कावासोती, २३ चैत्र । नवलपुरको कावासोतिमा रहेको शिबमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरुका लागि सञ्चालन गरेको आर्थिक योजना तर्ज........." />
 

महिला सहकारीको योजना तर्जुमा गोष्ठी कावासोतीमा शुरु

सदिक्षा गैरे 2019-04-06 19:23:15 आर्थिक

    कावासोती, २३ चैत्र । नवलपुरको कावासोतिमा रहेको शिबमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरुका लागि सञ्चालन गरेको आर्थिक योजना तर्जुमा गोस्ठि शनिबारदेखि शुरु भएको छ । 
    सस्थाको सभाहल कावाजोती २ मा शुरु भएको गोष्ठी उद्घाटन समारोहमा कावासोती वडा नम्बर २ का वडा अध्यक्ष लक्ष्मीप्रसाद पौडेल प्रमुख अतिथि रहेका थए । कार्यक्रममा बोल्दै पौडेलले सहकारी अभियन्ताहरुका लागि आयोजित आर्थिक योजना तर्जुमा गोष्ठी प्रभाकारी हुनेमा आफू बिस्वस्त रहेको बताए । 
    सस्थाकी अध्यक्ष खगिसरा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फ्रस्ट माईक्रो फाइनान्स लघुबित्त सस्थाका बाबुराम पौडेलले प्रक्षिक्षण दिने कार्यक्रम रहेको छ । कुल २५ जनाको सहभागिता रहेको उक्त गोष्ठीमा सहभागिहरुलाई उपाध्यक्ष धनमाया पौडेलले स्वागत गरेकी थिईन । कार्यक्रमको सञ्चालन सचिब बिन्दु खनालले गरेकी थिईन । शनिबार शुरु भएको सो गोष्ठी सोमबारसम्म सञ्चालन हुने संस्थाकी कोषाध्यक्ष तुलसीदेवी खनालले जानकारी दिईन् । 

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook