पटक पटक दिल्ली गएको बिषयलाई लिएर राष्ट्रिय सभा बैठक अवरुद्ध

काठमाडौं, २१ असार । प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको बिषय बनाएर नेकपा एमालेले आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । दिउँसो १ बजे बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए ।

बैठकमा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताएका छन् ।
गत सोमबार प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दै सार्वजनिक रुपमा दिएको अभिव्यक्ति लाई लिएर संसदमा एमालेका सांसदहरुले प्रधानमन्त्रीको राजिनामा मागेका छन् ।
प्रचण्डले प्रधानमन्त्री बन्न भारतको निर्देशन चाहिन्छ, भारतको सल्लाह सुझाव चाहिन्छ भन्ने आशयको अभिव्यक्ति दिएकाले उनी सो पदमा बस्न अयोग्य रहेको एमालेका सांसदहरुले बताएका छन् ।

Advertisement:

बैठक अवरुद्धपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले शुक्रबार १२ बजेर २९ मिनेटमा बैठक बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् :