रियारलाई जडिबुटी........." />

 

नक्कली सुनका गहना देखाएर ‘सक्कली हो’ भन्दै ठगी गर्ने पक्राउ

तातोखबर 2018-12-29 11:28:00 आर्थिक

काठमाडौँ नक्कली सुनका गहना देखाएर ‘सक्कली हो’ भन्दै ठगी गर्ने राजु परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

रियारलाई जडिबुटीमा झुक्याएर नक्कली सुन बेच्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्वरकी इन्सपेक्टर एलिजा गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।  

काठमाडौं–१७ स्थायी घर भई ललितपुर बस्दै आएका परियारको साथबाट प्रहरीले सुन जस्तो देखिने बेरुवा औँठी ४१ थान, सादा औंठी १२ थान, सिक्री २१ थान, बाला, टप तथा १६ हजार नगद बरामद गरेको छ । 

विभिन्न व्यक्तिहरुको १२ थान नागरिकता र चक्कुसहित पक्राउ परेका परियारलाई महानगरीय प्रहरी वृत बानेश्वरमा राखेर अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

अपरिचित व्यक्तिहरुको नाममा रहेको ३ थान लाइसेन्स समेत बोकेर हिँडेका परियारको साथबाट प्रहरीले जनावरको दाँतजस्तो देखिने वस्तु समेत बरामद गरेको छ । आजको मधेसप्रदेस डटकमले छापेको छ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook