काठमाण्डौ : नेपाल सरकारले घरेलु मेडियालाई सिध्याउने विध्येक लियाउन थाले छ । प्रस्तावित विज्ञापन नियमहरु विधेयकको रुपमा कार्यान्वयन भएमा यसले टेलिभिजन च्यानलहरुलाई ........." />
 

नेपाल सरकार घरेलु मेडियालाई सिध्याउने

तातोखबर 2019-06-19 14:18:42 राजनीतिक


काठमाण्डौ : नेपाल सरकारले घरेलु मेडियालाई सिध्याउने विध्येक लियाउन थाले छ । प्रस्तावित विज्ञापन नियमहरु विधेयकको रुपमा कार्यान्वयन भएमा यसले टेलिभिजन च्यानलहरुलाई महत्वहीन तथा नेपालका टेलिभिजन तथा विज्ञापन उद्योगलाई नै धराशयी बनाउन सक्नेछ । घरेलु मेडिया उद्योगको वृद्धि तथा यसको आकारलाई करिब ने.रु. १० अर्ब दोब्बर गर्न काठमाडौंले विज्ञापन नियमहरु प्रस्ताव गरेको छ । हालको विज्ञापन उद्योगको आकार वार्षिक ने.रु. ३००–ने.रु.५०० करोड तोकिएको छ । तर विधेयकले अपराधिक प्रकृतिको कुनै पनि अपराध र नियमहरु उल्लंघन भएमा प्रकाशक तथा मेडियाका मालिकहरु उत्तरदायी हुने बताउँछ । नेपालको संविधान अनुसार प्रस्तावित नियमहरु कानून बन्नु अघि प्रतिनिधि सभामा स्वीकृतिका लागि पेश गरिनेछ ।
सम्भावित उपभोक्तालाई कुनै पनि सामान वा सेवा बेच्दा विज्ञापनको सफलता त्यसलाई कसरी प्रस्तुत गर्ने शील्पमा भर पर्छ । अक्सर विज्ञापन निर्माताहरु आफ्नो सपना जसलाई उत्पादन वा सेवाले प्रतिबिम्बित गर्छ त्यसको बिक्रिका लागि आपm्नो सृजनात्मक स्वतन्त्रतालाई कलात्मक तवरले विस्तार गर्दछन्  । यदि नयाँ नियमहरु कानून बनेमा यी सृजनात्मक अभिव्यक्तिहरु कुण्ठित हुनेछन् किनकि यसले उल्लङ्घनको रुपमा के कसलाई बुझ्ने भनेर स्पष्ट रुपमा निर्दिष्ट गर्दैन तर समीक्षकहरु तथा मेडिया निरीक्षकहरुको विचार अभिव्यक्तिलाई कडा दण्डात्मक मापन भित्र राख्दछ ।
गैर नाफामूलक वितरण कम्पनी शेयर कास्ट इनिसिएटिभ नेपालद्वारा संचालित मेडिया सर्वेक्षण २०७६ का अनुसार ५० लाख घरहरुमध्ये ६० % भन्दा बढीसँग टेलिभिजन सेट छ । ७३% दर्शकहरु विदेशी च्यानल , ८०% नेपाली च्यानल तथा ४०% स्थानीय च्यानल हेर्न रुचाउँछन । दर्शक तथ्याङ्कको अध्ययनले ६५% दर्शकहरुले  नेपाली च्यानल २ घण्टासम्म र ६१% ले विदेशी च्यानल हरेक दिन २ घण्टा या त्योभन्दा कम हेर्ने देखाएको छ । यिनीहरुमध्ये पनि स्थानीय च्यानल हेर्नेमा ३०% ले उक्त स्थानीय च्यानल २ घण्टाभन्दा कम समयका लागि हेर्छन् ।
उच्च सामाग्री लागत र गुणस्तरिय कार्यक्रमका कारण दर्शक संख्या नबढ्ने भएकोले नयाँ नियमहरुले नेपाली टेलिभिजन क्षेत्रमा ठूलो असर पुग्नेछ । अझ नेपाली भाषामा विज्ञापन प्रसारण गर्नुपर्ने, डब गरिएका अन्तर्राष्ट्रिय विज्ञापन प्रसारण गर्न नपाइने नियम विज्ञापनदातालाई रुचिकर नहुन सक्छ  जसका कारण उनीहरु विज्ञापन राजस्वलाई आकर्षित गर्न सक्दैनन् र यसले आफैलाई नकरात्मक असर पु¥याउदछ ।
तसर्थ यी नियमहरु परिकल्पना गरिए अनुरुप बढ्दो विज्ञापन व्यवसायका लागि प्रतिपरिणामदायी सिद्ध हुनेछ जबकी स्थानीय प्रसारण उद्योगलाई खतरामा पार्नेछ । त्यसैले यी प्रस्तावित नियमहरुलाई पुनःविचार गर्न तथा आवश्यक छ भने कुन प्रकारमा आवश्यक छ त्यसको अवलोकन गर्न अत्यन्त जरुरी छ । यसो गर्न असमर्थ भएको खण्डमा यसले गलत अभ्यासको थालनी मात्र नगरेर सबै साझेदारहरुमा ठूलो झट्का पु¥याउनेछ ।  

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook