सकियो लगानी सम्मेलन, एनआरएनले ग¥यो १० अर्बको लगानीको सम्झौता

तातोखबर 2019-03-31 04:14:16 आर्थिक

    काठमाडौं, १७ चैत्र/ नेपाल सरकारले औपचारिक रुपमा दोश्रो पटक आयोजना गरेको लगानी सम्मेलनमा प्रस्तावित ७७ परियोजनामध्ये १६ वटा आवेदन परेको र त्यसमा १५ वटा आयोजनामा सम्झौता भएको छ जसमा गैरआवासीय नेपाली संघले १० अर्ब रुपैयाको लगानी सम्झौता गरेको छ ।
    २ दिनसम्म सञ्चालन भएर समापन गरिएको उक्त लगानी सम्मेलनमा एनआरएनले १० अर्ब लगानी भित्र्याउने प्रतिबद्धतासहित यो यस्तो सम्झौता गरेको हो । सरकारले नेपालको समृद्धिका लागि विशेष महत्वका साथ आयोजना गरेको लगानी सम्मेलनको अवसरमा गैर आवासीय नेपाली संघ र नेपाल सरकारबीच यस्तो सम्झौता भएको संघ अध्यक्ष भवन भट्टले जनाएका छन् ।
    लगानी सम्मेलनमा भएको सम्झौताको बारेमा जानकारी दिदै अध्यक्ष भट्टनले भनेका छन् ‘नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा गैरआवासीय नेपालीहरुको सहभागिताका निम्ति एउटा सामुहिक लगानी कोष खडा गर्ने विषयमा एक समझदारी पत्रमा आज हस्ताक्षर भएको छ । यो लगानी कोष स्थापनाका लागि नेपालको प्रचलित कानुन अनुसार कम्मनी खडा गरिने छ र प्रारम्भिक चरणमा रु. १० अरव लगानी भित्र्याउने प्रतिवद्धता सहित समझदारी भएको छ ।’
    यस कोष मार्फत नेपाल सरकारको प्राथमिकतामा परेका आयोजना तथा समग्र नेपालीको हितमा रहने साना ठूला परियोजनाहरुमा लगानी गरिने एनआरएन अध्यक्ष भट्ट बताए । उनका अनुसार यस समझदारीको आधारमा स्थापना हुने कम्पनीले गैरआवासीय नेपाली संघको सञ्जालको उपयोग गरी राष्ट्र निर्माणको अभियानमा समस्त गैरआवासीय नेपालीहरुलाई सहभागिताको अवसर उपलब्ध गराउने संघले प्रतिवध्दता व्यक्त गरेको छ ।
    समझदारी पत्रमा नेपाल सरकारका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह र संघका तर्फबाट अध्यक्ष भवन भट्टले हस्ताक्षर गरेका हुन् । राष्ट्रिय महत्वको यस लगानी सम्मेलनका अवसरमा गैरआवासीय नेपाली संघको प्रस्ताव अनुसार कोष निर्माणका लागि अनुकुल वातावरण र परिस्थिति सिर्जना गरिदिने सरकारको प्रतिवद्धता साथ समझदारीमा हस्ताक्षर समेत हुन सकेकोमा गैरआवासीय नेपाली संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय लगायत समग्र नेपाल सरकारप्रति हार्दिक आभार प्रकट गरेको छ । 
 

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook