टोपबहादुर रायमाझी फरार बालकृष्ण खाँण पक्राउ
काठमाडौं तातोखबर । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । उनलाई आज बिहान निवासबाटै पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।
नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको भन्दै अनुसन्धानका लागि खाँणलाई पक्राउ गरिएको हो ।
ठगी प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दाहाललगायतले खाँणसहित उनकी श्रीमती मञ्जु खाँण र सभापति शेरबहादुर देउवापत्नी आरजु राणाको नाममा करोडौँ रकम दिएको बयान दिएका छन् ।
यो प्रकरणमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १० जना पक्राउ परिसकेका छन् । एमालेका सचिव टोपबहादुर रायमाझी प्रहरीको फरार सूचीमा छन् । रायमाझीका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् ।
अदालतले पक्राउ पुर्जी जारी गरेकै दिनदेखि रायमाझी फरार भएका हुन् । उनी भारत पसेको आशंकामा प्रहरीले सीआईबीको टोली परिचालन गरेको छ । राजनीतिक पार्टीका हाई प्रोफाइल जोडिएपछि यो प्रकरण ’फासफुस’ पार्ने प्रयास भइरहेका बेला प्रहरीले पूर्वगृहमन्त्री खाँणलाई पक्रेको हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
‘टोल विकास संस्थाहरुको सक्रियता’ नामक पुस्तक सार्वजनिक
-
२.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
३.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
४.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
५.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै