यस बर्ष डेंगु संक्रमणले महामारीको रुप लिनसक्ने
७ वैशाख, काठमाडौं । गत वर्ष असारदेखि फैलिएको डेंगुको संक्रमण यस वर्ष भने वैशाख नलाग्दै सुरू भइसकेको छ । यस वर्ष जाडो महिनामा समेत संक्रमण शून्यमा नझरेको डेंगुले गत बर्षजस्तै प्रकोपको रूप लिनसक्ने स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बताएका छन् ।
दुई दशक अघिसम्म काठमाडौं उपत्यकामा विरलै बाहेक लामखुट्टे पाइँदैनथ्यो । पहाडी र हिमाली जिल्लामा कीराहरूबाट सर्ने ‘कीटजन्य रोग’ सायदै फैलिने गरेको थियो । तर, केही वर्षयता तराईका भू–भागमा मात्रै हुने भनिएका रोगहरू पहाड हुँदै हिमाली क्षेत्रसम्मै पुगिसकेका छन् ।
जनस्वास्थ्यविद्का अनुसार डेंगुको प्रकोप फैलिनुमा बढ्दो तापक्रम, जनघनत्व र अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, वर्षा लामो समयसम्म हुने र प्रि मनसुन भएका कारण, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारकतत्व रहेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १५ पुसदेखि हालसम्म ५२ जिल्लामा डेंगु संक्रमित फेला परिसकेका छन् । जाडो मौसममा पनि डेंगु शून्य नहुनुले समुदायमा लामखुट्टेले प्रशस्त मात्रामा अण्डा पारिरहेको विज्ञहरु बताउँछन् । संक्रमित लामखुट्टेले पार्ने अण्डा पनि संक्रमित नै हुन्छ । त्यसको अण्डाबाट लार्भा, प्युपा हुँदै लामखुट्टे भएर सीधै डेंगु भाइरस सार्न सक्छ ।
लामखुट्टेले पारेको अण्डा पानी पर्ने समय नआएसम्म सुरक्षित रहने भएकाले १० महिनासम्म जम्मा भएर बसेको अण्डा पानी पर्ने बित्तिकै हुर्कन थाल्छ । जनवरी १ देखि अहिलेसम्मको तथ्यांक हेर्दा ५०१ जना डेंगु संक्रमित केस देखिइसकेका छन्। जाडो र त्यसपछिका साढे तीन महिनामा करिब पाँच सय मानिसमा डेंगु संक्रमण हुनुले अबका महिनामा संक्रमणको जोखिम बढ्ने आंकलन गरिएको छ ।
अघिल्ला बर्षको पुस यता तथ्यांक हेर्दा ७० जना हाराहारीमा मात्रै संक्रमित देखिएको थियो । जबकि, सो संख्या बढेर अहिले ५ सय नाघिसकेको छ ।
अघिल्लो बर्षको तथ्यांकलाई हेर्दा यस बर्ष संक्रमित संख्या तीब्र गतिले बढेको देखिन्छ । यसकारणले पनि यस बर्ष चूनौतीपूर्ण रहेको देखिन्छ ।
संक्रमण देखिनेमा काठमाडौं उपत्यकासहित दार्चुला, म्याग्दी, लगायतका ५२ जिल्लाका ११२ पालिका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा भने ५० भन्दा कम केस छन् ।
महाशाखाको तथ्यांक अनुसार सन् २०२२ मा ५४ हजार ७८४ जनामा संक्रमण देखिएको थियो । तीमध्ये ८८ जनाको मृत्यु भयो । संक्रमित र मृत्युको यो संख्या नेपालमा डेंगु संक्रमण सुरु भएको सन् २००४ यताकै धेरै हो । तर, समुदायस्तरमा फैलिएको संक्रमणको गणना गर्ने हो भने गत वर्ष झन्डै दुई लाख जनसंख्या संक्रमित भएको विज्ञहरूको आंकलन छ ।
अघिल्लो बर्ष डेंगु नियन्त्रणका लागि केन्द्र सरकारले स्थानीय तहमा पठाएको रकम सकिसकेको छ । अब डेंगु प्रकोप सुरू हुँदै गर्दा नियन्त्रणका लागि स्थानीय तहसँग बजेट शून्य छ ।
‘डेंगु संक्रमण बिस्तारै बढ्दै गएको छ । तर, नियन्त्रणका लागि अहिले नै केन्द्र सरकारले बजेट पठाउन सक्ने अवस्था छैन ।
तर, अघिल्ला बर्षमा झैं संक्रमणले महामारीको रूप नलियोस् भन्नका लागि अहिलेदेखि नै सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्नु पर्ने देखिन्छ । तर, विगतका बर्षझैं यो बर्ष पनि डेंगु महामारीको जोखिम नै रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारी स्वीकार गर्छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु