जुडो च्याम्पियनसिपमा भाग लिने नेपाली टोलीको बिदाइ
काठण्डौं ३१-असार
थाइल्यान्डको बैंककमा आउँदो साउन १ देखि ७ गतेसम्म हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (रा.खे.प) का सदस्य–सचिव टङ्कलाल घिसिङ र तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहालले चार खेलाडीसहित आठ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।
सदस्य–सचिव घिसिङले राष्ट्रलाई सम्झेर उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न खेलाडीलाई आग्रह गर्नुभयो । क्याडेटमा दुई र जुनियरमा दुई गरी चार खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । क्याडेट/जुनियरमा १–१ पुरुष÷महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
जुनियरको पुरुष ६० किलोमुनि उत्तम प्रधान श्रेष्ठ र महिला ५२ किलोमुनि देवकीमाया श्रेष्ठ सहभागी हुने छन् । क्याडेटको पुरुष ५५ किलोमुनि ताराबहादुर भुजेल र महिला ४८ किलोमुनि निशा श्रेष्ठले खेल्ने छन् । घरेलु प्रतियोगितामा चारै खेलाडीले बन्दी सहायता नियोग ९पाम० को प्रतिनिधित्व गर्छन् । देवकी र निशा सहोदर दिदीबहिनी हुन् ।
टोली प्रमुखमा नेपाल जुडो सङ्घका अध्यक्षसमेत रहनुभएका जुडो युनियन अफ एसिया (जेयुए) का एजुकेसन एन्ड कोचिङ कमिसनका सदस्य दीपकहर्ष बज्राचार्य हुनुहुन्छ । टिम व्यवस्थापकमा दावा ग्याल्जेन शेर्पा तथा प्रशिक्षकमा दीपक श्रेष्ठ हुनुहुन्छ ।
जुडो सङ्घका खेलकुद निर्देशक सुप्रसिद्द ताम्राकार पनि टोलीसँग बैंकक जानुहुनेछ । साउन १ देखि ७ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुन नेपाली टोली आजै थाइल्यान्ड प्रस्थान गर्दैछ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु