बागमती प्रदेशले प्रत्येक खेलाडीलाई जनही एक लाख दिने

काठमाडौं । विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई बागमती प्रदेश सरकारको तर्फबाट जनही एक लाख रुपैयाँ दिने मुख्यमन्त्री शालिकराम जम्कट्टेलले घोषणा गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलले शुक्रबार उक्त घोषणा गरेका हुन् ।
जम्कट्टेलले भने “खेलाडीको सम्मान र हौसलाको लागि बागमती प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख दिने भएका छौं” । बागमती प्रदेशका खेलाडीहरूसमेत सम्मिलित उक्त टिमलाई जितसँगै बधाई दिँदै मुख्यमन्त्री जम्कट्टेलले थप प्रगति र सफलताको लागि शुभकामना दिएका छन् ।
नेपालले बिहीबार घरेलु मैदान कीर्तिपुरमा यूएईलाई डकवर्थ लुइस पद्दतिअनुसार नौ रनले पराजित गर्दै जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान पक्का गरेको छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजयी नेपाली क्रिकेट टोलीलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटार बोलाएर टोलीका प्रत्येक खेलाडीलाई सम्मानस्वरूप सरकारले ३–३ लाख रुपैयाँ दिने घोषणा गर्दै आगामी यात्राका लागि शुभकामना दिएका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस