मन्त्रीपद सम्म पुग्ने साधन मात्र बन्यो मधेशकाे सहिद : रमेश महताेकि अामा रनिया देवी

बैधनाथ कुमार यादब 2019-01-19 09:44:53 राजनीतिक

सिराहा,माघ ५ गते । मधेश अान्दाेलनमा अाफनाे जन बलिदानी दिईएका विर शहिदहरूका सम्झनामा मधेशमा बलिदानी दिवस मनाई रहेका छन् । प्रत्येक वर्ष माघ ५ गते मधेशमा बलिदानी दिवस मनाईदै अाएका छन् । याे वर्ष २०६३/०६४ देखि १३ अाैँ बलिदानी दिवस मनाउँदै छन् । संघिय संरचनाका ३ तहका सरकार मध्ये प्रदेश सरकार प्रदेश न. २ ले सर्वजनिक विदा घाेषणा गरि बलिदानी दिवस मनाउँन् अनुराेध निर्देशन दिईएकाे छ । मधेशका जनता अधिकारबाट बञ्चित रहेकाे भन्दै मधेश वादी पार्टिहरूका नेतृत्वमा एक मधेश एक प्रदेशका नारा र विभिन्न माग राखि अन्दाेलन गरेका थिए । अानदाेलनमा माघ ५ गते सिरहाकाे लाहानमा रमेश महताे सहिद भएकाे भियाे । लामाे अान्दाेलनमा मधेशका जिल्लाहरूमा दर्जनै युवा अाफनाे ज्यन बलिदानी दिई सहिद भएका थिए । प्रधानमन्त्र गिरिजा प्रसाद काेईराला र मधेशका अन्दाेलन नेतृत्व कर्ता नेता उपेन्द्र यादब लगायत का नेताहरू ८ बुँदे सम्झैता गरि आन्दोलन फिर्ता लिईएकाे थियाे । उत्त ८ बुदेमा एक मधेश एक प्रदेशका माग पनि संबाेधन भएकाे थियाे । तर गिरिजा प्रसाद काेईरालकाे मूत्युसँगै सम्झाैत पत्रकाे पनि मूत्यु भएकाे थियाे । बिगतलाई हेर्दा मधेशका साेझ जनताले अाफनाे अधिकारका लागि पटक पटक अान्दाेलन गरे तर माग अाज पनि पूरा भएकाे छैन् । अान्दाेलनका नेतृत्व गरेका पार्टिहरू सहिदका नाममा सम्झाैत पनि कयाैँ बुँदामा गरि सरकारकाे राम्राे मन्त्रलयमा मन्त्रीका पदमा सूचिकृत भए तर जनताका माग अाज पनि पूरा भएन् । अाज १३ अाैँ बलिदानी दिवस मानईरहेका यी नेता र जनता ६० भन्दा बढिलाई सहिद बनाए तर सरकारकाे बिला लगाई अान्दाेलनमै छन् । देशमा ठुला परिर्वतनहरू भएका छन् तर मधेशका जनतामा कुनै परिर्वतन भएका छैन् । न त कानून परिर्वतन भएकाे छ , न त एक मधेश एक प्रदेश भयाे , न त मधेशी जनताका साेच परिर्वतन भयाे अाज पनि सरकारकाे शासक बिल बाेकेका मधेशी शासनका पद र कुर्सिका रक्षा गरिरहेका छन् । पटक पटक सरकारमा गएका बलिदानी दिवस मनाउने मधेशका यी नेताहरू मधेशका वीर सहिद हाे भन्ने सरकारकाे प्रमाणित प्रमाण पत्र पनि सहिद परिवारलाई दिन सकेका छैन् । बालिदानी दिवस मनाउने सहिद परिवारलाई रूवाउने , जनतालाई अान्दाेलनका बिगुल थमाउने र अाफु सरकारकाे कुर्सी बचाउने दाउ मात्र भयाे याे बलिदानी दिवस वीर सहिद रमेश महताेकाे दाइ बाल कृष्ण महताेले बताउनु भयाे । कसले छाेड्यो याे एक मधेश एक प्रदेशका नारा ? मधेशका जनताकाे अधिकार नेताकाे कुर्सी मात्र हाे ? अाब कति जना सहिद मधेशमा बनाउने सरकारमा रहेकाे मधेश अान्दाेलनका नेताहरूलाई गरे महतोले प्रसन ? मेराे छाेराेकाे रगत नेताकाे कुर्सी प्राप्तकाे साधन मात्र थियाे ? मधेशका सहिदहरू प्रति माघ ५ गते भाषण गरे सहिद प्रति प्रत्येक वर्ष श्रन्धाञ्जिलि अरपन गरे मधेशका माग पूरा हुन्छ ? यस्ता प्रश्न बिलाउनका साथ रमेश महताेकाे अामा रनिया देवी महताेले नेताहरूलाई सोधि रहेकि छिन् । मधेश अहिले पनि अान्दाेलिन अावस्थामै छन् । नेताहरू पटक पटक सम्झाैता गरि सत्ता मात्र प्राप्त गरे तर जनताले अधिकार प्राप्त गर्न सकेका छैन् । मधेशमा तिन पटक ठुल ठुला अान्दाेलन पनि भयाे तर जनताले मागका अधिकार प्राप्त गर्न सकेन् । देशकाे संरचना परिर्वतान भएकाे छ, कानून पनि परिर्वतन भएकाे छ , सरकारका नेतृत्व पनि परिर्वतन भएकाे छ तर मधेश जनता प्रतिका दृष्टिकाेण परिर्वतन भएकाे छैन् । मधेशका जनताले अानदाेलन गर्न मात्र थाहा पाए तर सरकारकाे मधेशी शासकलाई पहिचान गर्न सकेन् । जनताले केही पनि प्रप्त गरेन भन्न मिलदैन । जनताले धेरै उपलब्धि पनि पाएका छन् । मधेशका जनताले पद पाएका छन् , अान्दाेलन गर्न पाएका छन् , ठुला ठुला व्यत्तिले पहुँच पाएका छन् र मधेशी प्रमाण पत्र पाएका छन् , तर अधिकार पाएका छैन् । सहिद परिवारकाे अावस्था कहालि लाग्दाे छन तर नेता घरी एता घरी उता सहिदकाे नाममा दे दाे मागनेकाे राेलमा राखेका छन् । हाल सम्म सहिद परिवारले कुनै पनि जिविका चलाउने कार्य पाएका छैन् । सहिदका नाम रहेकाे स्मृति ट्रस्ट पनि नेताकाे खल्तिमा मात्र रहेकाे छ। हाल सम्मकाे उपलब्धि नेताले मात्र प्राप्त गरेका छन् । बलिदानी दिवसमा सरकारकाे कुर्सिमा बसेका नेताहरूले अाफु जस्तै मधेशका जनता बसेका अनुभूति गराउन गराहाेस् ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook