नेकपाका जिल्ला सदस्य पक्राउ

सदिक्षा गैरे 2019-05-06 18:28:16 सामाजिक

कावासोती २१ बैशाख । नेत्र बिक्रम चन्द बिप्लबले नेतृत्व गरेको नेपाल कम्म्युनिस्ट पार्टिका एक जना जिल्ला सदस्यलाई नवलपुर प्रहरिले पक्राउ गरेको छ । प्रहरिका अनुसार नवलपुर जिल्ला कमिटी सदस्य धनबहादुर कुमाललाई उनकै निबास मध्यबिन्दु ९ चोरमारा बाट पक्राउ गरिएको हो । सरकारले बिप्लब समुहको गतिबिधी माथी प्रतिबन्ध लगाएपछी नवलपुर प्रहरिले पनि बिप्लब समुहका नेता तथा कार्यकर्ता हरुलाई उच्च निगरानीमा राखेको छ । कुमाल लाई शनिबार बिहान घरबाट नियन्त्रणमा लिई आबश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलय नवलपुरमा राखिएको प्रहरि नायब उपरीक्षक अर्जुन रानाभाट ले जानकारी दिनु भयो ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook