कावासोती, २४ चैत्र । नवलपरासी मधुमेह संघ, नवलपुरको अध्यक्षमा दामोदर पौडेल निर्बिरोध निर्बाचित भएका छन् । संघको शनिबार कावासोतिमा सम्पन्न अधिबेशनबाट पौडेलको नेतृत्वमा ९........." />
 

मधुमेह संघमा पौडेल को नेतृत्व

सदिक्षा गैरे 2019-04-07 12:08:48 सामाजिक

    कावासोती, २४ चैत्र । नवलपरासी मधुमेह संघ, नवलपुरको अध्यक्षमा दामोदर पौडेल निर्बिरोध निर्बाचित भएका छन् । संघको शनिबार कावासोतिमा सम्पन्न अधिबेशनबाट पौडेलको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति निर्बिरोध निर्बाचित भएको हो । 
    संघको अधिबेशन उद्घाटन समारोहको प्रमुख अतिथि कावासोती नगरपालिका प्रमुख चन्द्राकुमारी पुन रहेकी थिईन् । संघको उपाध्यक्षमा नारायणी भट्टराई (महिला), उपाध्यक्षमा शशिधर कँडेल, सचिवमा घनश्याम चापागाई, सह–सचिवमा लक्ष्मीकुमारी ढकाल र कोषाध्यक्षमा ध्रुवराज पाण्डे चयन भएका छन् । 
    यसैगरी सदस्यहरुमा टेकप्रसाद न्यौपाने, कुमनारायण महतो र मेनका रिजाल निर्बिरोध निर्बाचित भएको संघका निबर्तमान उपाध्यक्ष एबम् नेपाल पत्रकार महासंघ नवलपरासीका संस्थापक अध्यक्ष भुपेन्द्र शर्मा भट्टराईले जानकारी दिए । संघले मधुमेह हुन नदिन चेतना फैलाउनुको साथै मधुमेहका रोगीहरुलाई आबश्यक सरसल्हाह प्रदान गर्दै आईरहेको छ ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook