नवलपुर पिप्रहरमा होमस्टे कार्यशाला गोष्ठी (२०७५ माघ १८ र १९)

तातोखबर 2019-02-03 04:59:47 आर्थिक

    होमस्टे (घरबास) एशोसिएसन नेपालको दोश्रो राष्ट्रिय कार्यशाला गोष्ठी गण्डकी प्रदेशको नवलपुर जिल्ला, देवचुली नगरपालिका वडा १७ स्थित पिप्रहर सामुदायिक होमस्टेग्रामको सभाहलमा आयोजना गरियो । उक्त कार्यशाला गोष्ठी माघ १८ र १९ मा सम्पन्न भयो ।    
    उद्घाटन समारोहलाई नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले सम्बोधन गरेर नेपालमा ग्रामीण पर्यटनको नेतृत्व र अगुवाई गर्दै आएको होमस्टे अभियानलाई  नेपाल सरकारले महत्वका साथ हेरिरहेको बताएका थिए । सम्मेलनको उद्घाटन समारोहमा होमस्टे अभियानमा सरोकार रहने पर्यटन क्षेत्रका अधिकांश बक्ताहरुले आ–आप्mना अभिब्यक्ति दिएका थिए । ती अभिब्यक्तिहरुले होमस्टे अभियानले देशको आर्थिक समृद्धिलाई महत्व दिने कुरा बताए । 
    होसानले आयोजना गरेको दोश्रो राष्ट्रिय कार्यशाला गोष्ठीमा पर्यटन विज्ञहरुले होमस्टेसँग जोडिएका ४ वटा कार्यपत्रहरु प्रस्तुत गरे । कार्यपत्र प्रस्तुत गर्नेहरुमा नेपाल सरकार तारागाउँ विकास समितिका बरिष्ठ अधिकृत घनश्याम ढकाल, पर्यटनविज्ञ होसानका सल्लाहकार डा. आलोक प्रसाई, WWF का तिलक ढकाल र कम्युनिटी होमस्टे नेटवर्कका पुनम गुप्ता र साईमल रहेका थिए । 
    ग्रामीण पर्यटन विकासमा तारागाउँ विकास समितिले खेलेको महत्वपूर्ण भूमिकाको विषयमा बरिष्ठ अधिकृत घनश्याम ढकालले प्रस्तुत गरेको कार्यपत्रमाथि नेपाल पर्यटन बोर्डका प्रबन्धक गोबिन्द ओली र होसानका सल्लाहकार शिव श्रेष्ठले टिप्पणी गर्दै सुझाब समेत दिएका थिए । त्यस्तै होसानका सल्लाहकार एवं पर्यटनविद् डा. आलोक प्रसाईले होमस्टे पर्यटन मार्पmत समृद्धिको विषयमा प्रस्तुत गरेको कार्यपत्रमाथि गुठी संस्थानका पूर्व अध्यक्ष लक्ष्मण ज्ञवालीले प्रतिकृया दिएका थिए ।
    त्यस्तै दाश्रो दिनको कार्याशालामा ध्ध्ँ का तिलक ढकालले संरक्षण र पर्यटन विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनको उक्त कार्यपत्रमाथि होसानका सल्लाहकार नरेन्द्रराज कोईराला र होसानका केन्द्रीय सदस्य पूर्णचन्द्र उपाध्याय (मामा) ले प्रतिकृया ब्यक्त गरेका थिए । 
    प्रस्तुत कार्यपत्रहरुलाई अधिकांश सहभागिहरुले बढो जिज्ञाषा देखाएका थिए । कार्यपत्रहरुले नेपालमा पर्यटन र होमस्टे दुवै एक अर्कासँग परिपूरक भएका र यसमा सामुदायिक होमस्टे बढी कृयाशिल हुनु पर्नेमा जोड दिएका थिए । कार्याशाला गोष्ठीको सहजीकरण होसानका निवर्तमान अध्यक्ष भीमबहादुर केसीले गरेका थिए ।
 

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook