— थकिनकुमार गुरुङ्ग : फाउन्डर/प्रिन्सिपल, ग्रीनल्याण्ड आवासीय माध्यमिक स्कूल

विक्रम सम्बत २०२२ साल फाल्गुण २३ गते जन्मिएका थकिनकुमार गुरुङ्ग बाबु व्रिटिश आर्मीमा क........." />

 

विद्यार्थीहरुको प्रतिभा पहिचानमा निजी विद्यालयहरुको भूमिका अहम् छ

- लक्ष्मण बजगाई, तातोखबर 2018-03-04 11:02:35 Select a News Category :

— थकिनकुमार गुरुङ्ग : फाउन्डर/प्रिन्सिपल, ग्रीनल्याण्ड आवासीय माध्यमिक स्कूल

विक्रम सम्बत २०२२ साल फाल्गुण २३ गते जन्मिएका थकिनकुमार गुरुङ्ग बाबु व्रिटिश आर्मीमा कार्यरत रहेका कारण तनहुँ जिल्लाको फिर्के गाविसको बासिन्दा भए पनि मलेशियामा जन्मिनु पुगे र ४ वर्षको उमेरमा स्थायी गाउँ फिर्के फर्किएर बाल्य शिक्षा हासिल गरेर माध्यमिक तहको अध्ययन पनि त्यहीबाट प्राप्त गर्न पुगे । शिक्षामा अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका गुरुङ्गले एमफिल र पोस्ट ग्रेजुयशन इन डिप्लोमासम्म गरेका छन् । विभिन्न कलेजहरुमा अध्यापन गर्दै अरुको स्वामीत्वमा सञ्चालन हुदै आएका विद्यायहरुमा समेत अध्यापन गरेर अनुभवी शिक्षकका रुपमा आफ्नै स्वामीत्वमा धापासीको ग्रीनल्याण्ड चोक नाम रहने गरेर ग्रीनल्याण्ड आवासीय माध्यमिक विद्यालय स्थापना गरी सञ्चालन गर्दै आएका फाउण्डर÷प्रिन्सिपल थकिनकुमार गुरुङ्ग शिक्षा क्षेत्रमा उच्च गुणस्तर र सृजनशिल विद्यार्थीहरु उत्पादन गरेर राष्ट्रलाई नै योगदान पु¥याउने अभियानलाई निरन्तरता दिदै आईरहेका छन् । निजी आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सनको केन्द्रिय महाधिवेशन प्रतिनिधिसमेत रहेका गुरुङ्ग प्याब्सन काठमाडौंको जिल्ला समिति अध्यक्षको भूमिका निर्वाह गरिहरका छन् । यहि समितिमा दुई कार्यकाल सदस्य, दुई कार्यकाल उपाध्यक्षको भूमिका निर्वाह गरेका उनले आपूmले अध्यक्षता गरिहेको प्याब्सन काठमाडौं जिल्ला समितिको नेतृत्वकालमा सरकारको शिक्षा नीतिमा सुधार ल्याउने गरी विभिन्न रचनात्मक कामहरुका लागि निर्णायक गतिविधिहरुमा समेत सलंग्नता जनाउदै आएका छन् । नेपालीहरुको व्यक्तिवादी सोचले शिक्षाको गुणस्तरभन्दा पनि व्यक्तिको गुणस्तर बृद्धि गरेर प्रतिष्ठा कमाउन चाहने विद्यालय सञ्चालकहरुको समाजमा थकिनकुमार गुरुङ्ग एउटा पृथक चरित्र निर्माण गर्न सफल छन् । उनी राजधानी जस्तो व्यस्त र विकसित शहरमा सञ्चालनरत आवासीय विद्यालयहरुलाई समय सापेक्षित सुधार गरेर विश्वमा प्रचलनमा आउदै गरेका आवासीय विद्यालयको वर्गमा नेपालको आवासीय विद्यालयहरुलाई समाहित गराउने अभियानमा जुटेका छन् । राज्यको शैक्षिक विधामा सहयोग पु¥याउन के गर्न सकिन्छ ? भन्ने विषयमा उनी आफ्नो समय र सृजना केन्द्रित गर्दै आपूmले सञ्चालन गर्दै आएको विद्यालयलाई प्रतिनिधि विद्यालयको दर्जा बनाउन कटिबद्ध भएर लागीपरेका छन् । विभिन्न माध्यमिक तहका आवासीय विद्यालयहरुमा अंग्रेजी शिक्षकको रुपमा सेवा गर्दै स्नातकोत्तर तहको अध्ययन सकेर अन्य कलेजहरुमा समेत प्राध्यापन गरेको अनुभवले उनी आफ्नै स्वामीत्वमा विद्यालय सञ्चालन गर्ने मस्थितिमा पुगे र हाल ग्रीनल्याण्ड आवासयी माध्यामिक विद्यालय सञ्चालन गर्दै आईरहेका छन् । लयात्मक भाषा भएको नेपालको पश्चिामञ्चल क्षेत्रमा जन्मिएको र त्यहाँको लोकसंस्कृतिमा हुर्किएको कारण कला, संस्कृति, साहित्य र खेलकुद क्षेत्रका अत्यन्तै झुकाव राख्दै आएका प्रिन्सिपल गुरुङ्ग आफ्नो क्षेत्रका अग्रज आदिकवी भानुभक्त र लेखनाथ पौडेल जस्ता नेपालको विख्यात कवि र साहित्यकारहरुको जन्मथलो भएकै कारण यसतर्पm गहिरो झुकाव राख्न पुुगेका हुन् । किशोरावस्थामा भलिवल खेलमा गहिरो अभिरुचि भएका उनले विद्यालयस्तरको विरेन्द्रशिल्ड प्रतियोगितामा सहभागी भएर आपूm अध्ययरत विद्यालयलाई प्रथम स्थान दिलाउन समेत मूख्य भूमिका निर्वाह गरेका थिए । शैक्षिक विकासमा विताएको दुई दशकभन्दा लामो समयको अनुभवलाई अबको पुस्ताको प्रेरणाका लागि एउटा पुस्तक आवश्यक ठानेका गुरुङ्ग अब निकट भविष्यमा नै यस्तो पुस्तक प्रकाशित गराउने तयारीमा समेत जुटेका छन् । शैक्षिक क्षेत्रका विभिन्न मुद्दाहरुमा कलम चलाउदै आएका थकिनकुमार गुरुङ्गका लेख रचनाहरु विभन्न आमसञ्चार माध्यमहरुबाट प्रकाशित एवं प्रसारित हुदै आएका छन् । प्रत्येक वर्ष आफ्नै विद्यालयद्वारा प्रकाशित हुदै आएको ‘आँकुरा’ नामक पत्रिकाको दशौं अंकको सम्पादन तथा स्तम्भ लेखनमा समेत उनको भुमिका रहदै आएको छ । प्रस्तुत छ : हालै मात्र सिंगापुरमा सम्पन्न ‘लाईफवाईज एजुकेशन’ सेमिनारमा सहभागी भएर फर्किएका थकिनकुमार गुरुङ्गसँग लक्ष्मण बजगाईले गरेको कुराकानीको केही अंश :

० हालैमात्र सिंगापुरमा ‘ङ्गलाईफवाईज एजुकेशन’ नामक सेमिनारमा सहभागी भएर नेपाल फर्कनु भएको छ, यो विषयमा प्रस्ट पारिदिनुहोस् न ?

— विद्यालयहरुमा अध्ययन गरीसकेपछि विद्यार्थीहरुलाई आपूmले उच्च माध्यामिक तहसम्मको अध्ययन गरेको कुरा आफ्नो भविष्य खोज्नका लागि कतिको उपयोगी छ वा छैन भनेर मूल्यांकन गर्न सहयोग गर्ने एउटा सेमिनार थियो त्यो । जर्मनीका प्रफेसरले आफ्ना अनुभवहरु हामीसँग बाँढ्नु भयो । उहाँले एउटा पुस्तक पनि लेख्नु भएको रहेछ । यो विद्यालयहरुमा अध्यापन गराईने पाठ्यपुस्तकहरुले व्यहारमा आउने विषयहरुलाई आधामात्रै प्रतिनिधित्व गर्छ अर्थात विद्यार्थीहरुले के के कुरा कन्ठस्त गरेका छन् वा के के कुरा बुझेका छन् भन्ने मात्रै प्रतिनिधित्व गर्छ । तर उसको अर्को पाटो चाहि हामीले मूल्यांकन गरेनौं । जीवनोपयोगी विषयवस्तु कहाँनेर विद्यार्थीहरुलाई आवश्यक छ ? भन्ने विषयमा यस्ता शैक्षिक प्रतिष्ठानहरुले अब ध्यान दिनै पर्छ भन्ने सन्देश सो चार दिने सेमिनारले दिएको छ । विद्यालयका लागि निर्धारण गर्ने पाठ्यक्रम निर्माण गर्नेहरु एउटा टेबुलमा बसेर तयार पार्ने गर्छन् र व्यवहारमा आउने पक्षसँग उनीहरु निकट छैनन् भन्ने कुरा पनि उक्त सम्मेलनमा चर्चा गरियो । विद्यार्थीहरुले १०/१२ वर्ष हाम्रो विद्यालय पढेको भनेर सर्टिफिकेट थमाउने काम मात्रै भएकोले अब त्यसरी नचल्ने अवस्था आएको छ । आफ्नो विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुमा कतिको सामाजिक चेतना आयो, देशप्रेमको भावना र व्यावहारिक जीवनको ज्ञान कतिको आयो भन्ने पनि परिक्षा लिन सकिने गरी विद्यार्थीहरुलाई अध्यापन गराउनु आवश्यक छ भन्ने उक्त सेमिनारको उद्देश्य थियो ।

० राज्यले शिक्षा विकासका लागि व्यवहारमा ल्याएको संयन्त्रलाई यहाँले कसरी हेरिरहनु भएको छ ?

— राज्यको तहमा बसेर शासन व्यवस्था सञ्चालन गर्ने ठाउँमा रहेका अधिकारीहरु आफ्नो ठाउँमा ठीक हुनुहुन्छ होला । तर शैक्षिक विकासक्रममा के कुराको अभाव छ वा के कुरा बढी भईरहेको छ ? विश्व परिवेशमा समाहित हुन कुन कुराको खाँचो छ भनेर हेर्नका लागि हामी जस्तो शैक्षिक क्षेत्रमा कार्यरत व्यक्तिहरुको अहंम् भूमिका हुन्छ भन्ने कुरा नीति निर्माणको निकायमा बसेकाहरुले बुझ्न जरुरी छ । शैक्षिक क्षेत्रमा उल्लेखनीय विकास हुन नसक्नुको कारण चाहि के हुन सक्छ भने शैक्षिक व्यावहारिकता एकातिर परिवर्तनशिल हुदै गईरहेको छ, राज्यको शैक्षिक नीति नियम अर्कोतिर रहेकोले यस्तो अवस्था आएको हो । सरकारी लगानीमा सञ्चालन हुदै आएका सामुदायिक विद्यालयहरुको अवस्था हेर्ने हो पनि त्यस्तै असन्तुलित छ । त्यस्ता विद्यालयका प्रधानाध्यापकहरुलाई जिम्मेवारी दिएर विद्यालयहरुको शैक्षिक व्यवस्था सुधार गर्ने अवसरबाट बञ्चित गरिएको जस्तो लाग्छ ।

० यहाँको बुझाईमा देशको शिक्षा नीति कस्तो हुनु पर्छ ?

— निजी आवासीय विद्यालयहरुमा अभिभावकहरुले विद्यालयको शैक्षिक गुणस्तरलाई उकास्न विशेष अधिकार दिनु भएकोले पनि हामीले समय सापेक्षित शैक्षिक विकासमा हात हाल्न पाएका छौं । त्यसो भन्दैमा हामी शैक्षिक अराजकता अपनाउछौं भन्ने बुझ्न हुदैन । हामी राज्यको निजी विद्यालय सञ्चालन प्रकृया, मापदण्डलाई मान्छौं, सरकारले हामीलाई दिएको अधिकारको पूर्णरुपमा पालना गर्दै राज्यको सबै किसिमका विधि र विधान मानेर शैक्षिक गुणस्तर विकास गर्ने भूमिकामा रहेका छौं । विश्वमा शिक्षामा धेरै खाले प्रयोग र अभ्यास हुदै आएका छन् । त्यसको प्रत्येक्ष प्रभाव देखाउने क्षेत्र पनि निजी शैक्षिक प्रतिष्ठाहरु नै हुन् । विश्वको जुन सुकै देशमा आफ्नो देशको आवश्यकता अनुसार नीति नियम बन्छन्, शिक्षा नीति पनि त्यसै अनुसार बन्ने हो । राज्यले त्यही नीति प्रयोगमा ल्याउने हो । हाम्रो देशमा समय सुहाउदो शिक्षा नीति लागु हुन सकेको छैन । हाम्रो देशमा सरकारी व्यवहार अत्यन्तै प्रभावहिन देखिन्छ । करिब करिब २५ वर्ष आइएससीको कोर्ष फेज आउट भएको छ, एसएलसीको कोर्ष पनि एक दशक भईसको छ परिवर्तन हुन सकेको छैन । समय कता गईरहेको छ, माग कस्तो बन्दै गईरहेको छ, विद्यार्थीहरुको अभिरुचि केमा छ ? भन्ने कुरा देशको शिक्षा नीतिमा समेट्न सकिने अवस्था छैन ।

० विद्यार्थी तथा अभिभावकहरुको निजी विद्यालयहरुतिरको आकर्षणलाई कुन रुपमा लिनु भएको छ ?

— सामुदायिक विद्यालयहरुले भन्दा संस्थागत रुपमा स्थापना भएर सञ्चालन हुदै आएका निजी क्षेत्रको लगानी रहेका विद्यालयहरुले रचनात्मक ढंगले आफ्ना पाठ्यक्रममा व्यवहारमा ल्याएका छन् । विद्यार्थीहरुको मनोभाव अनुसार अध्यापन गर्ने गराउने गरेका छन् । यसले निश्चिय नै शैक्षिक गुणस्तर मापन गर्न मद्दत पु¥याएको छ । यहि भएर बाहिर हल्ला र चर्चा जे जस्तो गरिए पनि अभिभावक र विद्यार्थीहरुको झुकाव यस्तै निजी विद्यालयहरुमा रहेको देखिन्छ ।

० विद्यार्थीहरुको प्रतिभा पहिचान गरेर उनीहरुको उज्वल भविष्य खोज्न निजी विद्यालयको भूमिका कस्तो रहेको छ ?

— यो देशमा बालबालिकाहरुको प्रतिभा पहिचान गर्ने शैक्षिक निकाय भनेको निजी आवासीय विद्यालयहरु नै हुन् । किन भने त्यस्ता विद्यालयहरुमा नियमित पाठ्यक्रमका अलावा अतिरिक्त प्रतिभा प्रस्तुत गर्ने अवसर दिएर त्यससम्बन्धी उनीहरुको झुकाव बढाउने विभिन्न गतिविधि सञ्चालन गर्ने गरिन्छ । एउटा व्यक्तिको व्यक्तित्व झल्काउने विषयमा उसले अपनाउने सृंगारका साधनहरु के के हुन सक्छन् भन्ने कुरा शिक्षा दिने विधिसँग आउँछन् । त्यस्ता विद्यालयहरुले यस्ता सृंगारिक शिक्षामा जोड दिएर विद्यार्थीहरुलाई रचनात्मक मनोबल प्रदान गरिरहेका हुन्छन् । यो आवश्यकता पनि हो । सजावट र सांस्कृतिक ज्ञान दिनका लागि विद्यार्थीहरुमा यस्ता कुराहरुले विशेष महत्व राख्ने गर्दछ । विद्यालयहरुमा खेलकुद, कला र सांगीतिक उत्सवहरु नियमित रुपमा सञ्चालन गरेर विद्यार्थीहरुको प्रतिभा पहिचान गर्ने कामहरु निजी लगानीमा सञ्चालन हुने विद्यालयहरुले गर्दछन् ।

० विद्यार्थीहरुका लागि खेलकुदको कुरा गर्नु पर्दा कस्ता खेलकुद उपयोगी हुने ठान्नु हुन्छ ?

— खेलकुद क्षेत्रमा निजी विद्यालयहरुले विशेष योगदान दिदै आएका छन् । खेलमा पनि काठमाडौंका बालबालिकाहरुको भलिबलतर्पm त्यति धेरै अभिरुचि देखिदैन । पूmटबल खेलले विद्यार्थीहरुको शारीरिक कसरत हुने र थकान बढेर अध्ययनलाई ओझेलमा पार्ने खेल भएपनि लोकप्रियताका कारण पूmटबलतिरै विद्यार्थीहरुको आकर्षण देखिन्छ । भलिवल खेलले बल बढी हातमा प्रहार हुन आईपुग्दा विद्यार्थीहरुको हात नरम नभएर कडा हुन जाने र छिटो लेख्न नसक्ने अवस्था आउने हुँदा बास्केट बलले खेलको मनोरञ्जन दिनुका साथै अध्ययनमा समेत प्रेरित गर्ने किसिमको खेलको रुपमा लिएर हामीले पनि बढी विद्यार्थीहरुलाई यही खेलमा प्राथमिकता दिदै आएका छौं । खेलकुदका लागि टेबुलटेनिस, चेस, बास्केटबल, ब्याडमिन्टन जस्ता खेललाई विद्यालयहरुले अपनाउदै आएका छन् । हाम्रो यो स्कूल ग्रीनल्याण्ड आवासीय माध्यामिक विद्यालय काठमाडौं उपत्यकाभित्रका उत्कृष्ट १० भित्र पर्दछ । यसमा बास्केट बलमा हामीले यो स्थान हासिल गर्न सकेका छौं ।

० विद्यालयको प्रिन्सिपलको जिम्मेवारी हुदा र विद्यालयहरुको छाता संगठनको नेतृत्व तहमा रहेर काम गर्नु पर्दा आफ्नो दैनिकी कसरी व्यवस्थापन गर्दै आउनु भएको छ ?

— समयअनुसार सर्वत्र आपूmलाई अपडेट नगरी नहुने जीवन शैलीमा पुगिएको अनुभूति मलाई भईरहेको छ । आफ्नो दैनिकी यति धेरै व्यस्त भइसकेको छ की विद्यालयको शैक्षिक गुणस्तर विकास गर्नका लागि सोच्नु पर्ने, विद्यालयको व्यवस्थापकीय क्षमता विकास गर्नु पर्ने, विद्यार्थीहरुको भविष्यको चिन्तन गर्नु पर्ने, कम्युनिकेशनमा बढी समय दिनु पर्ने, विभिन्न उद्देश्य लिएर सम्पर्कमा आउने व्यक्ति र समूहको कुराहरुलाई समय दिएर सम्बोधन गर्नु पर्नेदेखि लिएर विद्यालयहरुको छाता संगठनमा समेत जिम्मेवारी वहन गर्नु पर्दा आईपरेको कामको चापले गर्दा मेरो दैनिकी नै पृथक बन्न पुगेको महशुस भईरहेको छ ।

० नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिने समूह वा व्यक्तिहरुलाई प्रेरित वा सम्मान गर्ने संस्कृति यहाँलाई कस्तो लाग्छ ?

— देशको विकासमा प्रभावित पार्ने विशेषताहरुमध्ये शिक्षा पनि एक हो । तर शिक्षा क्षेत्रमा योगदान दिने व्यक्ति तथा समूहहरुको काम र योगदानको मुल्यांकन गर्ने कुनै निकाय नै छैन जस्तो मलाई लागिरहेको छ । कुनै बेला जिल्ला शिक्षा कार्यालयहरुले कुनै अवसर पारेर कहिलेकँही शिक्षा क्षेत्रका व्यक्ति तथा प्रतिष्ठानहरुलाई सम्मान गर्ने गथ्र्यो । त्यो चलनमा कमी आएको छ । विवादमा ल्याईयो र त्यो परम्परा पनि बन्द गरिएको छ । त्यसैगरी स्थानीय सरकारी निकायहरु महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँविकास समितिहरुले पनि त्यस्तो कार्यक्रम सञ्चालन गरेर स्थानीय विद्यालय तथा विद्यालयका उत्कृृष्ट शिक्षक÷शिक्षिकाहरुलाई सम्मान एवं प्रोत्साहन गर्ने काम गर्नु पर्ने हो । त्यसो गरेको देखिएको छैन । त्यस्तै शिक्षा क्षेत्रका राम्रा नराम्रा कुराहरुको आलोचना, समालोचना एवं विकासको गुणस्तरको सञ्चार गर्न आमसञ्चार माध्यमहरु आउनु पथ्र्यो त्यो पनि आवश्यकता अनुसार आएको जस्तो देखिदैन । सूचना प्रधान शैक्षिक पत्रिकाहरु पनि अत्यन्त न्युन छ । निजी विद्यालयहरु सेवाका साथसाथै व्यवसाय पनि गरिरहेका कारणले यस्तो किसिमको उपेक्षा भएको हो की मिडियाहरुबाट जस्तो लाग्छ मलाई । सोसियल इन्टरनेट मिडियाहरुबाट अहिले निजी विद्यालयहरुको कदर हुने गतिविधिहरु भएको देखिन्छ । त्यस्तै केही अनलाईन मिडियाहरुले स्थान दिएर निजी लगानीका विद्यालयहरुलाई सञ्चार गरेर प्रोत्साहित गर्ने काम हुन शुरु गरिएको छ । तर पनि राष्ट्र, समाज र नागरिकका लागि निजी विद्यालयको जति योगदान रहेको छ त्यो अनुसार सम्मान एवं कदर हुन सकेको छ जस्तो मलाई लाग्दैन । हुन त शिक्षा क्षेत्रमा लगानी गरेर राष्ट्रलाई योगदान पुगेको छ । यस्तो संस्कृति नहुनुमा विभिन्न अवरोधहरु हुन सक्छन् । समाज र राष्ट्रले सम्मान गर्ने क्रममा विभिन्न त्रुटि हुने खतराले पनि त्यसो हुन नसकेको हो की । यसरी सम्मान गर्ने संस्कारको विकास गर्नु पर्छ । सम्मान गर्ने क्रममा मुल्यांकन विधि उचित हुन नसकेर आउने समस्यालाई पनि सहि रुपमा समाधान गरेर यस्तो सम्मान गर्नु आवश्यक छ । हाम्रो विद्यालयबाट अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी भएर विजय भएकी एक छात्रालाई हामीले भव्य सम्मान गरेका थियौं । तर नेपाल खेलकुद परिषद् जस्तो सरोकार संस्थाले सम्मान गरेको छैन । उसले आफ्नो लगानी नभएको कारणले त्यसो गरेको हो की, परिषद् र सरोकारवाला संस्थाहरुको त्यसतर्पm ध्यान नपुगेर हो वा बजेट नभएर हो त्यस्तो सम्मान गर्ने काम गरेको छैन ।

० निजी विद्यालयहरुले गरेको उत्कृष्ट योगदान भनेर यहाँले कुन पक्षलाई लिनु हुन्छ ?

— साफ गेममा नेपालले प्राप्त गरेको ३ वटा गोल्ड मेडल हासिल गराउने भर्खरै एसएलसी परिक्षा दिएको विद्यार्थीले थिए । निजी लगानीमा सञ्चालन गरेको एउटा कोर्षको कारणले त्यो उपलब्धी हासिल भएको छ राष्ट्रलाई । अभिभावक र निजी विद्यालयहरुको लगानीले राष्ट्रको शिर ठाडो हुने काम हुदै आएको छ । शैक्षिक गुणस्तरमा बृद्धि गरेर अन्तर्राष्ट्रिय स्रतमा लैजाने काममा नै एउटा योगदा पुगेको छ । त्यसैगरी प्रतिष्पर्धात्मक ढाँचामा चलेका निजी आवासीय विद्यालयहरुबीच आन्तरिक प्रतिष्पर्धा हुने हुदा यसले दिने शैक्षिक विकासको मुल्यांकन हुने गरेको छैन । यो प्रतिष्पर्धाबाट प्राप्त उपलब्धी पनि राष्ट्रका लागि योगदान नै हो । नेपालको निजी विद्यालयमा अध्ययन गरेर आईईएलटिएस, टोफ्ल परिक्षामा नेपालका विद्यार्थीहरु एसियाका उत्कृष्ट स्थानमा रहेका छन् अर्थात त्यस्ता परिक्षामा सहभागी भएका विद्यार्थीहरुमध्ये ८० प्रतिशत विद्यार्थीहरु उतिर्ण भएका छन् । यो निजी विद्यालयको योगदान हो । यसरी हेर्ने हो भने निजी विद्यालयहरुको योगदान प्रत्येक्ष वा परोक्ष रुपमा धेरै देखिन्छन् ।

० ग्रीनल्याण्ड आवासीय माध्यमिक विद्यालयको कुरा गर्दा यो विद्यालयलाई अभिभावक र विद्यार्थीहरुले किन खोज्ने वा किन यो विद्यालय अन्य विद्यालयहरुभन्दा पृथक छ ?

— हामीले प्राज्ञिक विकासमा राम्रो काम गर्दै गएका छौं । हामीकहाँ अध्ययन गरेर गएका विद्यार्थीहरुमध्ये कतिले राम्रो उपलब्धी हासिल गरेका छन् । जस्तै सन्देश गौतम नामका हाम्रै विद्यार्थीहरुले १२÷१३ हजार प्रतिष्पर्धिहरुलाई उछिन्दै एमविविएसमा प्रथम भएर छात्रबृतिमा नाम निकाल्न सफल भएका छन् । त्यस्तै अर्को एकजना विद्यार्थी त्यस्तै कडा प्रतिष्पर्धामा नाम निकालेर छात्रबृत्ति प्राप्त गर्न सकेका छन् । हामीले नेपालमा चेसमा पहिलो चेस मास्टरलाई प्रशिक्षकका रुपमा नियुक्ती दिएका छौं । अजरबैजानमा सम्पन्न ४२ औं ओलम्प्याड खेलकुदमा ४ जना पुरुष र ४ जना महिला खेलाडी सहभागी भएकामध्य महिला तर्पm हाम्रै विद्यालयकी विद्यार्थी सुजना लोहनी पहिलो मास्टर भएकी छिन् । यो खेलकुद मात्रै नभएर समय अनुसार विकास भएर व्यवहारमा आएको प्रविधि र शिक्षामा समेत हामीले उच्च प्राथमिकता दिदै आएका छौं । मैले यो विद्यालयलाई दिन रात नभनी केमा सम्भावना छ, के गर्न सकिन्छ राम्रो गर्नका लागि भनेर सोचेरै विद्यालयका स्तर उकास्न अथक प्रयास गरिरहेको छु । मैले मात्रै नभएर सारा स्कूल परिवार नै यो विद्यालयको स्तर विकास गर्न चिन्तनशिल छ । त्यसैले पनि यो विद्यालय अभिभावक र विद्यार्थीहरुको आकर्षण बन्न पुगेको छ । धापासीमा ग्रीनल्याण्ड चोक भनेर धेरैले चिन्ने विद्यालय भएको छ यो विद्यालय । त्यसैगरी सानो ठाउँ भए पनि ११/१२ सयको संख्यामा विद्यार्थीहरु यहाँ अध्ययनरत छन् । स्थानीय अभिभावकहरु र सरोकारवालाहरुबाट हामीलाई उचित किसिमको प्रोत्साहन प्राप्त हुदै आएकोछ ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook