जहाँ बसे पनि देशको माया लाग्छ

— क्याप्टेन : युवराज गर्बुजा पुन, ब्रिटिश आर्मी

विगत ३४ वर्षदेखि ब्रिटिश आर्मीमा सेवा गर्दै आएका क्याप्टेन युवराज गर्बुजा पुन नेपालमा भूकम्प प्रभाबितलाई सहयोग गर्न नेपाल आए । बिक्रम सम्बत २०२५ साल चैत्रमा म्याग्दी जिल्लाको खिबाङ्गमा जन्मिएका गर्बुजा पुन सामान्य राईफल मेनका लागि ब्रिटिश आर्मीमा भर्ति भएका थिए भने क्याप्टेन पदसम्मको जिम्मेवारी वहन गर्न सफल भए । उनले यस बीचमा प्रदर्शन गरेका साहसिक काम र सम्बेदनशिलताका साथ गरेको पेशागत कामको ब्रिटिश आर्मीले जहिले पनि कदर गर्दै आएको उनको मूल्यांकन रहेको छ । बेलायतमा ‘डाटफोर्ड नेपालिज कम्युनिटी’ को अध्यक्ष र खिबाङ्ग समाज युकेको अध्यक्षको भूमिका निर्वाह गरेर सामाजिक सेवामा सक्रीयता जनाउन पनि उनी पछि परेनन् । कर्तव्य पालना गर्ने क्रममा आफ्नो उच्च निकायले दिएको जिम्मेवारी वहन गर्ने क्रममा सेनाको तर्पmबाट दिईने अवार्डहरुमध्ये क्याप्टेन गर्बुजाले सन २००१ मा बोज्नियामा खटिदा उत्कृष्ट भुमिका निर्वाह गरेको सम्मान स्वरुप बिशेष अवार्ड हात पार्न सफल भएका छन् ।

Advertisement:

द्वन्द्वग्रस्त मुलुक सियरालियोनमा शान्ति कायम गर्नका लागि खटिईदा बहादुरीसाथ काम गरेको कदर स्वरुप प्रदान गरिने विशेष सम्मान समेत हासिल गर्न सफल भएका क्याप्टेन पुनले आपूmले गरेको कामबाट कुनै पक्षलाई पुगेको लाभबाट प्राप्त हुने धन्यवादलाई अझ ठूलो सम्मान सम्झने गरेका छन् । नेपालमा २७२ गएको महाभूकम्पबाट पुगेको क्षतिबाट पीडित पक्षलाई राहत जुटाउने काममा सक्रीयताका साथ लागेका पुनले युकेमा रहेका नेपाली एवं नेपाल र नेपालीलाई माया गर्ने ब्रिटिश नागरिकहरुबाट प्राप्त सहयोग भूकम्प पीडितलाई प्रदान गर्न नेपाल आएका क्याप्टेन युवराज गर्बुजा पुनसँग गरिएको संक्षिप्त कुराकानी :

यहाँले सेना जस्तो सुरक्षा निकायको संवेदनशिल अंगमा बसेर सेवा गर्नु भयो र संगसँगै सामाजिक सेवामा पनि सक्रीयता देखाई रहनुभएको छ ? सामाजिक सेवामा यहाँको किन यस्तो झुकाव बढेको होला ?

— हेर्नुस्, मानिस सामाजिक प्राणी हो र ऊ जस्तो सुकै अवस्थामा सामाजिक सहयोग र संलग्नता चाहन्छ । जस्तो सुकै पेशा वा व्यवसाय गरे पनि सामाजिक उत्तरदायित्व मानिसले कहिल्यै भूल्न हुदैन । त्यसमा पनि हामी सुरक्षा निकायमा काम गर्दै आएको मान्छेले सामाजिक सेवा र राष्ट्र सेवालाई जहिले पनि आत्मसाथ गरिरहेका हुन्छौं ।

आज हामी विशेष गरी नेपालमा २०७२ सालमा गएको महाभूकम्पको बेलाको प्रसंगमा केन्द्रित रहेर यहाँसँग जिज्ञासा राख्न गईरहेका छौं । नेपालमा ७२ सलामा गएको महाभूकम्पको बेला राहतको कार्यक्रम लिएर नेपाल आउनु भएको थियो त्यो कसरी वितरण गर्नु भयो र कस्तो समुदायले यहाँहरुको राहत प्राप्त गरेका थिए ?

— म्याग्दी जिल्लाको खिबाङबाट बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको बेलायतको समाजको अध्यक्षता म आपैंmले गरिरहेको र खिबाङ समाज युकेको प्रतिनिधित्व गरेर महाभूकम्पबाट पुगेको क्षतिमा केही न केही मल्हम पट्टी लगाउन सकिने सम्भावनाको बारेमा अध्ययन गर्न म नेपाल आएको थिएँ । हामीले सकेसम्म भूकम्पबाट क्षति पुगेका कम्तिमा एक पक्षलाई सहयोग गर्दा बहुपक्षलाई राहत मिल्न सक्ने विकल्प खोजेका थियौं । यसका लागि हामीले एउटा शैक्षिक प्रतिष्ठानलाई संकलन गरिएको सहयोग रकम उपलब्ध गराएर भूकम्पपीडित विद्यार्थीहरु र अभिभावकहरुलाई राहत पु¥याउन सक्ने विकल्पलाई उचित ठान्यौं । यसका लागि भूकम्पबाट क्षतविक्षत बन्न पुगेको एउटा शैक्षिक प्रतिष्ठान ‘जिपि कोईराला मेमोरियल कम्युनिटी कलेज’ को भवन निर्माण गर्नु पर्ने अवस्था देखेर हामीले सहयोग गर्ने निधो गरेका थियौं । यसका लागि नै हामीले खिबाङ्ग समाज युकेको तर्पmबाट संकलन गरेको रकम ८ लाख २१ हजार रुपैया त्यही कलेज भवन निर्माण गर्न हस्तारण गर्यौं ।

यो सहयोग रकमको राशी प्रदान गर्नु भएको थियो, त्यो धनराशी सही तरिकाले सदुपयोग भएको पाउनु भयो ?

— हामीले वितरण गरेको ठाउँहरुमा अनुगमन पनि गरेका थियौं । हाम्रो अनुगमनको प्रतिवेदनमा त्यो रकम सही तरिकाले सदुपयोग भएको पुष्टि भयो । सामुदायिक कलेज जुन देशको शिक्षा क्षेत्रमा निकै ठूलो योगदान दिदै आएकोमा यसले उचित श्रोत र साधन हासिल गर्न सक्यो भने मुलुक र समाजलाई ठूलो लाभ पुग्ने हामीले ठानेका थियो । हामीले दिएको रकमले मात्रै उक्त कलेजको भवन सुविधा सम्पन्न बन्न सक्ने सम्भावना त थिएन । यसमा कलेज संचालन पक्षबाट थप सहयोग जुटाउने पहल भइरहेको मैले बुझ्ने मौका पाएँ । हामीले उपलब्ध गराएको रकम एउटा आधार बन्न सकेको थियो ।

महाभूकम्प गएपछि नेपालमा सहयोग गर्ने नाममा विदेशमा नाजायज रुपमा सहयोग उठाईदै गरेका धेरै खबरहरु विदेशी आमसञ्चारहरुबाट आएका थिए, यहाँ युकेमा रहनु हुदा यस्तो कुरा पुष्टि हुने कुनै गतिविधिहरु देख्नु भएको थियो ?

— आपत परेको बेला उद्धार गर्नु, राहत उपलब्ध गराउनु र पीडितहरुलाई हौशला बढाएर उनीहरुलाई राहतको महशुस गराउनु मानिसको धर्म हो । जो धर्म बिर्सिएर खराब काम गर्छ भने उसले त्यसको कुनै न कुनै रुपमा दण्ड त पाउछ नै । नेपालमा गएको महाँभूकम्पको नाममा विदेशमा विदेशीहरुले नाजायज रुपमा रकम संकलन गरेको भन्ने विषयमा मलाई कुनै ज्ञान छैन ।

यहाँको सम्पर्कमा रहेका विटिश सैनिकमा कार्यरत नेपाली जनशक्तिहरुबाट नेपालमा गएको भूकम्पपछि कतिको चिन्ता र भय भएको पाउनु भएको थियो ?

— नेपालमा महाँभूकम्प गएको खबर पाएपछि त्यहाँ कार्यरत नेपालीहरु निकै हतास र चिन्तित बन्न पुगेका थिए । उनीहरुमा ‘कतै मेरो परिवारमा कुनै क्षति त पुगेन ?’ भन्ने चिन्ता बढी देखिएको थियो । सूचना तथा सञ्चार माध्यमहरुको सहयोगबाट उनीहरुलाई सम्हाल्न धेरै गाह्रो भएन ।

नेपालमा गएको महाँभूकम्पले यहाँको ऐतिहासिक एवं सांस्कृतिक धरोधरहरु भत्किएर पर्यटकहरुलाई देखाउने अवस्था नभएको खबरहरुले नेपाल आउन चाहने बेलायती पर्यटकहरुमा कस्तो सन्देश गएको ठान्नु भएको थियो ?

— विश्व सम्पदाको सूचिमा रहेका धेरै धरोहरु हेरेर नेपालमा विदेशी पर्यटकहरु आकर्षित हुने गरेका थिए र नेपाल भ्रमणको बारेमा कार्यक्रम बनाउने गरेका थिए । त्यसमा महाँभूकम्पले क्षति पु¥याएको खबर उनीहरुसम्म पुगेको थियो । नेपालमा राजनीति भैm झगडा रहेको खबर बाहिर नजाने हो भने, देशको सांंस्कृतिक धरोहरको पुनर्निर्माणमा विदेशी पर्यटकहरुले नै सहयोग गर्न अग्रसर देखिएको केहि खबरहरु हामीले सुनेका थियौं । पर्यटक आकर्षित गर्ने अर्को आधार बन्न सक्छ भन्ने मलाई लागेको थियो । यदि हामीले देशको आर्थिक अवस्था सुधार गर्ने हो भने पर्यटन उद्योगलाई देश र देशभित्रका राजनीतिक दलहरु भैmगडा गर्नभन्दा पनि देशको उन्नतिमा प्रतिष्पर्धा गरेर लाग्नु पर्छ र सरकारले उचित कानुन बनाएर यसलाई सम्बोधन गर्न सक्नु पर्छ भन्ने बुझाई छ ।

प्रतिक्रिया दिनुहोस् :