सिरहा लहान १९ बैशाख । राष्ट्रिय सुचना तथा प्रविधि दिवस आज देश भरी भव्यताको साथ मनाएको छ । नेपाल सरकार संचार तथा सुचना प्रविधि मंत्रालयको आयोजनामा बिहिबार सिरहाको लहानमा ल........." />
 

राष्ट्रिय सुचना तथा प्रविधि दिवस आज देश भरी भव्यताको साथ मनाएयो

प्रदिप सिंह महतो 2019-05-02 18:04:30 राजनीतिक

सिरहा लहान १९ बैशाख । राष्ट्रिय सुचना तथा प्रविधि दिवस आज देश भरी भव्यताको साथ मनाएको छ । नेपाल सरकार संचार तथा सुचना प्रविधि मंत्रालयको आयोजनामा बिहिबार सिरहाको लहानमा लहान नगर प्रभातफेरी गरी कोण सभामा परीणत गरीएको थियो । डिजिटल नेपाल विकास र समृद्धिको आधार नारा बोकी प्रविधि शिक्षा क्षेत्रलाई सुधार गर्न यो कार्यक्रम गरीएको हो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला उद्योग वाणिव्य संघको अध्यक्ष अशोक अमात्य रहनु भएको थियो । उनले भने प्रविधि विना देश र समाज विकास गर्न कठिन हुने तर्क दिनु भयो । अहिले विश्व २१ औं शताब्दीको होडमा देश गुजरी रहेको बताउनु भयो । त्यसमा नेपाल लगायत विश्वको सबै देशहरुमा प्राविधिक शिक्षाको खाँचो रहेको बताउनु भयो । प्रविधि शिक्षा विएड एम एड जस्तो होईन यो शिक्षा सिपमा आधारीत शिक्षा हो । क्यानको केन्द्रिय सदस्य दिपेन्द्र कुमार सिंहले विशिष्ट अतिथिको आसनबाट बोल्दै सुचना प्रविधि कम गर्ने होईन यसलाई अझ प्रभावकारी तरीकाले अगाडी बढीरहेको देश २१ औ शताब्दीमा गुजरीरहेको अवस्था छ । प्रििवधिको आभारमा सिरहा र सप्तरी जिल्ला धेरै नै पछाडी देखिएको छ । कार्यक्रमको कम्युटर एशोशिएशन जिल्ला शाखा सिरहाका अध्यक्ष धनराज महतो अध्यक्षतामा गर्नु भएको थियो ।

कार्यक्रममा अतिथिहरुमा सिटि जेसिसको प्रतिनिधि राजु मंडल,धनगढीमाई न पा का प्रतिनिधि संजय कुमार चौधरी,सुखिपुर नगरपालिकाका प्रतिनिधि लंकेश्वर साह,पत्रकारहरु फिरोज शेख,महेश सिंह महतो, संजय विश्वकर्मा, शम्भु चौधरी,एभरेष्ट कलेजका संस्थापक धरणीधर अधिकारी,सुरेन्द्र महतो लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो । संस्थापक अधिकारीले भने अहिलेको युग कम्युटरको युग हो आज हामी एकदम कनसश भईसकेको छु । प्रविधिको एकसेस खाचो छ सिरहा जिल्लाको लहान नगरपालिकामा करीब जम्मा १ सय ५ विधालयहरु मध्ये राम्रो कम्युटर सम्बन्धि ज्ञान भएको मान्छे कमै मात्रामा देखिन्छ । सिरहा जिल्लामा राम्रो व्ययपारी उद्योगीहरुको पनि कम्पयुटर म्यानको खाचौ रहेको देखिन्छ । कार्यक्रमको आयोजान कम्पयुटर एशोसिएसन नेपाल महासंघ सिरहाले गर्नु भएको थियो भने सहयोग क्यान फेडरेसन सिरहाले गर्नु भएको थियो । कार्यक्रम संचालन हंस कम्पयुटरको संचालक संजय शर्माले गर्नु भएको थियो ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook