नेपाल  निगम आयलले पेट्रोलियम पदार्थको मूल्य घटायो

petrol-price-low

काठमाडौं, १९असार । नेपाल  निगम आयलले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको छ ।

निगमका अनुसार पेट्रोल तथा डिजेल÷मट्टितेलमा क्रमशः प्रतिलिटर ७.५० रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ । भारतीय आयल कर्पोरेसन लिमिटेडबाट १६ आसरमा प्राप्त भएको नयाँ खरिद मूल्यसूचीका आधारमा यस्तो निर्णय गरिएको हो ।

Advertisement:petrol-price-low

विभागले साविकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलोलिटर अमेरिकी डलर ११५ ले कम गरिएको निगमले जनाएको छ ।
खाना पकाउने ग्यासको मूल्य भने स्थिर छ ।

प्रतिक्रिया दिनुहोस् :