डायलसिस गराउदै आएका मृगौलापीडितद्वारा सहयोगको याचना

तातोखबर 2019-01-28 17:26:40 सामाजिक

    पोखरा, १४ माघ/  दुवै मृगौलाले काम गर्न छोडेपछि विगत ८ वर्षदेखि डायलसिस गराउदै आईरहेका लम्जुङ्ग शैलुङ्गका २८ वर्षीय सन्देश मगरले आपूmसँग औषधी खाने खर्च समेत नभएपछि सर्वत्र आर्थिक सहयोगको याचना गरेका छन् । फेसबुकमार्पmत उनले यस्तो सहयोगको याचना गरेका हुन् ।
    उपचारका लागि पोखरामा रहेका पीडित सन्देश मगरले आप्mनो सेवा गर्ने बाबुआमा नै गुमाई सकेका छन् । आप्mनो रेखदेख गर्ने कोही नभएपछि आप्mनै फुपुसँग बस्दै आएका उनीसँग औषधी खाने समेत खर्च नपुगेपछि निकै चिन्तित अवस्थामा यसरी सहयोगको लागि आप्mनै फेसबुक आइडिमार्पmत सहयोग मागेका हुन् । 
    ८ वर्षदेखि डायलासिसमा खर्च गर्दा आपूmसँग भएको सबै सम्पत्ति सकिएको र आप्mना दुई बहिनीहरुले समेत सहयोग गर्दै आएकोमा अब सहयोग गर्न सक्ने अवस्था नरहेपछि जटिल अवस्था आएकोले पीडित मगर थप चिन्तामा डुबेका हुन् । उनलाई सहयोग गर्न चाहने सहयोग दाताहरुलाई जे जति सकेको आर्थिक रकम उपलब्ध गराईदिन मगरले आग्रह गरेको तातोखबरसँग बताए ।
    हाल पोखरा बेगनाशताल बस्दै आएका उनलाई घान्द्रुक घर भई हाल हङ्कङमा बसोबास गर्दै आएकी ज्योती गुरुङ्ग मार्फत रु. ५हजार, गोर्खा बार्पाक घर भएका हङ्कङ निवासी सामाजिक अभियन्ता ॐ घलेबाट रु. १० हजार प्राप्त भएको पीडित मगरले जनाएका छन् । त्यसैगरी हङ्ग्कङ्ग निवासी अर्की सामाजिक अभियन्ता नानीकला गुरुङ्गले पनि पीडित मगरलाई ५ हजार रुपैया उनको निवासमै पुगेर सहयोग उपलब्ध गराएका छन् ।  
    यस्तो पीडा खेपी रहेका मृगौलाका विरामी सन्देश मगरले सहयोग रकम प्रदान गर्नेलाई फेसबुकमार्पmत धन्यवाद ब्यक्त गरेका छन् । उनले थप सहयोग अन्य दाताहरबाट पनि प्राप्त हुनेमा आशा गरेका छन् । सन्देश मगरलाई पहिले पनि ४४ हजार सहयोग जुटाइ सकिएको बताईएको छ । मृगौला पीडित सन्देश मगरलाई सहयोग गर्न सम्पर्क गर्न चाहानुहुने जोसुकै दाताहरुले दिईएको यो फेसबुक लिंकमा क्लिक गरेर सम्पर्क गर्न सकिने जानकारी गराईन्छ । सन्देश मगरको मोबाईल नम्बर  9815153027

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook