् । घाइते ९ जनाको महोत्तरीको सम्सीमा रहेको जीवन ज्योती अस्पतालमा उपचार भइरहेको छ भने सुरेन्द्रको उपचार जनकपुर अञ्चल अस्पतालमा समेत सम्भव नभएपछि थप उपचारको लागि विराटनगर रेफर गरिएको जनाएको छ । डाकाहरुले घरमा रहेको साढे चारलाख नगद, ७ तोला सुन, आठ तोला चाँदी र सात थान मोवाईल लगायत १५ लाख बराबरको धनमाल लुटेर लगेको घरधनी श्रीचन्द्र यादवले बताउनुभयो । डकैती भएको यादवको घर नजिकै करिब डेढ किलोमिटरको दुरीमा ईलाका प्रहरी कार्यालय रघुनाथपुर रहेको छ । डाकाहरुले करिब ४५ मिनेटसम्म लुटपाट गरिरहँदा फोन गर्दा समेत प्रहरी समयमा नआएको पीडित यादवले गुनासो गर्नुभयो । यता महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले डाकाहरुले एकाएक घरमा पसेर सुतेका तीनजनलाई भाटाले हिर्काएर घाइते बनाएको र अन्य सदस्यहरुलाई कुटपीट गरेको बताउनुभयो । डाकाहरु तर्साउनलाई सानो सुतली बम प्रयोग गरेकाले त्यसको विस्फोटबाट उनीहरुलाई छरर्रा लागेको बताउँदै घरबाट ५ लाखभन्दा बढीको धनमाल लुटेर लगेको उहाँको भनाई छ । दशगजा क्षेत्र पर्नेहुनाले डाकाहरु सीमापारीबाट आएको हुन सक्ने उपरीक्षक कार्कीले बताउनुभयो । घटनाबारे अनुसन्धान गरी रहेको र डाकारुको खाजवीन जारी रहेको उहाँको भनाई छ ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook