नवलपरासी : नवलपरासीको सुस्ता गाऊपालिका वडा नं ४ गोकुलनगर नर्सहीमा आज महिला हिसां रहित होली मिलन कार्यक्रम आज सम्पन्न भएको छ । विकाश संवाद केन्द्र नर्सहीको आयोजना तथा ए.बि.........." />
 

महिला हिसां रहित होली मिलन कार्यक्रम नर्सहीमा सम्पन्न

सहबान अन्सारी  2019-03-20 13:24:48 मनोरञ्जन

नवलपरासी : नवलपरासीको सुस्ता गाऊपालिका वडा नं ४ गोकुलनगर नर्सहीमा आज महिला हिसां रहित होली मिलन कार्यक्रम आज सम्पन्न भएको छ । विकाश संवाद केन्द्र नर्सहीको आयोजना तथा ए.बि.सी. नेपाल र स्ट्रोमफाउण्डेशन नेपालको सहयोग साथै सुआहारा,वेश नेपालको सहकार्यमा गरिएको कार्यक्रममा रामाशंकर गुप्ताको अध्यक्षता तथा वडाध्यक्ष अशोक कुमार गरुङ्गको प्रमुख अथित्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङगले महिला हिसां रहित को होली मनाऊनु पर्ने अति आवश्यक रहेको हुदाँ यस पर्वलाई प्रेम र सदभावको रुपमा मनाईने होलीलाई बिभिन्न किसीको विकृतीहरु बाट जोगाउन जरुरी रहेको साथै सौहार्द वातावरणमा एक अर्कालाई रंग दलेर माया साटासाट गरी मौलीक गित गाएर मनाऊनु पर्ने र होलीको परम्परागत रौनक कायम गर्नु पर्ने कुरा हरु जोड दिएका थिए । साथै सास्कृतिको संरक्षण गर्ने सामान्य रुपमा होली मनाऊन आग्रह समेत गरेका थिए । कार्यक्रममा संजित शर्मा, साईदा निशा पठान,कन्हैया कानु,उमृला यादव,विध्या खरेल,कविता यादव,शुभकरण गुप्ता,माल्ती देवी यादव, रमेश बिश्वकर्मा लगायतहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन भागीरथि पालले गर्नु भएको थियो।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook