“प्रथम मिर्चैया महोत्सव–२०७५” रौनकता

तातोखबर 2019-02-19 14:27:45 आर्थिक

सिरहा,फागुन ७ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ६ स्थित यहि माघ २८ गतेदेखि संचालनमा रहेको “प्रथम मिर्चैया महोत्सव–२०७५” मा खेल तमासाका कारणले निकै रौनकता छाएका छन । आयोजक समितिका अध्यक्ष हरीशंकर साहले मिर्चैया नगरपालिकाको धार्मिक पर्यटकीय स्थलहरुको विकास, उद्योग, व्यापार, पर्यटन, जडिबुटी, कृषि उद्यमलाई विकसित गर्दै समृद्ध मिर्चैया निर्माणसँगै अर्थतन्त्रलाई आत्मनिर्भरता तर्पm अग्रसर गराउने उद्देश्यले महोत्सवमा दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारहरु द्धारा प्रस्तुति दिईरहेका छन । माघ २८ गते शुरु भएको महोत्सवमा दैनिक आगन्तुक बढिरहेको आयोजक समितिका अध्यक्ष हरीशंकर साहले बताए । उनका अनुसार कलाकारको आगमनले दर्शकहरुको उपस्थिति बाक्लो रहेका छन । त्यसै गरि त्यस महोत्सवमा जडिबुटी, कृषि,मेसिनरी,अटो तथा मोटरपार्टस्,आइटी तथा विज्ञान,कम्प्यूटर इलेक्ट्रोनिक,शैक्षिक सामाग्री,शैक्षिक परामर्श सेवा, कृषीजन्य उत्पादित बस्तुहरु,शृङ्गारका सामान, पहिरन तथा लत्ताकपडा, जुत्ताचप्पल लगायतका स्टल राखिएको आयोजक समितिका सचिव भरत महासेठले बताए ।

महोत्सव अवधि भरी स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्वारा विभिन्न मौलिक सांस्कृतिक प्रदर्शनी, हरेक दिन ख्यातिप्राप्त कलाकारहरुवाट गीत नृत्य र हास्यव्यङ्ग्य सहितको विविध सांस्कृतिक कार्यक्रम हुने उनले दाबी गरे । रामनगर मिर्चैया उद्योग बाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ आयोजनामा भईरहेको महोत्सवमा मुख्य स्पोन्सरका रुपमा मारुती सिमेन्टस् प्रा। लि। रहेका छन् भने सहयोगीको रुपमा मिर्चैया नगरपालिका, कल्याणपुर नगरपालिका र कर्जन्हा नगरपालिका रहेका छन् । त्यसैगरी, पावर्ड बाइ रमपम चाउचाउ, अफिसियल बैंक सिद्धार्थ बैंक लि।, ईन्स्योरेन्स पार्टनर नेको ईन्स्योरेन्स रहेका छन् भने स्थानिय तथा राष्ट्रिय स्तरका गरी एक दर्जन मिडिया पार्टनर रहेका छन् ।  

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook