‘हेटौंडामा घर पर्यो हाम्रो’ले युट्युबमा फड्को मार्दै

तातोखबर 2019-06-04 13:13:50 मनोरञ्जन

    हेटौंडा, २१ जेठ÷ लोकतथा दोहोरी गायक नवराज न्यौपानेको दोश्रो सांगीतिक एल्बम ‘हेटौंडामा घर पर्यो हाम्रो’ बजारमा आएको छ । युट्युबमा हालै सार्वजिक गरिएको गायक तथा लोकगीत संकलक न्यौपानेको उक्त एल्बमले झण्डै लाख जति भ्यूअर प्राप्त गर्न लागि सकेको छ ।
    यो एल्बममा गायक नवराज न्यौपानेको गायनमा प्रख्यात गायिक गीतादेवीले साथ दिएकी छिन् । ‘हेटौंडामा घर पर्यो हाम्रो’ को लय संकलन महेश नेपालको रहेको छ भने शितलराज गिरी र नवराज न्यौपानेको शब्द संकलन रहेको छ । विन्दा फिल्मस् प्रा.लि.ले बजारमा ल्याएको यो गीत निकै नै कर्णप्रीय काँठे लोक दोहोरीको रुपमा सुन्न र हेर्न सकिन्छ । राजु खड्काको संगीत संयोजनमा सो एल्मबको सांगीतिक कोशेली निर्माण गरिएको छ ।
    गीतको दृश्याङ्कन तर्फ सञ्जीव ठकुरी र आयुष्मा कार्कीको प्रतिनिधिदायी अभिनय रहेको छ । दुर्लभ श्रेष्ठले दृश्य सम्पादन गरिएको यो म्युजिक भिडियोको छायाङ्कन रोनिस तामाङले गरेका छन् । निर्देशन सञ्जीव ठकुरीकै रहेको यो गीतले लाखौं श्रोता तथा दर्शकहरुको जित्न सफल भईसकैको छ ।
    मकवानपुर जिल्ला गढीगाउँपालिका वडा नं. ५ आम्भञ्ज्याङमा विक्रम सम्बत २०३९ साल फाल्गुण १२ गते जन्मिएका नववाराज न्यौपाने पछिल्लो समयमा नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका जल्दोबल्दो गायक हुन् । उनले यो गीत सुनेर आपूmलाई थप हौसला बढाई दिन आग्रह गरेका छन् ।

 

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook