वर्षायाम सुरु भएसँगै डुब्दै ‘मधेश’

तातोखबर 2018-07-02 13:00:32 Special News

काठमाडौं, /  हरेक वर्षझैं यस वर्ष पनि वर्षायाम सुरू भएसँगै मधेशका अधिकांश गाउँदेखि सहरहरू जलमग्न हुन थालेका छन् । लगातारको वर्षाका कारण जलमग्न हुनुका साथै बाढी आउने त्रासमा बाँचिरहेका छन् मधेशवासी ।

मधेश डुबान हुनु कुनै नौलो समस्या होइन, वर्षेनी यस्ता प्राकृतिक विपतिबाट क्षति बेहोर्दै आएको छ मधेशले । तर, यसको दीर्घकालीन समाधानबारे सरकारको ध्यान जानु त परैको कुरा हो यहाँका जनप्रतिनिधिहरुले पनि पहल गरेको पाइँदैन ।

संसदमा सांसदहरुले आवाज उठाउँछन् तर यसका लागि कहिल्यै पनि आन्दोलन गरेको पाइँदैन । राजनीतिक अगुवा वा सामाजिक अभियन्ताहरु डुबान समस्याबाट मुक्तिका लागि धर्ना, रैली, प्रदर्शन वा कुनै किसिमको कार्यक्रम गरेको पाइँदैन । 

सरोकारवाला पक्षहरुले ठोस कदम नचाल्दा पछिल्ला वर्षहरूमा डुबानको समस्या जटिल बन्दै गएको तथ्यांकले बताउँछ । सामान्य वर्षामा पनि डुबान हुनु सामान्य कुराझैं भइसकेको छ । सामान्य वर्षामा पनि पानीको निकास राम्रो हुन नसक्दा गाउँदेखि सहरमा डुबानको समस्या जटिल बन्दै गएको हो ।

यो डुबानको समस्या मधेशका झापादेखि कञ्चनपुरसम्म नै देखिएको छ । झापा, सुनसरी, मोरङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, बाँके, बर्दिया लगायत जिल्लाहरुका शहरहरू डुबानमा पर्ने गरेका छन् ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook