नवलपरासी : नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ६ गुठी परसौनीमा खुल्ला क्रिकेट प्रतियोगिता आज बाट शुरु भएको छ । प्रतापपुर गाऊपालिका वडा नं ६ को आयोजना तथा माउन्ट एभरेष्ट ........." />
 

प्रतापपुरमा खुल्ला क्रिकेट प्रतियोगिता शुरु

सहबान अन्सारी 2019-06-08 06:17:35 मनोरञ्जन

नवलपरासी : नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ६ गुठी परसौनीमा खुल्ला क्रिकेट प्रतियोगिता आज बाट शुरु भएको छ । प्रतापपुर गाऊपालिका वडा नं ६ को आयोजना तथा माउन्ट एभरेष्ट क्रिकेट युवा समिति को समन्यवयमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिता उदघाटन नेपाली काग्रेसका पुर्व सांसद देवकरण प्रसाद कलवारले गर्नु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अथिति कलवारले युवा तथा खेलकुदका आफु बाट हरेक सम्भव सहयोग गर्न बताऊनु भयो। साथै खेल विकाशका लागी यस किसिमको प्रतियोगिता हुन आवश्यक रहेको बताए । कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष रामहरि उपाध्याय,वडा नं ८ का वडाध्यक्ष कादिर अन्सारी, शसस्त्र प्रहरी नायब निरिक्षक पृथ्वी बहादुर शाहि, आयुर्वेद औषधालय गुठी परसौनीका प्रमुख दिनबन्धु मिश्रा, राजेश पाण्डे,ईद्रिस अन्सारी, कन्हैया कुमार हरिजन, दिलिप गुप्ता, सुरज गुप्ता लगायतहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा कुल ३० टिमको सहभागिता रहने तथा करिब १५ दिन संचालन रहने आयोजकले जनाएको छ। प्रथम हुने टिमलाई २५ हजार नगद सिल्ड, मेडल र प्रमाण पत्र त्यस्तै दितिय हुने टिमलाई १५ हजार नगद सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने बताईएको छ ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook