राजविराज : काठमाण्डौको भोटाहिटी स्थित चीनले पुनः निर्माण गरिरहेको दरवार स्कुल निर्माण स्थलमा चीनको झण्डा गाडिएको छ । निर्माण स्थलमा गाडिएको चीनको झण्डा देखेर स्थानीयह........." />
 

चीनले आफ्नो प्रभाव बढाउन पुनः निर्माण स्थलमा लगाए झण्डा

तातोखबर 2019-05-10 13:05:22 राजनीतिक

राजविराज : काठमाण्डौको भोटाहिटी स्थित चीनले पुनः निर्माण गरिरहेको दरवार स्कुल निर्माण स्थलमा चीनको झण्डा गाडिएको छ । निर्माण स्थलमा गाडिएको चीनको झण्डा देखेर स्थानीयहरु बिरोध जनाएका छन् । राष्ट्रियको हित विपरित निर्माण स्थलमा गाडिएको झण्डालाई हटाउन स्थानीयहरुले प्रशासनसँग माग समेत गरेको छ । निर्माण स्थलमा पुगेको एक स्थानीयले भने– संसारमा कही नभएका कानून हाम्रो देशमा देखिरहेको छु । 

चीनले निर्माण स्थलमा गाडिएको झण्डाको बारेमा राष्ट्रले बोल्न नसक्नु दुखद रहेको बताए । चीनले नेपालमा निर्माण गरिरहेको निर्माण स्थलहरु कब्जा गर्ने दृष्टिकोणले यस्तो झण्डा राखेको हुन सक्ने एक स्थानीयले बताए । यस्तै काठमाण्डौको बानेश्वर स्थित चीनले निर्माण गरेको आकाशीय पुलमा पनि नियमित बिपरित नेपाल चनीको सहयोग लेख्नुपर्ने ठाउँमा चीन नेपालको सहयोग लेखेको पाईएको छ । चीनले आफ्नो प्रभाव बढाउन रणनीति ढंगले निर्माण स्थलहरुमा एकलौटी ढंगबाट चीनीयाँ झण्डा फहराईरहेको छ ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook