प्रहरीको अप्रेसन : मरिच, चाँदी सहित ट्याक्टर र मोटरसाईक बरामद

तातोखबर 2018-12-24 14:29:28 आर्थिक

सिरहा, पुस ९ गते । सिरहा प्रहरीले अवैध तस्करी रोक्न चेकजाँच अभियानलाई तिव्रता दिएको छ । त्यही क्रममा जिल्लाको विभिन्न प्रहरी ईकाईहरुले नेपालवाट भारत र भारतवाट नेपालमा तस्करी गर्दै गरेका विभिन्न समानहरु बरादम गरेको छ । यसैक्रममा ईलाका प्रहरी कार्यालय लहानले ट्याक्टरमा राखेर भारत तस्करी गरिरहेको मरिच र केराउ बरामद गरेको छ । मरिच ३ हजार २ सय ६६ किलो र केराउ २ हजार ६ सय किलो सहित दुईवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले स १ त २८०१ र ना ४ ख ३२० नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको छ । यस्तै प्रहरीले भारतवाट नेपाल ल्याई रहेको अवैध चाँदी बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय माडरले चेकजाँचको क्रममा ना ५७ प ६५३९ नम्बरमा भारतवाट नेपाल आईरहेको सिरहा नगरपालिका ८ का ४० वर्षिय रामबाबु साह र २० वर्षिय पंकज कुमार साहको साथवाट १ किलो २५० ग्राम चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए । यस्तै ईलाका प्रहरी कार्यालय महेशपुर पतारीले भारतवाट अवैध रुपमा ल्याउँदै गरेको विभिन्न समान बरामद गरेको छ । ज २ प ३१४० नम्बरको मोटरसाईकलमा लक्ष्मीपुर पतारी गाउँपालिका ३ हिरानगरमा चेकजाँचको क्रममा मल १ बोरा, कीटनाशक औषधी ५० प्याकेट, अक्सिनटक्सिन इन्जेक्शन १ सय पिस बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरिएका समानहरु जिल्ला भन्सार कार्यालय खैरटोका माडरमा बुझाएको छ ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook