सिरहाको राजदेबि मन्दिरमा मेलामा लाखौ भक्तजनहरु भीड भाडमा एक युबाको मृत्यु

 प्रदिप सिंह महतो 2019-05-18 11:25:51 सामाजिक

    सिरहा, ५ जेठ । सिरहाको लाहान नगरपालिका १७ ढोढनामा रहेको राजदेवी मन्दिरमा शनिबार बली चढाउन लाखै भक्तजनहरुको भीड लागेको छ । हरेक वर्षहरुमा जस्तै यसवर्षको बैशाख शुक्ल पूर्णिमाका दिन पनि  यहाँको पञ्चावती मन्दिरमा हजारौं पशुपंक्षीको बली चढाउन भक्तजनहरुको भिड लागेको हो ।
    पछिल्लो समयमा राजदेवी मन्दिरलाई बाराको गढीमाई मन्दिरपछि दोस्रो ठूलो संख्यामा बली दिइने मन्दिरको रुपमा लिने गरिएको छ । ‘राजदेवी मातालाई भाकल गरे सन्तान प्राप्ति हुने, रोग ब्याधीबाट मुक्ति मिल्ने र मनोकांक्षा पुरा हुने जन विश्वास रहेकोले यहाँ बली चढाउनेहरुको भिड लाग्ने गरेको स्थानीयहरु बताउँछन् ।
    बली चढाउन र मेला हेर्न राजदेवी मन्दिरमा भक्तजनहरुको भिड लागेको भन्दै एक श्रद्धालुले भने ‘यो मन्दिरमा आफ्नो भाकल पुरा होस् भनेर पशुपंक्षीको बली दिन सिरहा, सप्तरी, उदयपुर, धनुषासहित छिमेकी मुलुक भारतको बिहार राज्यबाट समेत श्रद्धालुहरु आउने गर्दछन् ।’
    सिरहाको लाहान बजारदेखि करिब ६, ७ किलोमिटर उत्तर भेग ढोढनाको बानो गाउँदेखि करिब ५०० मिटर उत्तर पुर्वमा पर्ने चुरेको छेउमा सानो डाँडामाथि रहेको राजदेवी मन्दिरमा वर्षभरि गरेको मनोकामना पुरा भएको विश्वासमा एक वर्षमा एक दिन बैशाख शुक्ल पूर्णिमाकै दिन बली चढाउने परम्परा रहेकोले सो ठाउँमा बली चढाउने भक्तजनहरुको ठुलो भिड लाग्ने गरेको हो ।
    भीडभाडसँगै चर्को गर्मीका कारण श्रद्धालुहरुको स्वास्थ्यमा समेत समस्या देखा परेको भेला भर्न आएका एक जनाको बेहोस भएर मृत्यु भएको बताईएको छ । सिरहाको सुखिपुर नगरपालिका २ बाट राजदेवी मातालाई बली चढाउने आएका अन्दाजी ४०÷४५ बर्षका गोपाल यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    गर्मी र भीडभाडको वातावरणले उनी फेन्ट भएर ढलेका प्रत्येक्षदर्शीहरुले जानकारी दिएका छन् । फेन्ट भएर ढलेका यादवलाई आफन्तहरुले अस्पताल लैजादा गर्दै उनको बाटैमा मृत्यु भएको पारिवारिकले जनायो । मृतक यादवको पार्थिव शरीरलाई पोस्टमार्टमका लागी लाहानमा रहेको रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यलका डिएसपी राजेश थापाले जानकारी दिएका छन् ।
    राजदेवी मन्दिरमा हरेक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन लाग्ने यो मेला अहिंशा र शान्तिका प्रतिक गौतम बुद्धको जन्मजयन्तीका दिन पर्दछ ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook