कक्षामा मोबाईल बोक्न निषेद, शिक्षा सुधारको लागि मेयर गुप्ताको कडा एक्सन

तातोखबर 2018-11-26 14:53:42 सामाजिक

रौतहट, मंसिर १० । रौतहट जिल्ला सहित गौर नगरपालिकाको शिक्षा अवस्था भद्रगोल रहेको गुनासो प्रति मेयर अजय कुमार गुप्ताले कडा एक्सन लिनु भएको छ ।
गौर नगरपालिकामा अवस्थीत नेपालकै चौथो विद्यालयको रुपमा रहेको जुद्ध माध्यमीक विद्यालयको शिक्षा स्तर कस्कीएको र भद्रागोल भएको जनमानसबाट आएको गुनासोलाई मध्ये नजर गर्दै मेयर गुप्ताले आफै छडके जाँच गर्न भएको छ ।
छडके जाँचमा कक्षा ६ देखि १० सम्मका अधिकांस विद्यार्थीहरु कक्षा कोठामै मोवाईल बोक्ने गरेको पाईएको र मोवाईलको दुरुपयोग गर्दै गरेको विभिन्न तथ्यहरुबाट देखिएकोले पहिलो चोटीको लागि माफ गर्दै भोलबाट मोवाईल नलयाउने र लयायको खण्डमा विद्यार्थीको मोवाईल जफत गर्नको साथै विद्यालयबाट निस्कासीत समेत गर्ने मेयर गुप्ताले चेतावनी दिए ।
मेयर गुप्ताको अनुसार, गौर नगरक्षेत्रको शैक्षिक सुधार गर्ने हाम्रो विशेष अभियान नै संचलन भएको छ र यस क्रममा दोसी जोकोहीलाई पनि नछोड्ने संचारकार्मीहरु संग बताए ।
त्यस्तै, गौर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमान कुमार कार्कीले, विद्यालयको अवस्थत दैनिय रहेकोले नगर क्षेत्रको शैक्षिक सुधारको लागि नगरपालीकाले कुनै कसर बाकीँ नराख्ने बताए ।
गौर नरपालिकाले अधिकृत अशोक कुमार क्षेत्रको संयोजकमा, नगर क्षेत्रका शिक्षा सधुरा टास्क फोर्सको गठन गरिएको छ । यस फोर्सले नगर क्षेत्रका सरकारी तथा प्रईवेट बोडींग स्कुलको समेत अनुगमन गरि त्यसको अवस्था बारे नगरपालिकालाई सिफारीस गर्ने त्यस अनुसारनै कार्यवाही हुने प्रमुख प्रशासकिय अधिकृत सुमान कुमार कार्कीले बताए ।
छडके जाँचमा, अधिकृत अशोक क्षेत्री, लेखा अधिकृत पवन महतो, वडा अध्यक्ष राकेश झा, , अधिकृत शुभाष ठाकुर, शिक्षा संयोजक गणेश गिरी, आईटी औफीर रोशन श्रीवास्तव, संचारकर्मी धर्मेन्द्र साह, दिनेश संगम लगायतको सहमागिता रहेको थियो ।
यस्तो छडे जाँचले विद्यालयको गुणस्तर सुधारको लागि ठुलो भुमिका खेल्ने जुद्ध माविको शिक्षा बबलु यादवले बताए ।sangamkhabar

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook