नवलपरासीको नाकाबाट शंकास्पद ४ जना पक्राउ

सहबान अन्सारी  2019-05-02 18:29:57 आर्थिक

    नवलपरासी, १९ वैशाख, नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ६ गुठी परसौनीमा गए राति शसस्त्र प्रहरीले ४ जना शंकास्पद मानिसहरुलाई पक्राऊ गरेको छ । नेपालबाट भारततर्फ जादै गरेको अवस्थामा सशस्त्र प्रहरी नायब निरिक्षक पृथ्वीबहादुर शाहीको नेत्तृत्वमा झुलनीपुर नाकामा खटिएको टोलीले सोधपुछको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
    पक्राऊ परेका बर्दघाट नगरपालिका वडा नं. १५ गंगाबस्ती बस्ने २० बर्षीय अजय नगरकोटीले नवलपरासीको एक युवतीलाई बिहेको प्रलोभन देखाई भारत तर्फ लगिदै गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै पक्राऊ परेका मध्ये अर्को एक जना भारतको महराजगंज जिल्लाको भेडिहारी कटान टोला बस्ने बर्ष २४ को रामआशिषले अर्केस्टामा काम गर्नका लागि रुपन्देही बुटवलका एक युवतीलाई भारत तर्फ लगिदै गरेको आरोपमा पक्राऊ परेका छन् ।
    पक्राऊ परेकाहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय बेलाटारी पठाईएको शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ । गुठीपरसौनी नाका महिला ओसार पोसार तथा बेचबिखनको लागि संवेदनशिल नाका समेत मानिएको हुँदा उक्त नाकाबाट बर्षेनी दर्जनौं मानिसहरु पक्राऊ पर्दै आएका छन् ।

 

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook