मेगा बैंक को ९५ औं  शाखा उद्घाटन,

विजय कुमार सिंह 2019-02-03 13:37:26 आर्थिक

जनताले यस बैंकबाट हाम्रो र राम्रोको अनुभुती गरुन स् गाउँपालिका अध्यक्ष यादब 

सिराहा, २० गते । सिराहाको बिष्णुपुरमा मेगा बैंकको  साखा उद्घाटन भएको छ । 
मेगा बैंकको ९५ ओ साखाको रुपमा आइतबार एक कार्यक्रम बिच उदघाटन भएको छ । यस बैंकको नेपालभरिमा कुल १०१ साखा रहेको छ । जसअन्तर्गत सिराहामा को लहान र बिष्णुपुरमा आफ्नो सेबा दिइरहेको बिष्णुपुरका साखाका प्रबन्धक इस्वर तिमिल्सिनाले बताए । बिष्णुपुरमा यस बैंकले यहि बर्सको बैशाख २७ गते देखि आफ्नो सुरुवात गरेका थिए । हाल आएर उक्त गाउँपालिकामा १३ सयको हाराहारीमा ग्राहक रहेको प्रबन्धक तिमिल्सिनाले बताए । 
प्रमुख अतिथिको रुपमा रहेको गाउँपालिका अध्यक्ष जागेस्वर यादबले कार्यक्रमलाइ सम्बोधन गर्दै यस बैंकबाट गाउँपालिकाको लागि कुनै सुबिधा उपलब्ध नभइरहेको गुनासो गरे । अबका दिनमा यस बैंकले आफ्नो कमि(कमजोरिलाइ ओल्याइ यहाको जनतालाइ सुबिधा दिनुपर्ने बताए । अध्यक्ष यादबले यहाको जनताले हाम्रो र राम्रो बैंकको रुपमा देख्न चाहेकोले सुधार गर्नुपर्ने बताए । 
कार्यक्रमको प्रमुख अतिथीमा गाउपालिका अध्यक्ष जागेस्वर यादब,गाउँपालिका उपाध्यक्ष अरहुला देबि सिंह, वडा अध्यक्ष गोपिन्द्र यादब, राजकुमार यादब,मेगा बैंकका प्रदेस प्रमुख यसपाल कुमार तिब्रेबाल, गाउँपालिका अधिकृत सुजित यादब,ईलाका प्रहरि इन्चार्ज दिपेन्द्र यादब, राजनितिक दल, बुधिजिबी,सर्बसाधारणको उपस्थित रहेको थियो ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook