लहान १८ बैसाख ।सिरहाको औरही गाउँपलिका वडा नम्बर ५ सुन्द जनता माध्यमिक विद्यालयमा विद्यार्थी भर्ना अभियान जरिगरेको छन ।भर्ना अभियानमा औरही गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवल........." />
 

सुन्द जनता मा बि भर्ना अभियान 

मुकेश यादव  2019-05-01 17:45:04 शैक्षिक

लहान १८ बैसाख ।सिरहाको औरही गाउँपलिका वडा नम्बर ५ सुन्द जनता माध्यमिक विद्यालयमा विद्यार्थी भर्ना अभियान जरिगरेको छन ।भर्ना अभियानमा औरही गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले  यस पटक हामी सबैका इच्छा, अनिवार्य नि:शुल्क र नेपाललाई शिक्षात देश वनाउ भन्ने मुल नारा तय गरेको छ । विपन्नताका कारण विद्यालयमा जान नपाएका बालबालिकालाई लक्षित गरि भर्ना अभियान सुरु गर्न लागेको  बताउँछन् । वडा नम्बर ५ का वडा अध्यक्ष   दिलिप   कुमार यादवले   अभियान प्रभावकारी बनाउन सरकारी कर्मचारी र शिक्षकहरु घरदैलो मै पुगेर भर्नाका लागि आह्वान गर्ने र  शिक्षक तथा सार्वजनिक पद धारण गरेका सबैलाई आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न आव्हान गर्नु भएका थिए । यादवले थापे शौचालय, कक्षा कोठा, खानेपानी, बस्ने बेञ्च, पाठ्यपुस्तक नभएका विद्यालयमा विद्यार्थी ल्याउने अभियान भने निरन्तर छ । विद्यालयमा नै भौतिक अवस्था अत्यन्त कमजोर र शिक्षक अभाव अनि न्यूनतम पूर्वाधारको अभाव हुनुका पछाडि पनि विद्यार्थी टिकाउ कमजोर बनेको हो । देश संघीयतामा प्रवेश गरेसँगै शिक्षाका जिम्मेवारी र अवसर स्थानीय सरकारलाई दिइएको छ । स्थानीय तहले हरेक विद्यालयको सेवा क्षेत्र किटान गर्ने, त्यो सेवा क्षेत्रका विद्यार्थी भर्नाको जिम्मेवारी सोही विद्यालयलाई दिने । कोही भर्ना हुँदैन भने के कारणले हुँदैन । उसका समस्या के हुन् पहिचान गर्ने र त्यसै अनुसार रणनीति तय गर्नु अहिलेको आवश्यकता देखिएको छ ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook