कोनेप एकेडेमी खुल्दैछ, स्वदेशमा नै रोजगार प्राप्त गर्ने स्कुल स्थापना गर्दैर्छौ

- लक्ष्मण बजगाई, तातोखबर 2018-03-04 10:53:46 Select a News Category :

— विश्वनाथ प्याकुरेल, अध्यक्ष : पेशागत महासंघ नेपाल

बिक्रम संबत २०१९ साल बैशाख ४ गते काठमाडौं जिल्लाको गागलफेदी गा.वि.स.वडा नं ७ स्थित एउटा सामान्य परिवारमा जन्मिएका विश्वनाथ प्याकुरेल पेशागत महासंघ नेपालको वर्तमान अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । रोजगारका लागि लोकसेवा आयोगले लिने प्रतिष्पर्धात्मक परिक्षामा सहभागी भई खरदार पदमा नेपाल सरकारको सेवाका लागि छनौटमा परेर सरकारका विभिन्न निकायमा काम गर्दैै अधिकृत तहसम्मको जागीरे अवधिमा ३० वर्षसम्म सेवा गरी निबृत्त हुने समय अगावै स्वतन्त्र जीवनयापन गर्न पुगेका प्याकुरेल नेपालको सामामजिक क्षेत्रमा योगदान पु¥याउन पछि परेका छैनन् । श्रमिकका हित हुने र श्रमिकका लागि चेतना पुग्ने किसिमका दर्जनौं लेख रचनाहरु विभिन्न आमसञ्चार माध्यमहरुबाट प्रकाशन एवं प्रसारण गराउदै आएका प्याकुरेल यस्ता लेखरचनाहरु संकलन गरेर पुस्तकको रुपमा आमपाठकहरुमाझ ल्याउने तरखरमा पनि रहेका छन् । काभ्रेको पूmलवारीबाट हलो बोकेर काठमाडौं झरेको उनको अघिल्लो पुस्ता आफ्नो पालामा आइपुग्दा परिवारका अधिकांश सदस्यहरु शिक्षण पेशामा संलग्न रहनुलाई उनले गर्वका रुपमा लिने गरेका छन् । आपूm सरकारी सेवामा प्रवेश गरेर पेशागत मर्म बुझ्न सक्ने भएकाले पेशागत हक हितका लागि विभिन्न आन्दोलन चलाउदै यो पेशागत संगठन जन्माउने अभियानमा उनी सक्रीय रुपमा जुटेका थिए । उनी महासंघको स्थापना कालदेखि नै जिम्मेवार पदभार ग्रहण गर्दै पछिल्लो कार्यकालका लागि पनि यही संस्थामा अध्यक्षकै भूमिका निर्वाह गर्दै समाज र राष्ट्रलाई गतिदिन सक्ने विकल्पहरुको खोजी गर्दै आईरहेका छन् । पुरोहित्याँई पेशा गरेर परिवार धान्दै आएका आफ्ना बाबुले राजधानीभित्रको बसाईमा आफ्नो दाजुभाई र दिदीबहिनीहरुको लालन–पालनका साथै शिक्षा दिक्षामा गरेको आर्थिक लगानीले आज आपूmले पनि पेशागत संगठनमा लागेर जुनसुकै पेशामा संलग्न सदस्यहरुको भलाई र हक अधिकारका लागि आवाज बुलन्द पार्न सकेकोमा गौरव गर्ने विश्वनाथ प्याकुरेलले देशको राजनीतिक गतिविधि लाजमर्दो भएको मुल्यांकन गर्ने गरेका छन् । राजनीतिक अवस्थामा सुधार नआएसम्म पेशाकर्मीहरुले हक अधिकार नपाउने ठहर गरेर राजनीतिक चेतनामा विश्वास राख्ने विश्वनाथ प्याकुरेलले २०४६ सालमा बहुदल ल्याउन समेत विभिन्न भूमिगत गतिविधि सञ्चालन गर्ने आँट गरेका थिए । ‘न्यायप्रेमी कर्मचारीहरु’ शीषर्कमा पर्चा मुद्रण गरी व्यापक वितरण गरेर ४६ सालको आन्लोलनकारी राजनीतिक दलहरुलाई सघाउन पुगेका उनी र उनको समूह नेपालको २०६२÷०६३ सालको लोकतान्त्रिक आन्दोलनको निर्णायक मोडमा समेत आफ्नो संगठनको विशेष भूमिका देखाउन सफल भएको थियो । जसको अगुवाई पेशागत महासंघ नेपालको तर्पmबाट विश्वनाथ प्याकुरेलले नै गरेका थिए । प्रस्तुत छ ः नेपालमा पेशाकर्मीहरुको आन्दोलन र यसले ल्याएको परिवर्तनको विषयमा केन्द्रित रहेर लक्ष्मण बजगाईले नेपाल पेशागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलसँग गरेको कुराकानीको केही अंश ः

० पेशागत महासंघको आन्दोलन र यसमा यहाँले खेल्नु भएको भूमिकाको विषयमा केही बताई दिनुहुन्छ की ?

— २०४७ सालमा बहुदलीय व्यवस्थाका नेपाल अधिराज्यको संविधान आयो । त्यो संविधानले पेशा वा व्यवसायमा संलग्न हुनेहरु संगठित हुन पाउने हक अधिकार प्रदान ग¥यो । त्यसपछि म संगठन विस्तार गर्ने र पेशागत सञ्जाललाई संस्थागत गर्ने अभियानमा नै जुटेको हुँ । २०४७ साल वैशाख ७ गते नेपाल निजामती कर्मचारी संगठन जन्माउनका लागि हामी लागेका थियौं । शुरुदेखि नै उक्त संगठनको विभिन्न तहमा रहेर काम गर्न थालेँ । २०४७ सालमा म नगर विकासमा काम गर्थें । त्यति खेर म सामान्य प्रा.क.को सदस्य थिएँ । २०४८ सालमा निजामती कर्मचारी संगठन स्थापनाका लागि ठूलो आन्दोलन भयो । त्यसमा म सक्रीय ढंगले काम गर्न थालेँ । मैले जागीरको पर्वाह नगरी पेशागत हितका निम्ति लाग्नु पर्छ भन्ने भावनाले त्यसमा त्यागी बनेर संघर्षका लागि खरो उत्रिन पुगें । यो क्रममा ४८ सालमा सरकारको तर्पmबाट ठूलो दमन भयो । धेरै मानिसहरुको जागीर गयो । आन्दोलनमा होमिएका केही साथीहरुको ज्यान समेत गयो । खोटाङ्गमा मनोज जोशी र कास्कीमा झपेन्द्र कार्कीको हत्या भयो । सरकारको तर्पmबाट भएको उक्त दमनले आन्दोलनमा होमिएका हामीहरुलाई अझ बढी उत्तेजित तुल्याईदियो । जस्तो अवस्था आए पनि जागीर र ज्यान माया मारेर मैले दबाईएको संगठनलाई वित्याउनु पर्छ भनेरे झोला बोकेर महिनामा २ सय ५५ रुपैया आउने खरदारको जागीर छोड्ने र एक महिनाको तलब थापेको बेलामा घरमा सूचना नगरी आन्दोलनको अर्को रुप खोज्दै कुनै गन्तव्य तिर लागेँ । संगठनका लागि साथीहरुले बलिदान पनि गरे । आस्थाका आधारमा संगठित केही साथीहरु विभाजित भएका पनि थिए । एकातिर अदालतमा मुद्दा पनि लडिरहेका थियौं । त्यसपछि ४९ सालमा निजामति कर्मचारी संघको दोश्रो अधिवेशन गर्न सफल भयौं । त्यसबाट मैले केन्द्रिय सचिवको जिम्मेवारी सम्हाल्न पुगें । त्यसको दुई वर्षपछि माहोल फेरियो । २०५१ सालमा मनमोहन अधिकारीको सरकार आयो । आन्दोलनमा अवकाशमा परेका कर्मचारीहरुलाई पुनर्वहाली ग¥यो । ५१ सालमा अर्को अधिवेशन सम्पन्न गर्न हामी सफल भयौं । मनमोहन अधिकारीले उद्घाटन गर्नु भएको उक्त अधिवेशनले मलाई महासचिवको जिम्मेवारी दियो । ५४ सालमा चौथो महाधिवेशन सम्पन्न भयो । त्यसमा म अध्यक्षकै भूमिकामा रहन पुगें । त्यसपछि पनि संगठनको उपरिसंरचनाको तहसम्म मलाई साथीहरुले पु¥याउनु भयो । पेशागत ऐक्यवद्धता मञ्चको नामले गठित अर्को एउटा संस्था ५३ सालमा पेशागत महासंघ नेपाल नाम राखेर जन्मियो । त्यसले हालै छैठौं महाधिवेशन सम्पन्न ग¥यो । त्यसको शुरुदेखि नै मैले बाहिरबाटै सहयोग पु¥याउदै आएको थिएँ । त्यसमा म एक कार्यकाल सचिव, दोश्रो कार्यकाल महासचिव, त्यसपछि उपाध्यक्ष, बरिष्ठ उपाध्यक्ष हुदै अध्यक्ष र सल्लाहकारको भूमिकामा काम गरी फेरि विधिवत रुपमा अध्यक्षको जिम्मेवारी वहन गरेर दोश्रो कार्यकालको पनि अध्यक्षता गरिरहेको छु ।

० यहि संस्थाको उलब्धीको विषयमा कुरा गर्नु प¥यो भने यहाँले कसरी प्रस्तुत गर्नु हुन्छ ?


— देशमा जति पनि संघ संगठनहरु स्थापित भएर सञ्चालन हुदै आएका छन् ती संस्थाहरुले उपलब्धी जे जस्तो हासिल गरे पनि हामी पनि देखाउन लायक उपलब्धी हात पार्न सफल भएका छौं । नितान्तः संस्थाकै आम्दामीले झण्डै ३ करोड रकमको आफ्नै भवनमा संस्थाका काम कारवाहीहरु सञ्चालन गर्दै आएका छौं । नेपालको संविधान सभाले निर्माण गरी जारी गरेको संविधानमा श्रमिकका मौलिक हक अधिकार सुनिश्चित गर्ने दिशामा हामीले महत्वपूर्ण भूमिका निर्वाह गरेका छौं । श्रमिकहरुको सम्मान र न्यायका लागि हाम्रो यो संस्थाले हरेक कुना काप्चासम्म पुगेर प्रशिक्षण एवं सम्मेलनहरु गर्दै आएका छौं । पेशागत संगठनहरुले गर्नु पर्ने काम कर्तव्यका बारेमा विभिन्न संस्थाहरुसँगको सहकार्यमा पनि हाम्रो गतिविधि फैलिदै गएको छ । यसलाई हामीले उपलब्धीको रुपमा लिएका छौं । यो संघमा अहिलेसम्म २५ वटा राष्ट्रिय संघहरु आवद्ध रहेका छन् । जसमा निजामती, संघ, संस्थान, बैंकलगायतका पेशागत संगठनहरु समावेश गरिएका छन् । विद्युत प्राधिकरण, नेपाल टेलीकमलगायत राष्ट्रिय नेटवर्क भएका ४ दर्जन प्रतिष्ठानहरुका कर्मचारीहरु पनि यसमा आबद्ध रहेका छन् । विशेष गरी सेवामूलक क्षेत्रमा हामी क्रियाशिल छौं । करिब करिब ४ लाख हाम्रा सदस्यहरु छन् ।

० यति ठूलो शक्तिका रुपमा उदाएको यो महासंघलाई यसमा आबद्ध नभएका अन्य संस्थाहरुले हेर्ने दृष्टिकोण चाहि कस्तो पाउनु भएको छ ?

— राम्रोसँग चिन्न नसकुन्जेल देखिएका जुन सुकै वस्तुहरु वा चरित्रलाई हेर्नेहरुले अनेक दृष्टिकोबाट हेर्नु अस्वभाविक हो जस्तो मलाई लाग्दैन । हामीलाई बाहिरबाट अवसरवादी र अर्थवादी संस्थाको रुपमा हेर्नेहरु पनि छन् । पेशागत हक हितका लागि हामीले काम गर्नु परेको छ यो हाम्रो धर्म नै हो । हामी सामाजिक आन्दोलन र राजनीतिक आन्दोलनसँग पनि जोडिएका छौं । यद्यपी राजनीति हाम्रो पेशा होइन । तर राजनीति चेतनालाई हामीले प्राथमिकतामा राखेर सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आईरहेका छौं । राजनीतिक चेतनाबेगरको संस्था एउटा सामान्य क्लब जस्तो मात्रै हो । पार्टीकरण कति गर्ने ? भन्ने एउटा प्रश्न नै भयो । मान्छे राजनीतिक प्राणी नै हो । किनभने मानिस आफ्नो हक अधिकार खोज्छ, सम्मान र प्रतिष्ठा खोज्छ, उसले सुरक्षा खोज्छ भनेपछि मानिस राजनीतिबाट बाहिर रहन सक्दैन । ३६ सालमा शिक्षकहरुको संगठन थिएन भने जुन किसिमको आन्दोलन भयो त्यस्तो खालको आन्दोलन हुन सक्दैथ्यो । जुन नेपालको राजनीतिक इतिहासमा एउटा कोशेढुंगो भएको छ । ४६ सालको प्रजातान्त्रिक आन्दोलनमा अन्तिम क्षेत्रमा कर्मचारीहरुले दिएको भरथेगले आन्दोलन सफल भएको छ । ६२÷०६३ सालको लोकतान्त्रिक आन्दोलनमा पनि आन्दोलनको मोर्चा नै हामीले सम्हालेका थियौं । हामीलाई बाहिरबाट राजनीतिक आन्दोलनभित्र छैनन् भनेर भन्ने गरेको पनि सुन्नमा आउँछन् । त्यो गलत कुरा हो ।

० अधिकांश शिक्षित मानिसहरुले अहिले देशको स्थिति जति बिग्रिएको मुल्यांकन गरिरहेका छन्, त्यसमा दोषी चाहि पेशागर्ने मानिसहरुले पेशालाई बिर्सिएर राजनीति गरेको कारण हो भनेर औंल्याउने गरेका छन् नि ?

— मान्छे राजनीतिक प्राणी हो उसले परिवर्तनको आकांक्षा राख्छ । जन्मिएदेखि नै ऊ परिवर्तनको आकांक्षी हुन्छ । पेशा गर्ने मानिसको प्रष्ट काम तोकिइनु प¥यो । कामको आधारमा उसले पाउने प्रतिफल उपलब्ध गराउनु प¥यो । जुन कार्याशालामा पारिश्रमिक लिएर काम गर्ने श्रमिक छ उसले घरमा के काम गर्छ, के खान्छ ? सडकमा के गर्छ ? भन्ने विषयमा अरुको नचाहिदो निन्दो चर्चो गर्ने विषय होइन । प्रष्ट कामको आधरमा उसको मूल्यांकन गर्ने, दिइएको काम कसरी सम्पादन भएको छ भनेर हेर्ने, काम विगार्दा कारबाही गर्ने राम्रो गर्दा पुरस्कृत गर्ने विभिन्न विधि र विधानहरु त छदैछन् । कारवाही गर्ने निकायहरु छन् । तिनले कारवाही गर्दा भयो नि । तर पेशाकर्मीहरुलाई आफ्नो हक अधिकारको कुरा उठाएको कुरालाई राजनीति गरेको भनेर आलोचना गर्नु उचित होइन । कुनै पनि निकायमा निर्देशिका वा विधि निर्धारण गरिसकेपछि त्यसलाई पालना गरिएन र अनियन्त्रित भयो भने यसले अनेक अर्थ दिन्छ । त्यसै भएर राजनीतिक विचलनभित्र हाम्रा संगठनहरुमा आवद्ध सदस्यहरुलाई राजनीति गरेर देश विगारेको आरोप लगाएका हुन सक्छन् । प्रतिष्ठानहरुमा काम गर्ने श्रमिक युनियनहरुको कुरा गर्ने हो विभिन्न राजनीतिक आस्थाले युनियन जन्मन्छन् । उनीहरुको आफ्नै विधान हुन्छन् । जनसंगठनको रुपमा उनीहरु चलेका हुन्छन् । कुनै पनि प्रतिष्ठानहरुमा काम गर्ने श्रमिकहरुको संख्याको २५ को संख्यामा सदस्य नभई युनियन बन्दैनन् । राष्ट्रिय संघ बन्नका लागि ५ हजार सदस्य र ५० वटा प्रतिष्ठानहरु हुनु जरुरी छ । महासंघ बन्नका लागि त्यस्ता संघहरु ५ हजार गुण १० वटा संघहरु आवश्यकता पर्दछ । त्यसमा राज्यले तोकेको विधिको कतिले पालना गरे वा गरेनन् भन्ने कुरा आफ्नो ठाउँमा छ । जति भए पनि दलका भातृ संगठनका रुपमा संगठित भएर चलेका छन् । दलको संरक्षणमा चलेका छन् । त्यसमा प्रतिष्ठानहरुको हित हुने काम गर्छन् वा दलको हित हुने काम गर्छन् भन्ने पनि एउटा प्रश्न हो । व्यवस्थापन वा प्रतिष्ठान सञ्चालकहरुलाई धाक धम्की दिने वा दोहन गर्ने काममा समेत यस्ता भातृ संगठनका गतिविधि देखिने गरेकाले पनि यहाँले सोध्नु भएको जिज्ञाषा देखा परेको हो ।

० बेला बखतमा विभिन्न भातृ संगठनहरुले अनेक किसिमका मागहरु राखेर आन्दोलनहरु गर्दै आएको देखिन्छ, तर यो पेशागत महासंघले त्यस्तो मुद्दा उठाएर आन्दोलन गर्ने गरेको पाईदैन, खाली राज्यको ऐतिहासिक मोडमा मात्रै अग्रस्थानमा आएको देखिन्छ, यो संस्थाको उद्देश्यमा त्यसरी समयसापेक्षित माग राखेर आन्दोलनमा नजाने भनेर नै हो ?

— जतिबेला समाजमा ठूलो अप्ठेरो स्थिति आईपर्छ वा राष्ट्रलाई अप्ठेरो पर्न जान्छ त्यो अवस्थामा हाम्रो सक्रीयता उच्च रहेको हुन्छ । यो सही हो । कारण के हो भने हामी बौद्धिक क्षेत्रमा काम गर्छौ । विशेष किसिमका मुद्दाहरुमा मात्रै हामीले बोल्ने हो । अन्ध समर्थन र अन्ध विश्वासमा हामी हाम्रा धारणा सार्वजनिक गर्दैनौं । तार्किक र बौद्धिक ढंगबाट हाम्रा प्रस्तुतिहरु बाहिर आउने गरेका छन् । हामी मुलुकमा बौद्धिक जमात बढाउने भूमिकामा रहेका छौं । मुलुकलाई अनियन्त्रित हुनबाट बैचारिक विधिबाट जोगाउने हाम्रो अभिप्राय हो । प्रचार प्रचारमा नआए पनि हामीले काम गर्न छोडेका छैनौं । देशभित्रका गतिविधिहरुमा गुण र दोषका आधारमा उसलाई समर्थन वा विरोध गर्ने काममा हामी पनि पछाडि छैनौैं । जनस्तरमा चेतना निर्माणको दिशामा हाम्रा गतिविधिहरु सञ्चालन भईरहेका छन् । देशव्यापी रुपमा हामीले हाम्रा संयन्त्र चेतना निर्माणका लागि हामीले तालिम, गोष्ठी तथा सभा जस्ता कार्यक्रमहरु सञ्चालन गरेर त्यस किसिमको चेतना अभिबृद्धि गर्ने काममा हाम्रो यो महासंघ क्रियाशिल छ । हत्पत्त सडकमा नआउने वर्गका रुपमा हाम्रो समूहलाई चिनिन्छ । गतिरोधले मुलुक अन्यौलमा फसेको अवस्थमा हामी आन्दोलनकारी जस्तै दखिन्छौं ।

० महासंघको संरचनाको विषयमा कुरा गर्नु पर्दा, अब मुलुक संघीयतामा गईसकेको अवस्था छ, संस्थागत हुन प्रयासरत जस्तो देखिन्छ, अनि यहि बेलामा संविधान सभाले जारी गरेको संविधान संशोधन गर्ने विषयमा ठूलै मुद्दा चलिरहेको छ । मुलुकभित्र ठुलै आन्दोलन होला जस्तो पनि देखिन्छ, राज्यभित्रका ठूलो निर्णायक आन्दोलनको बेलामा सडकमा आउने यो समूह अहिले चाहि के गर्छ ?

— पेशागत महासंघ नेपाल मुलुकभित्रको कानुन र विधि अनुसार चल्ने संस्था हो । राज्य संघीयतामा गईसकेको छ । अभ्यासरत रहेको संघीयताको विषयमा व्यक्ति, दल वा समूहहरुको आफ्नो छुट्टा छुट्टै धारणाहरु हुन सक्छन् । त्यस्ता कुरा उठाउने वर्गहरुलाई हामी केही पनि भन्न सक्दैनौं । संघीयतामा जाने विषयमा पार्टींहरुले कसरी तयारी गरिरहेका छन्, त्यो आफ्नो ठाउँमा छ । मलाई लाग्छ, लोकतन्त्रको ज्यादै कुरा गर्ने देश भारतमा पनि ६५ प्रतिशत सभासद्हरुको मतले संविधान निर्माण ग¥यो, अमेरिका जस्तो विश्वको लोकतान्त्रिक मुलुकमा ५१ प्रतिशत जनप्रतिनिधिहरुको मतले संविधान लेखेको थियो । नेपालमा त ९० प्रतिशत प्रतिनिधिहरुले संविधान जारी गरेकोमा संविधान कार्यान्वयन नै नभई संशोधन गर्ने गराउने खेल खेल्नु भनेको यो चाहि उचित भएन । यसमा हामीले खाशै केही धारणा अघि सारेका छैनौं । संविधान मुलुक चलाउने एउटा विधि हो । संविधान कार्यान्वयन नभईकनै विरोध गर्नु भनेको गतिशिलता विरोधी कुरा हो । संविधान एउटा गतिशिल दस्तावेज हो तर कार्यान्वयन हुन पाउनु प¥यो पहिला त । कार्यान्वयन हुन थालेपछि त्यसको त्रुटिहरु थाहा हुन्छन् की कहाँ कहाँ अप्ठेरो हुन्छ वा कहाँ कहाँ सजिलो हुन्छ भनेर । यो विरोधको कुरा आएकोमा जनस्तर र दलहरुबाट आएको छैन, कतै वा कुनै पक्षले निर्देशन गरेर विरोध गराएको हो ।

० उसो भए महासंघले अब के चाहि गर्छ त ?

— हामी यो संविधानलाई कार्यान्वयन गराउने पक्षमा कसरत गरिरहेका छौं । हालै हामीले महासंघको छैठौं महाधिवेशन सम्पन्न पनि ग¥यौं । महाधिवेशनले निर्धारण गरेको कार्यदिशाभित्र संविधान कार्यान्वयन गराउने पक्षलाई सघाउने निर्णय भएको पनि छ । यसका लागि अब हामी बैठक पनि बस्दै छौं । हामी संविधानले निर्धारण गरेको विधि अनुसार महासंघको विभिन्न निकायहरु प्रादेशिक संरचनामा गठन गर्ने तयारी गरिरहेका छौं । प्रदेशका मूख्य मन्त्रीहरुसँग बार्गेनिङ्ग गर्ने आधिकारिक निकाय गठन गर्ने तयारीमा हामी रहेका छौं । हाम्रा पचिसै घटकका अध्यक्षहरु त्यो बैठकमा सहभागि हुन लागि रहनु भएको छ ।

० संविधान कार्यान्वयन गर्ने विषयमा सरकार र राजनीतिक दलहरुमा निकै नै कठिनाई परेको र यहि मितिदेखि यो संविधान व्यवहारमा ल्याउने भनेर क्यालेन्डर बनाउन गाह्रो परेको जस्तो देखिन्छ । यो अवस्थामा पेशागत महासंघले सरकार र राजनीतिक दल अनि सरकारी कर्मचारीहरुलाई कसरी सघाउन सक्छ ?

— हामीले अहिलेसम्म प्राप्त गरेको सूचनाका आधारमा, संविधान कार्यान्वयन गर्ने विषयमा हामीलाई प्राप्त भएको सम्पर्कको आधारमा हामीसँग भएका अन्तर्राष्ट्रिय अभ्यासका जानकारहरुसँग हामीले गरेको बहसका आधारमा संविधान कार्यान्वयन गर्ने गराउने दिशमा केही न केही सघाउ पु¥याउन हामी पनि सामथ्र्यवान रहेका छौं । त्यहाँ रहेका अनभुवहरुलाई सुझावका रुपमा राज्यलाई उपलब्ध गराएर लक्षित वर्गमा चेतना अभिबृद्धि गरेर पनि हामी सहयोग पु¥याउने तयारीमा छौं । अहिले यत्रो ठूलो पेशाकर्मी, कलमजिवीहरुको सञ्जालको भनाई के छ भने जुनसुकै असन्तुष्ट पक्षहरुलाई पहिला संविधान कार्यान्वय हुन देउ भन्ने हो । अहिले त मधेसको समस्या सम्बोधन गर्न भनेर ल्याइएको संविधान संशोधन प्रस्तावमा मधेसले नै मानेको छैन । संविधान संशोधन गर्न पनि दुई तिहाई बहुमत नआई संशोधन गर्न नमिल्ने संविधानमा नै उल्लेख गरिएको छ, त्यो दुई तिहाई सांसदहरु पु¥याउन सत्तापक्षलाई त्यति सजिलो छैन । विनातयारी राज्य प्रस्तुत भयो भन्ने मलाई लाग्छ । विरोधका लागि सडकमा लाखौं लाख मानिस उत्रिएको हेर्दा जनमत विपक्षमा देखिन्छ । संसदीय राजनीतिमा सत्तापक्ष र प्रतिपक्ष दुवै एकअर्काका परिपूरक हुन्, अभिन्नअंग हुन् । प्रतिपक्षसँग विल्कुलै सल्लाह र सहमति नलिई बाइपास गर्ने गरी संशोधन प्रस्ताव ल्याइएको छ । प्रतिपक्षको समर्थन बेगर यो प्रस्ताव पारित हुन सक्दैन । यसले अझ बढी विरोधका गतिविधिहरुलाई सहयोग पु¥याउँछ । यस्तो अवस्थामा संविधान कार्यान्वयनमा अझ ढिलाई हुन सक्छ ।

० समस्या लम्बाई रहनुको सट्टा छिटो टुंग्याउन पनि सरकारले यो संशोधनको प्रस्ताव ल्याएको हुन पनि त सक्छ नि होइन र ?

— समस्या टुंग्याउने नाममा थप समस्या निम्त्याउनु पनि त राम्रो भएन नी । बौद्धिक र विज्ञ मानिसहरुसँग छलफल गरेर, बहस गरेर र सम्भावनाको विकल्पहरु हेरेर अनि मात्रै त्यस दिशामा सरकार लाग्नु पथ्र्यो । त्यसो गरिएन । केही समूहको कुरा सुनेर मात्रै यस्तो हतार गरिएको जस्तो देखिन्छ । एक पक्ष ढंगले यो कुरा अगाडि आयो यो अझ कठिन मोडमा पुगेको छ ।

० मुलुक जनशक्तिको अभावमा विदेशबाट दक्ष जनशक्ति भित्राउनु पर्ने स्थितिमा पुगेको देखिन्छ, यहाँका जनशक्ति विदेश पलायन हुदै गएको छ, पेशागत महासंघको नेतृत्वकर्ताको दृष्टिकोणले यहाँको भनाई के छ ?

— यो मुलुकमा श्रम गरी खानेहरुको संख्या १ करोड २५ लाख छ भनिन्छ । त्यसमध्ये हामी २० लाख श्रमिकहरु संगठित छौं । आंकडा बढी रहेको छ । झण्डै झण्डै विदेशमा खाडी मुलुकमा काम गर्ने नेपाली युवाहरुको संख्या नै ६० लाखभन्दा बढी देखिन्छ । त्यसबाहेक अन्य मुलुकहरुमा पनि छन् र भारतको त कुरौं छौंडौं । प्रत्येक वर्ष शैक्षिक वेरोजगारको संख्या ४ लाखको हुने गरेको सुन्नमा आउँछन् । १७ सयका दरले दैनिक नेपालीहरु विदेश उडिरहेका हुन्छन् । यो अत्यन्त कहाली लाग्दो अवस्था हो । यति बेला गाउँ घरमा मानिस मर्दा मलामी जानेहरु पाइदैनन् । बृद्ध, असक्तहरु मात्रै छन् । उत्पादनशिल ठाउँहरु बाँझा छन् । अहिले हामीले राजनीतिमा यति ठूलो परिवर्तन ग¥यौं । आर्थिक सम्मृद्धिका कुरा गरिरहेका छौं । तर श्रमिक वर्ग देशबाट बाहिर छ । त्यसरी विदेशमा गएकाहरुले नयाँ अत्याधुनिक प्रविधि आफ्नो देशमा भित्राउलान् भन्ने आशा गर्ने ठाउँ पनि छैन । किनभने उनीहरुले विदेशमा काम गर्ने क्षेत्र त्यस्तो प्रविधि, सीप र दक्षता प्राप्त गर्ने ठाउँमा नभएर कुली र तल्लो स्तर मानिएको कामहरुमा मात्रै रहेको छ । विकसित मुलुकमा जानेहरु क्षमता र प्रतिभा भएकाहरु नेपाल फर्किएर आउने मानसिकतामा देखिदैनन् । डिभि भरेर त्यस्तै मुलुकहरुमा बसोबास गर्ने इच्छा राख्ने गरेका छन् । नेपालीहरु विदेश पलायन हुदा सांस्कृतिक स्खलन त्यहि अनुपातमा बृद्धि भएको छ । कुनै पनि देशको नागरिकको पहिचान उसको संस्कृतिमा अडेको हुन्छ । त्यो सकिएपछि भुगोलमा मात्रै सीमित भएको मुलुकको के अर्थ । यो कहाली लाग्दो स्थितिलाई जतिसक्दो छिटो सरकारले नियन्त्रणमा लिनु जरुरी छ । यो मुलुक स्वर्ग छ, याँही कमाई गरेर खान सकिन्छ भन्ने सन्देश प्रवाह गरेर जनशक्ति पलायन रोक्न सरकारले ठोस कदम चाली हाल्नु पर्ने अवस्था आएको छ । यो क्रम झन् झन् बढ्दो छ । त्यसका लागि सरकारले त्यहि किसिमको शिक्षा, त्यहि किसिमका तालिम, त्यस्तै किसिमको प्रेरणा र अवसर बनाउनु ढिला गर्नु हुदैन । भोली सबै अशक्तहरुको देश बनाउनबाट नेपाललाई रोक्नु पर्छ ।

० यो विषयमा सरकार झकझकाउने विषयमा यहाँहरुले केही गर्न सक्नुहुन्छ ?

— हामीले त खाली सुझाव बुझाउने हो । त्यो महसंघको तर्पmबाट गरिरहेकै छौं । बिचार प्रवाह गर्ने हो । त्यसमा पहल गरिरहेकै छौं । हाम्रो संगठनमा सेवा निवृत्त सदस्यहरु पनि हुनु हुन्छ, उहाँहरुको छोराछोरीहरु छन् । उहाँका छोराछोरीहरुका लागि रोजगारका अवसर यही गर्नु पर्छ भनेर हाम्रा सदस्यहरुलाई हामीले आग्रह र अनुरोध गर्दै आएका छौं । हामीले एउटा कोनेप एकेडेमी नामक एउटा स्कूल कल्पना गरेका छौं । त्यो स्कूल छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौं । सीप आर्जन गरेर स्वदेशमा नै काम गर्नु पर्छ भन्ने स्कुलिङ्ग गर्ने गरी हामीले उक्त एकेडमीलाई देशकै नमूना एकेडेमी बनाउनेछौं । हेर्दै जानु होला त्यो शिक्षा मुलुकको भावी नेपाली पुस्ताका लागि ठूलो शिक्षा हुने छ । त्यसपछि आयश्रोतका क्षेत्रहरु बढ्दै जानेछन् । उत्पादनमा उल्लेखनीय विकास हुनेछ । हामी एउटा सचेत नागरिकको हिसावले धेरै काम गर्न सक्छौं । हामी यो महासंघको नेतृत्वकर्ता मात्रै नभएर एउटा अभिभावकहरु पनि हौं । यही महासंघमा आबद्ध देशका ४ लाख सदस्यहरुमार्पmत विदेश पलायन रोक्ने सन्देश प्रवाह गर्दा पनि धेरै ठूलो अभियान सम्पन्न भएको ठहरिन्छ । सरकारले देशको सबै संरचनाहरु भताभुंग पारिसकेको छ । संस्थानहरु सबै निजीकरण गरेर श्रमिक मूल्य र मान्यता नै लोप पारिदिएको छ । उत्पादन दिईरहेका संस्थान निजीकरण हुनु, सेवाप्रदायक संस्थानहरु निजीकरण हुनु देशलाई वर्वाद गर्ने चाला हो । यसले उत्पादन र सेवा सुरक्षामा चुनौती थपिदिएको छ ।

० सरकारको विभिन्न निकायहरुबाट हुने यस्ता नकारात्मक प्रबृत्तिलाई निरुत्साहित पार्न दबाब मुलक कार्यक्रम सञ्चालन गर्न यो महासंघलाई केले रोकेको छ ?

— देशमा यस्ता धेरै पेशागत संघ र महासंघहरु सञ्चालन भईरहेका छन् । हाम्रो महासंघमा ४ लाख सदस्यहरु छौं, यस्ता अरुपनि विभिन्न किसिमका महासंघहरु, संघ संस्थाहरु पनि छन् । ती सबै संगठनहरुबीच कार्यगत एकता गरेर यसलाई सरकारका त्यस्ता गतिविधिहरुलाई निरुत्साहित गर्न सकिन्छ । यसको अगुवाई हाम्रो महासंघ अर्थात पेशागत महासंघ नेपालले गर्न सक्छ ।

० अब युवा अवस्थामा टेक्दै गरेका नेपाली समूहलाई यहाँको सुझाव र सन्देश के छ ?

— परिवर्तनका बहाक नै युवाहरु हुन् । युवाहरुले मुलुकलाई चाहेको दिशातिर लैजान सक्छन् । त्यसका लागि उनीहरुमा मानसिक विचलन आउनु हुदैन । यो किशोर अवस्थामा नै त्यसकिसिमको चेतना आउनु पर्छ । भौतिक अवस्थालाई गतिशिल बनाउन त्यो समूह मुलुकको महत्वपूर्ण अंग हुन सक्नेछन् ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook