सुनसहित पक्राउ परेका वडा अध्यक्ष सहित ६ जना जेल चलान

तातोखबर 2019-03-04 09:18:59 आर्थिक

लहान : सिरहामा सुनसहित पक्राउ परेका लहान नगरपालिका १९ का वडाध्यक्ष हकिम मियाँसहित ६ जना जेल चलान भएका छन् । गत पुस २४ गते पुर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नजिकैबाट एक किलो ७ सय ५७ ग्राम सुनसहित वडाध्यक्ष हकिम, मोहम्मद रहमान, मोहम्मद अफरोज, मोहम्मद अमिरुल, मोहम्मद कैयुम र मोहम्मद रियाज पक्राउ परेका थिए । पक्राउ परेका सबैलाई पुर्पक्षका लागि सिरहा कारागार पठाइएको हो । राजस्व चुहावट र विदेशी विनिमय अपचलनको मुद्दामा जिल्ला अदालत सिरहाको आदेशमा शुक्रबार उनीहरु पूर्वपक्षका लागि सिरहा कारागार चलान गरिएको छ । जिल्ला अदालत सिरहाका श्रेस्तेदार नरेन्द्र श्रेष्ठले न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले वडाध्यक्ष मियाँ र उनीसंगै पक्राउ परेका ६ जनालाई कारागार चलान गरिएको बताए । सशस्त्र प्रहरीको टोलीले पूर्व–पश्चिम राजमार्गको गोलबजार नगरपालिका–९ घुर्मी पुलबाट एक किलो सात सय ५७ ग्राम अवैद्य सुनसहित वडाध्यक्ष हकिम मियाँसहित ६ जनालाई पक्राउ गरेको थियो । कतारबाट लुकाईछिपाई ल्याइएको सुन लिएर बीआर ३२ पिए ४६४४ नम्बरको स्कार्पियो जिप लहानतर्फ आउँदै गरेको सूचना प्राप्त भएपछि घुर्मी खोलामा आइपुग्दा सशस्त्र प्रहरीको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । mithilaratna

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook