— केशब बडाल, अध्यक्ष : पात्लेखेत सामुदायिक होमस्टे/होमस्टे एसोसियसन नेपाल

    केशब बडाल, पात्लेखेत सामुदायिक होमस्टे तथा होमस्टे एसोशिएसन नेपाल (होसान)क........." />

 

नेपाली युवाका लागि पर्यटनले थुप्रै अवसरहरु ल्याएको छ

तातोखबर 2019-05-02 13:52:22 पर्यटन

— केशब बडाल, अध्यक्ष : पात्लेखेत सामुदायिक होमस्टे/होमस्टे एसोसियसन नेपाल

    केशब बडाल, पात्लेखेत सामुदायिक होमस्टे तथा होमस्टे एसोशिएसन नेपाल (होसान)को अध्यक्ष हुन् । हालको धुलिखेल नगरपालिका वडा नं. ११ पात्लेखेत, धारागाउँमा विक्रम सम्बत २०२३ चेत्र २७ गते सामान्य ग्रामीण कषक परिवारमा जन्मिएका उनी यस क्षेत्रका प्रखर समाजसेवीका रुपमा पनि चिनिन्छन् । मुलुकमा बहुदलीय व्यवस्था आएपछि सामान्य रुपमा राजनीति र सामाजिक सेवामा सक्रीय रहेर २०५४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा भाग लिई तत्कालीन पात्लेखेत गाविसको अध्यक्ष पदमा निर्वाचित भएका उनी स्थानीय निकायको कार्यभार वहन गर्दै आए । स्थानीय निकायको ५ वर्षीय कार्यकाल सकिएपछि स्थानीय निकायको पुन निर्वाचन हुन नसकेपछि स्थानीय क्षेत्रको सामाजिक कार्यकर्ताको रुपमा अध्यक्ष बडाल क्रियाशिल रहदै आए ।
    सामाजिक कार्यकर्ताको रुपमा पात्लेखेत गाविसको समग्र विकासमा अग्रणी भूमिका निर्वाह गर्ने अवसर प्राप्त भएकै कारण २०६८ सालमा पात्लेखेत सामुदायिक होमस्टे आप्mनै नेतृत्वमा दर्ता गरी स्थापना गरेर सञ्चालन गर्दै आएका छन् । पात्लेखेत सामुदायिक होमस्टे देशको राजधानी काठमाडौं उपत्यकाबाट जम्मा ४२ किलोमिटर पूर्वमा भौगोलिक र सांस्कृतिक मनोरम सम्पदाले भरिपूर्ण यातायातको उचित सुविधा भएको स्थानमा सञ्चालनरत रहेको छ । गाउँविकास समितिको अध्यक्ष पदमा रहेर उत्कृष्ट काम र गाउँलाई समृद्ध बनाउन आवश्यक भूमिका खेलेबापत जिल्ला बिकास समितिबाट सम्मानित हुने अवसर पाएका पात्लेखेत सामुदायिक होमस्टेका अध्यक्ष केशब बडालले सामान्य कदर पत्र र प्रशंसापत्रहरु अन्य धेरै संघ संस्थाहरुबाट प्राप्त गरेका छन् । प्रस्तुत छ, उनै पात्लेखेत सामुदायिक होमस्टेका अध्यक्ष बडालसँग तातोखबर डटकमका प्रधानसम्पादक लक्ष्मण बजगाईले गरेको कुराकानीको सम्पादित अंश :

० राजनीति तथा सामाजिक सेवामा काम गर्नेहरु सम्पन्नशाली हुनु पर्छ, नत्र यस्तो क्षेत्रमा सेवा दिन सकिदैन भन्ने कतिपयको धारणा रहेको छ, यहाँको अनुभव कस्तो रह्यो ?
— कसै कसैको हकमा त्यस्तो होला तर मेरो बुझाईमा त्यस्तो होइन । मानिसले सामाजिक सेवा गर्न आपूm सम्पन्नशाली हुनु पर्छ भन्ने मान्यता मात्रै सही होइन भन्ने मैले बुझेको छु । इच्छाशक्ति भयो भने सामाजिक सेवामा क्रियाशिल मान्छेले जस्तो सुकै समस्या र चुनौति आउँदा सामना गर्न सक्दो रहेछ भन्ने उदाहरण मेरो भोगाईमा रह्यो । आर्थिक रुपमा म सामान्य परिवारको ब्यक्ति यहाँको सामाजिक र राजनीतिक विकासका लागि डटेर काम गरेँ । गर्दै आईरहेको छु । सामाजिक सेवामा सक्रीय रहेर काम गरियो भने समृद्ध समाज निर्माण गर्न एउटै मान्छेले काफी हुदो रहेछ भन्ने मेरो अनुभवले बताएको छ । अझ पनि समाज सेवा गर्ने मेरो धोको पुगेको छैन । देशैभरीका होमस्टे व्यवसायीहरुको छाता संगठन होमस्टे एसोसियशन नेपाल (होसान) को समेत नेतृत्व गर्दै आईरहेको छु ।
० यहाँले पर्यटन विकाससँगसँगै स्थानीय क्षेत्रमा सहकारी अभियानलाई पनि प्राथमिकतामा राखेर काम गर्नु भयो, यो विषय केही प्रष्ट पारिदिनुहोस् न ?
— तत्कालीन् अवस्थामा यो गाउँविकास समितिमा अध्यक्षको पदमा म निर्वाचित हुँदाखेरी बाटो, खानेपानी, बत्ती, शिक्षा र स्वास्थ्य सुविधा अत्यन्तै न्युन थियो । बेरोजगारी र गरिबीले यहाँका अधिकांश बासिन्दाहरु पिल्सिएका थिए । सबैलाई कसरी रोजगार र स्वरोजगार बनाउने होला भन्ने चिन्ता मैले गरेँ । यहाँको पूर्वाधार विकासमा मैले पहल गर्दै गर्दा केही मात्रामा पूर्ति हुदै त भए, तर आर्थिक विकास कसरी गर्न सकिन्छ ? मेरो जिज्ञाषा सहकारी तर्पm केन्द्रित हुदै गयो । यहाँ सानातिना रकमहरु बचत गर्ने र त्यसलाई पूँजिको रुपमा विकास गर्ने भन्ने चलन थिएन । मैले यसैलाई आधार मानेर सहकारी संस्था स्थापनाको कल्पना गरेँ । गाउँविकास समितिले नै पहल गरेर हामीले सहकारी संस्था सञ्चालन गर्ने प्रकृया अगाडि बढाएपछि यहाँ अहिले एउटा सफल र उत्कृष्ट सहकारी संस्था सञ्चालनमा आएको छ । यो सफल हुनुमा हामीले यो गाउँविकास समितिका आमासमूह समेत १६ वटा समूह बनाएर मासिक रुपमा २० रुपैयाँदेखि १०० रुपैयाँसम्म बचत राख्ने बानी बसाल्यौं । यस्तो अभियान सफल हुदै गएपछि तिनै समूहहरुलाई समेट्दै हामीले सहकारी संस्था सञ्चालन गर्न सफल भएका हौं । मेरै नेतृत्वमा संकल्प बचत तथा ऋण सहकारी संस्था नामाङ्कन गरेर यो सहकारी संस्था सञ्चालनमा ल्याइयो । आज यो ७ करोडभन्दा बढी रकमको कारोबार गर्न सक्षम भएको छ । यही रकम गाउँमा लगानि गरेर आयआर्जनका लागि थुप्रै अवसर सृजना गर्दै आईरहेको छ । पछि हामीले कृषि क्षेत्रमा लगानी गर्ने संस्थाको रुपमा साना किसान सहकारी संस्था पनि स्थापना गरेका छौं । संकल्प बचत तथा ऋण सहकारी संस्थामा धेरै महिलाहरुलाई सहभागी गराउन नसकिएकोले उनीहरुलाई नै लक्षित गरेर महिला बचत तथा ऋण सहकारी संस्थामा पात्लेखेतमा सञ्चालनरत रहेको छ ।
० यहाँको सामुदायिक विकासमा आवश्यक पर्ने भौतिक संरचना कसरी निर्माण भएका हुन् ?
— यहाँको सामुदायिक विकासको क्षेत्रमा स्थानीयले देखाएको अभिरुचि र क्रियाशिलतालाई केही गैर सरकारी संस्थाहरुले वैदेशिक सहयोग जुटाउने प्रकृया अगाडि बढाए । यसको लाभ हाम्रा सामुदायिक संस्थाहरुले पनि प्राप्त गर्न सके । यहाँ एउटा ‘लभ ग्रीन नेपाल’ नामक गैर सरकारी संस्थाले यहाँको सामुदायिक सहयोगका लागि यो सामुदायिक भवन निर्माण गरिदियो । जुन भवनमा यहाँको तीनैवटा सहकारी संस्थाका कार्यालयहरु सञ्चालन गर्दै आईरहेका छौं र हाम्रो पात्लेखेत सामुदायिक होमस्टेको गतिविधिहरु पनि यही भवनको सभाकक्षा सञ्चालन गर्दै आईरहेका छौं ।
० पात्लेखेत क्षेत्रकोे पर्यटन विकास कुन रुपमा अगाडि बढेको छ ?
— यहाँको स्थानीय क्षेत्रमा रहेका प्राकृतिक र सांस्कृतिक सम्पदाहरु पर्यटकीय भएको कारण हामीले कसरी पर्यटन श्रोतबाट आम्दानी हासिल गर्न सकिन्छ ? भन्ने विषयमा आप्mनो ध्यान केन्द्रित गर्दै गयौँ । २०६७ साललाई नेपाल पर्यटन वर्षको रुपमा सरकारले अगाडि सार्ने क्रममा होमस्टेको अवधारणा पनि ल्यायो । त्यहि अवसरमा हामीले पर्यटन कार्यालयहरुमा पुगेर सामुदायिक होमस्टे दर्ता प्रकृया अगाडि बढायौं । हामीलाई सामुदायिक होमस्टेको गतिविधि सञ्चालन गर्ने भवन निर्माण गर्न तत्कालीन् जिल्ला विकास समिति र यहाँका सांसदले कोषबाट रकम उपलब्ध गराएर सहयोग गर्नु भयो । हामीले यहाँका बासिन्दाहरु एक आपसमा एकताबद्ध भएर सामुदायिक होमस्टे सञ्चालन गरेर यहाँका प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक धरोहरहरुलाई पर्यटन वस्तुको रुपमा विकास गरेर एउटा प्याकेज बनाई यसबाट पर्यटकहरुलाई आकर्षित गर्दै पर्यटन गतिविधिहरु सञ्चालन गर्दै आईरहेका छौं ।
० पात्लेखेतमा पर्यटन विकास गर्ने अवकारणा कसरी विकास भयो ? यो बारेमा थोरै बताईदिनु हुन्छ की ?
— यो चाँही बत्ति मुनी अध्यारो भने जस्तो, हामी जहाँ बसेका छौं त्यो ठाउँ कतिको महत्वपूर्ण छ भन्ने ज्ञान धेरै नेपालीलाई नहुने रहेछ । हामी यो पात्लेखेत बासीले पनि त्यो विषयमा ध्यान दिएका थिएनौं । जापानीज सहयोगबाट सञ्चालन हुदै आएको गैर सरकारी संस्था ‘लभ्ली नेपाल’ले यस क्षेत्रका १० विद्यालय भवनहरु निर्माण गरिदिएर यो क्षेत्रमा नजिक सुपरिचित संस्था बन्न सफल भईसकेको थियो । त्यो संस्थाका कार्यकारी निर्देशकले हामीलाई यहाँ होमस्टे सञ्चालन गरेर पर्यटन विकास गर्न सकिने बारेमा जानकारी गराउँनु भयो । हामीले यहाँ के छ र त्यस्तो पर्यटक भित्र्याने वस्तु ? भनेर जिज्ञाषा राख्यौं । हामी पर्यटकहरुलाई सेवा दिन पनि जान्दैनौं । हामी यहाँ कसरी पर्यटन विकास गर्न सक्छौं र ? भन्ने हाम्रो सवालमा उहाँले हामीलाई धेरै ज्ञान दिनु भयो । उहाँको सुझाव र सल्लाह अनुसार हामी १७÷१८ जना स्थानीय बासिन्दा भेला भई एकजना पर्यटन विशेषज्ञसँग यस विषयमा छलफल गर्यौं । त्यसमा लभ्ली नेपालका कार्यकारी निर्देशकले हामीलाई सहजीकरण गरिदिनु भयो । त्यो छलफलबाट हामीलाई के ज्ञान भयो भने हामी परम्परादेखि कृषि कर्म गर्दै आइरहेका छौं । हाम्रा कृषि भूमि, हामीले लामो समयदेखि उर्जा प्रयोगका लागि गोबरग्यास प्रयोग गर्दै आईरहेका थियौं । विदेशी पर्यटकहरुका लागि यो पनि एउटा अध्ययनको विषय रहेछ । त्यसैगरी हामीले मान्दै आएका संस्कृतिहरु पनि पर्यटनको अर्को वस्तु रहेछ । यहाँबाट देखिईने गौरिसङ्कर, जुगल, गणेशलगायतका हिमश्रृंखलाहरु, यो पात्लेखेतबाट करिब डेड घण्टामा पुग्ने सकिने नमोबुद्ध हाईकिङ्ग, यहाँबाट देखिने पूर्वतिर पलाञ्चोक भगवतीको स्थान, त्यस्तै शैलुङ्गेश्वरी महादेवस्थानको त्यो हरियाली डाँडा, पश्चिमतिर देखिईने नगरकोट, धुलिखेलको प्रशिद्ध स्थानहरु, देवीस्थाहरु, उत्तरतिर देखिईने पाँचखालको उपत्यका, दक्षिणतिर हरियाली लेकहरुका साथै सूर्योदय र सूर्यास्त यहाँको पर्यटकीय वस्तुहरु रहेछन् भन्ने हामीले बुझ्यौं । यहाँ नजिकै अर्गानिक कृषि फर्महरु सञ्चालनमा ल्याईएका छन्् । यी फर्महरुबाट उत्पादित खाद्य वस्तुहरुले पर्यटकहरुको स्वास्थ्यमा लाभ पु¥याउन सक्ने भएकाले ती पनि यहाँको पर्यटन वस्तु बन्न सक्छन् भन्ने हामीले थाहा पायौं । जे पर्यटकहरुलाई आकर्षित गर्ने थुप्रै वस्तु भएको ठाउँ यो हाम्रो गाउँ पात्लेखेत रहेछ भनेर हामीले यहाँ होमस्टे विकासको अवधारणाको विकास गर्दै लग्यौं ।
० यो होमस्टे स्थापनाकालदेखि र आजको दिनसम्म आईपुग्दा कस्तो उपलब्धी प्राप्त भएको छ ?
— हामीले सबैभन्दा पहिला त पर्यटन विकासका लागि एउटा प्रखर अभ्यास हासिल गरेका छौं । हाम्रो सभ्यतामामा सुधार आएको छ । मानिस जति प्राप्त भएको छ त्यतिमा सन्तुष्ट नहुने जीव भएकोले पनि होला हामीले यहाँबाट अझ धेरै उन्नति हासिल गर्नुछ भन्ने सोचमा हामी छौं । शुरुमा हामीले होमस्टे स्थापना गर्दा हाम्रो होमस्टेमा को आईदेला र को बसीदेला अनि को पाहुनालाई हामीले स्वागत गर्न पाउने होला भन्ने चिन्ता थियो । शुरुमा त्यही लभ्ली नेपाल नामक संस्थाले जापानीज पाहुना ल्याएर स्वागत गर्ने मौका दिइयो । यसबाट हाम्रै समुदायका सदस्य परिवारहरु यसबाट अत्यन्तै उत्साहित हुनु भयो । आजको दिनमा पनि वर्षमा २÷४ पर्यटकहरुको समूह त्यही संस्थामार्पmत हाम्रो यो सामुदायिक होमस्टेमा आउने गरेका छन् । झण्डै ३ रातसम्म यहाँ बस्नुहुन्छ । हाम्रो सामुदायिक होमस्टेमा ताइवानी पाहुनाहरु ठूलो संख्यामा आउनु हुन्छ । उहाँहरु २५÷२६ समूह गरेर वर्षमा १ हजारको संख्यामा आउनु हुन्छ र ४ दिनसम्म यहाँ बसेर यहाँको पर्यटकीय वस्तुहरुसँग रमाएर जानुहुन्छ । त्यसैगरी आन्तरिक पाहुनाहरु पनि यहाँ आउनेक्रम जारी छ । हाम्रो पछिल्लो आँकडा अनुसार वर्षमा १५ सयभन्दा बढी पाहुनाहरु यो पात्लेखेत सामुदायिक होमस्टेमा आउने गरेका छन् । यसबाट यस सामुदायिक होमस्टेमा आवद्ध घरहरुले मासिक रुपमा ३० हजारदेखि ३५ हजार रुपैयासम्म आम्दामी गर्न सकेका छौं । अर्को चाही स्वास्थ्य र शिक्षा विकासको क्षेत्रमा पनि हामीले यहाँ अर्को उपलब्धी हासिल गरेका छौं । यहाँ नजिकै कालीदेवी मावि छ । ताइवानी र जापानीज पाहुनाहरुले सहयोग गरेर करिब १ करोडको लागतमा विद्यालयको भवन निर्माण गरिदिनु भएको छ । यसबाट यहाँको शिक्षा विकासका लागि ठूलो योगदान प्राप्त भएको छ । यसबाहेक पाहुनाहरु आउने भएपछि यहाँका बाटाघाटाहरु बनेका छन् । बाटाघाटामा सोलार बत्ति राखिएको छ । यहाँका घरआँगन चोकहरु उज्याला र सफासुघ्घर बनेका छन् । भाषा संस्कृतिमा विकास भएको छ । यसरी हेर्दा यहाँ चौतर्फी विकास भएको यहाँको यो समुदायले महशुस गरेको छ । सामुदायिक सहभागिता पनि त्यतिकै मात्रामा बढेको छ । अर्को लोप हुने अवस्थामा पुगेका यहाँको समुदायिका सांसकृतिक सम्पदाहरु संरक्षण गरी प्रयोगमा ल्याउने प्रचलन बढेको छ । साना बाबु नानीहरुमा सृजनशिलताको विकास भएको छ । यसरी हेर्दा हामीले सामुदायिक होमस्टे सञ्चालनमा ल्याएपछि यो धेरै उपयोगी र उपलब्धी मूलक बनेको छ ।
० सामुदायिक होमस्टे सञ्चालनमा आएपछि जति उपलब्धीहरु भए, त्यसलाई संस्थागत गर्नु पर्ने कुनै कुरा देख्नु भएको छ ?
—  हामीले जे काम गरिरहेका छौं ती कामहरुलाई यही संस्थामार्पmत संस्थागत गर्दै लगिरहेका छौं । बरु हामीले अब पाहुनाहरुको सुविधा लागि के गर्न सकिन्छ ? पाहुनाहरुको बसाई लम्बाउन के कस्ता कुराहरु थप्न सकिन्छ ? जस्ता कुराहरुमा ध्यान दिदै आएको छौं । यहाँ गुम्बा निर्माण गर्ने, भ्यू टावरहरुको निर्माण गर्ने सञ्चालनमा रहेका बाटाघाटाहरुलाई अभैm सुधार गरेर सहज बनाउने र यस क्षेत्रमा बगैंचाहरुको विस्तार गर्ने, हरियाली बृद्धि गर्ने, बालउद्यान निर्माण गर्ने जस्ता कार्यहरुलाई यस सामुदायिक होमस्टेले संस्थागत रुपमा नै काम गर्न सक्नु पर्ने चुनौति हामीमाझ छ ।
० पात्लेखेतमा पाहुनाहरु कुन माध्यमबाट कसरी आईपुग्ने त ?
— यहाँ आउन चाहने पाहुनाहरुका लागि विभिन्न माध्यमहरु छन् । यो सामुदायिक होमस्टेको प्रचार गरिरहेका छौं । हाम्रो यहाँको सम्पर्क नम्बरहरुको प्रयोगबाट पनि पाहुनाहरु आउने क्रम बढी रहेको छ । एक पटक आएर फर्कने पाहुनाहरुको सिफारिसमा आउने पाहुनाहरुबाट पनि प्रचार प्रसार बढीरहेको छ । इन्टरनेट सामाजिक सञ्जालहरुको माध्यमबाट पनि यो ठाउँको प्रचार बढीरहेको छ । लभ ग्रीन नेपाल नामक संस्थाको माध्यमबाट पनि धेरै पाहुनाहरुले यो ठाउँको बारेमा थाहा पाउँदै आउनु भएको छ । हाल कम्युनिक होमस्टे नेटवर्क नामक संस्थाले पनि यस सामुदायिक होमस्टेको सञ्चार गरिरहेको छ । त्यसैगरी पत्रपत्रिका, रेडियो, टेलिभिजनका मिडियाकर्मीहरुले उहाँहरुको आमसञ्चारमा लेखिदिएर र प्रस्तुतिहरुमा यहाँको जानकारी दिएर ठूलो टेवा पु¥याईरहनु भएको छ ।
० शुरुको अवस्थामा पात्लेखेत सामुदायिक होमस्टे स्थापनाका लागि यहाँका समुदायलाई समेट्न कस्तो प्रयास भएको थियो ?
— मैले अगाडि नै भनेँ लभग्रीन नेपाल नामक संस्थाले प्रोत्साहन गरेर एकै साथ सबैलाई यो सामुदायिक होमस्टे गठन गर्न विशेष टेवा पुग्न सक्यो । त्यो संस्थाले यस क्षेत्रमा काम गरिरहेको थियो । सबैका माझ परिचित संस्था भएकोले हामीले समुदायमा एकताका लागि धेरै प्रयास गर्नु परेन । त्यो बाहेक पनि म हिजोदेखि नै यहाँको सामाजिक काममा सक्रीय थिएँ । सबैले मेरो प्रस्ताव अनावश्यक हुन्छ भन्ने ठान्दैनन् । त्यसैले खाशै चुनौतिको रुपमा लिनु परेन ।
० पर्यटनको सम्भावना भएका अन्य क्षेत्रका बस्तिहरुमा यस्तै सामुदायिक होमस्टे स्थापना गराउन यहाँको सुझाव के छ ?
— यस पात्लेखेत सामुदायिक होमस्टे सञ्चालन भईरहेका क्षेत्रमा कुनै नदीनाला, तालतलैया छैनन् । यहाँको वस्ति अनुसार यहाँको प्राकृतिक एवं सांस्कृतिक श्रोतहरुको उचित प्रयोग गरेर हामीले यहाँ पर्यटन विकासको सम्भावना खोज्यौं । आज हामी एक किसिमले सफल भएको अवस्था छ । प्रसिद्ध धार्मिक तिर्थस्थलभएको ठाउँहरु, खोलानाला, जंगल तथा रमाईला वस्तिहरु हाम्रो देशमा धेरै छन् । यस्ता वस्तिहरुमा स्थानीय बासिन्दाहरु एक आपसमा छलफल गरेर होमस्टे सञ्चालन गर्ने वातावरण त्यहाँका अगुवाहरु, समाजसेवीहरुले बनाईदिनु पर्छ । विदेश गएर श्रम गरी कमाउने पैसा यहाँ सामुदायिक होमस्टे सञ्चालन गरेर राम्रै कमाउन सकिन्छ । युुवा जनशक्तिले विदेश जाने मानसिकता बनाउनुभन्दा यस्तै होमस्टे सञ्चालन गरेर पर्यटक भित्र्याउने योजनाका साथ काम गर्न सक्नु पर्दछ । पर्यटन विकासको सम्भावना भएका वस्तिहरुमा जतिसक्दो छिटो सामुदायिक एवं निजी होमस्टे, होटल, रेष्टुरेण्ट जे सकिन्छ त्यस्तो गतिविधि सञ्चालन गरिहाल्नु पर्दछ । यसका साथै मानिसको स्वास्थ्य खानपानमा आधारित रहेको र खानपानकै कारण अधिकांश रोगहरु जन्मने गरेकोले विषादी रहित खाद्यउत्पादनमा आमकृषक दाजुभाई दिदीवहिनीहरुलाई आग्रह गर्दछु । धन्यवाद ।      


 
 

 

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook