१६ वर्षमुनिकाले हेर्न पाउनेछैनन् ‘दोख’, ‘डिस्क्लेमर’ थप्ने निणर्य
काठमाडौं , २२ असार। अनुप बरालद्वारा निर्देशित नेपाली कथानाक चलचित्र ‘दोख’ १६ वर्षभन्दा मुनिका दर्शकले हेर्न नपाउने भएका छन् । चलचित्र जाँच समितिले यो चलचित्रलाई वयस्क श्रेणीको प्रमाणपत्र दिएको छ ।
उक्त चलचित्रमामा प्रयुक्त अश्लील र केही राजनीतिक शब्दावलीमा कैंची चलाउँदै समितिले एडल्ट प्रमाणपत्र दिएको हो । बाल दर्शकलाई असर पर्ने खालका संवादको कारण फिल्मलाई एडल्ट सर्टिफिकेट दिएको श्रोतले जनाएको छ ।
राजनीतिक दृश्य र संवादका कारण फिल्ममा डिस्क्लेमर पनि थपिएको छ । विवादित हुने जोखिमका फिल्ममा मात्र सेन्सर बोर्डले डिस्क्लेमर थप्ने निणर्य गर्छ । धेरैपछि दोखमा यस्तो निणर्य भएको जनाइएको छ ।
दशक लामो सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा दुई गाउँलेबीच सामुदायिक वनको किचलोलाई लिएर फिल्म बनेको हो । यसमा सामुदायिक वनको विषयलाई राजनीतिक विम्बको रुपमा प्रस्तुत गरिएको छ । राजन कठेतले लेखेको फिल्मको पटकथाले न्यु नेपाली सिनेमाको प्रतिस्पर्धामा जित हासिल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
शैलजा आचार्य हृदय रोगकेन्द्रको स्तरोन्नतिका लागि सघाउने मन्त्री पौडेलको प्रतिबद्धता
-
२.
जलवायु परिवर्तनले श्रम तथा रोजगारीको क्षेत्रमा नयाँ चुनौती : अध्यक्ष कुँवर
-
३.
संसद्को आगामी अधिवेशनमा ऊर्जासम्बन्धी विधेयक प्रस्तुत हुन्छ : मन्त्री खड्का
-
४.
नेपालमा वैद्यखाना चलाउन कानून आभाव छ : आयुर्वेद विभाग
-
५.
अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास मौलाउन दिइन्नँ : प्रधानमन्त्री ओली